बिदेशी एडको नाममा अर्को बृद्ध बिदेशीले नेपाली नाबालिग किशोरहरुलाई यौन शोषण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए । यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध हुन् । उनी ६६ वर्ष पुगेका छन् । उनी भक्तपुरको शिद्धपोखरीमा अस्थायी बसोबास गर्दै आएको थिए । पिटरलाई प्रहरीले बिहीबार पक्राउ गरी जबरजस्तीकरणी महल बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ । उनले काठमाडौंको बाफल बस्ने वर्ष १६ का नाबालकसँग फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले अनलाइनखबरलार्इ बताए । प्रहरीका अनुसार पिटर चुच्चेपाटीमा रहेको टिगर इन होटल र भक्तपुरको दरबार स्वायरमा रहेको वेलकम हेरिटेज इनमा पार्टनरसीपमा काम गर्दै आएका थिए । त्यसैगरी उनले रसुवामा लाङटाङ एजुकेसन प्रोजेक्टका साथै एडु कोर स्वीस नेपाल नामक संस्था चलाउँदै आएको महाशाखाका एसपी नरेन्द्र उप्रेती बताउँछन् । फेसबुक म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई टिगर होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको प्रहरीको उप्रेतीको भनाइ छ । पिटरलाई मुलुकी ऐन जबरजस्तीकरणी महलको दफा ३ अनुसार कारवाही चलाइएको महाशाखाले जनाएको छ । सो महल अनुसार १६ वर्ष भन्दा कम उमेरका नावालकलाई जबरजस्तीकरणी गरेमा ६ देखि १० वर्ष सम्म कैद सजायँ हुन्छ । पिटरले पुलिङ्गीसँग अप्राकृतिक सम्बन्ध राखेकाले उनीमाथि थप कारवाही हुने प्रहरीको भनाइ छ । कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा जबजजस्ती करणीको महलको दफा ३ अनुसार हुने सजायँमा थप १ वर्ष कैद हुने व्यवस्था मुलुकी ऐनमा छ । https://www.onlinekhabar.com/2...

ktmpost · Jul 20, 2018 8:03 AM · 3,695 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion