नेपालमा अब अस्लिल किताब, चलचित्र साथमा पाइएमा अथवा युट्युबमा राखे एक वर्ष कैद

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले साउन महिना चलिरहेको छ। एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। हिजो भिक्षा माग्ने कानुनबारे चर्चा गरेका थियौँ, आज अश्लील सामग्रीबारे। तपाईँलाई थाहा छ? एक महिनापछि अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा?  यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन। यसअघि पनि यस्तो कानुन नभएको हैन तर त्यसले विद्युतीय सञ्चार माध्यमलाई समेटेको थिएन। अब भने इन्टरनेटमा राखिने यस्ता सामग्रीलाई पनि समेट्नेछ। ऐनको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो। उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। अब यो कानुन आएपछि युट्युबमा अश्लील भिडियो राख्नेहरु वा इन्टरनेटमा त्यस्ता सामग्री राख्नेहरु कानुनी दायरामा आउने भएका छन्। http://www.mysansar.com/2018/0...

ktmpost · Jul 23, 2018 9:45 AM · 10,159 views

1 Reply

Kahi nabhayeko jatra hadi gaau ma bhaneko yehi ho.....tetro tetro crime\corruption garda kasailai kei matlab chaina......raaaaaaaaaaaandi kaa baan haru lai aba porn heryo bhane kanun lagne rey.....thuiyaaaa...

atiranjeet · Jul 23, 2018 10:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion