डीभीवालाहरू टोकरीमा फाल्नयोग्य http://annapurnapost.com/news/86271

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठा कार्यक्रमबारे कडा टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि चुनावी अभियानदेखि डीभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा बनाएका उनले शुक्रबार अझ कडा टिप्पणी गरेका हुन् । डीभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले उनीहरूलाई उपयोग गर्न नमिल्ने अर्थात् ‘फोहोर’ को संज्ञा दिएका हुन् । शुक्रबार आयोजित एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले डीभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौती भएको बताउँदै आएका छन् । केही महिनाअघि न्युयोर्क सहरमा भएको आतंककारी आक्रमणमा समेत सन २०१० मा डीभी चिठ्ठा कार्यक्रमबाट अमेरिका भित्रिएका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प आक्रामक बनेका हुन् । अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भिœयाउँदै आएको छ । नेपालबाट अहिलेसम्म करिब १६ हजार जना यही कार्यक्रममार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष मात्रै ३४ सय नेपाली डीभी चिठ्ठा कार्यक्रमबाट अमेरिका प्रवेश गरेका थिए । के भनेका थिए ट्रम्पले ? ‘पछिल्ला दिनमा अमेरिकाभित्रै आतंककारी गतिविधि बढेका छन् । न्युयोर्क सहरमा दुई पटक आतंकी हमला भएका छन् । यी दुवै घटना हाम्रो कामै नलाग्ने आप्रवासन प्रणालीका कारण घटेका हुन् । ती दुई घटनामध्ये एउटामा आतंककारी ‘चेन आप्रवासन व्यवस्था’ मार्फत अमेरिका पसेकाको हात थियो । अर्को हमलाको अपराधीचाहिँ चिठ्ठा भिसा प्रणालीबाट अमेरिका छि¥यो । हो, चिठ्ठाबाट मान्छे छान्ने रे ! के तपाइँलाई लाग्छ चिठ्ठा प्रथा लागू भएका देशले आफ्ना राम्रा मान्छे हामीलाई दिन्छन् ? (सभाकक्षमा ठूलो हाँसो ) होइन । तिनीहरूले हामीलाई सबैभन्दा रद्दी मान्छे दिएका छन् । एउटा रद्दीको टोकरीमा मान्छेको नाम हाल्ने अनि हामीले नाम तान्ने रे ! सबैभन्दा खराबभन्दा पनि खराब नाम तान्ने । त्यसपछि बधाई छ, तपाईं अमेरिका जान पाउनुहुन्छ रे ! यो कस्तो प्रणाली हो ? चिठ्ठा भिसा प्रणाली ! म यो प्रणालीको अन्त्य गरी योग्यतामा आधारित भिसा प्रणाली सुरु गर्न अमेरिकी कांग्रेसलाई आह्वान गर्दछु । (एफबीआई राष्ट्रिय एकेडेमीमा शुक्रबार ट्रम्पको मन्तव्य) http://annapurnapost.com/news-... Last edited: 19-Dec-17 04:15 PM

myawaz · Dec 19, 2017 4:13 PM · 2,113 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion