कन्सल्टेन्सीको नाममा सिधा सोझो नेपालीहरुबाट कृष्ण बहादुर सिकेबाट करोडौंको ठगि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । विभिन्न देशमा आकर्षक तलब सुविधासहितको जागिर भन्दै राष्ट्रिय पत्रिकाहरुमा सुचना निकाल्दै सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको छ । बानेश्वरमा रहेको कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुशनले क्यानडा, अस्टे«लिया लगाएतका देशमा जाने सुवर्ण अवसर लगातका सुचना प्रकाशन ग¥यो । यही देखेर सामाखुशीका गोविन्द रेग्मी, सुर्यविनायक विदुर घतानी, समिर तिवारी, भविष्य खड्का लगाएतका युवाहरु उक्त कन्सल्टेन्सीमा पुगे । यी दुवै कन्सल्टेन्सी र मेनपावर एकै व्यक्ति कृष्ण बहादुर सिकेको रहेछ । सिके ले उनिहरु सबैलाई फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्टे«लिया लैजाने भन्दै ५० हजार देखि ६ लाख रुपैया लिए । उनले पैसाको डिल आँफु गर्थे र कार्यालयका कर्मचारीलाई दिन लगाउँथे । अहिले उनी सम्पर्क विहिन छन् । कहिले काँही भारतमा छु भन्दै म्यासेज गर्छन् तर फेरी गाएव हुन्छन् । अहिले ५० जना भन्दा बढी युवाहरु कृष्ण बहादुर सिकेको खोजी गर्दै प्रहरी प्रशासन धाइरहेका छन् तर कसैले उनिहरुको कुरा सुन्दैनन् । प्रहरीले वैदेशीक रोजगारको केश हेर्दैनौ भन्छ भने वैदेशीक रोजगार विभागका अधिकारी यो कन्सल्टेन्सीको केश हो भन्दै पन्छिदै आएका छन् । http://www.news24nepal.tv/2018... https://www.facebook.com/syang... स्याङजाको नाम बदनाम गर्ने कृष्ण बहादुर सिके !! स्याङजा स्वारेक- ८ घर भइ काठमाण्डाै बस्ने यि व्यक्तिले अाफ्नो कन्सल्टेन्सी र मेनपावरबाट पचास जना भन्दा बढि व्यक्तिलाइ फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्टे«लिया लैजाने भन्दै प्रत्येक व्यक्तिबाट ५० हजार देखि ६ लाख रुपैया सम्म उठाएर एक करोड भन्दा बढि ठगि गरि फरार भएका छन् ! थप भिडियोमा !! Posted by Syangja Khabar on Wednesday, July 11, 2018 स्याङजा स्वरेक – ८ घर भइ हाल काठमाण्डौ बस्दै आएका कृष्ण बहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने नाममा सर्वसाधारणबाट करोडौ असुलेका हुन् । सीके को ३ वटा office ( 2 वटा education constancy कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी र 1 manpower रोएल एचआर सोलुशन )। उनले राष्ट्रिय पत्रिकाहरुमा सुचना निकालदै क्यानडा, अस्टे«लिया लगाएतका देशमा जाने सुवर्ण अवसर लगातका सुचना प्रकाशन गरे। सिके ले उनिहरु सबैलाई फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्टे«लिया लैजाने भन्दै ५० हजार देखि 13 लाख रुपैया लिए । उजुरी टेकुमा दीएको छ । police ले खोज्दै छु मात्र भन्छ । यो धट्ना भएको आज १ महिना भयो । भारत मा लुगेर बसेको छ रे । बेला बेला हामी सङ viber. Imo. Whatsup मा कुरा हुदा दीदैन कहिले भन्दै न दिन्छु भन्छ तर कहिले 1 हप्ता पछी भन्छ त कहिले 1 महिना पछी त कहिले 3/6 त कहिले 1 बर्ष पछि दिन्छु भन्छ । उस्को ३ वटा office ( 2 वटा education constancy कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी र 1 manpower रोएल एचआर सोलुशन ) यी 3 वटा office बाट करीब 200 भन्दा बडी पीडित छ्न । करीब 2 करोड भन्दा बडीको ठगी गरेको छ। पैसा माग्दा भबीस खड्का लाई बाउन्स चेक दियो

ktmpost · Jul 16, 2018 4:38 PM · 11,914 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion