प्रचण्ड संग दश-दश अर्बको भागबण्डा नमिलेर माओबादि छोडेको - बाबुराम को खुलासा (भिडियो)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेकपा माओबादिले १० बर्ष लामो जनयुद्ध चलाउँदा पार्टि हाँक्ने दुइ प्रमुख नेता थिए प्रचण्ड र बाबुराम भट्टराइ। युद्धविराम गरेर पार्टि संसदिय ब्यवस्थामा समाहित भए पछि बाबुरामले पार्टिको औचित्य समाप्त भएको भन्दै पार्टि छोड्दा सबै अचम्मित भएका थिए । सन २०१६मा नयाँ शक्ति नामको नयाँ पार्टि स्थापना गरेका पुर्व प्रधानमन्त्रि डा.बाबुराम भट्टराइले आँफुले माओबादि पार्टि छोड्नुको मुख्य कारण प्रचण्डले गरेको भ्रष्टाचार भएको बताएका छन्। खासमा माओबादि पार्टिले एमाले र कांग्रेसले भन्दा पनि धेरै भ्रस्टचार गरेको उनले दावि गरेका छन । माओबादि लडाकुलाइ भनेर राज्यले दिएको अर्बौ रुपैया पनि आफुलाई थाहै नदिइ प्रचण्डले कूम्ल्याएको आरोप भट्टराइले लगाएका छन। भट्टराइले कंचनपुरमा केहि समय् अघि आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै ति कुराहरु खुलासा गरेका हुन । जब प्रचण्ड माथि भ्रस्टचारको मुद्दा लाग्न थाल्यो, त्यस पछि उनि बिदेशी शक्तिसंग आँफुलाइ ति मुद्दाबाट बचाँइदिन गुहार माग्न पुगेको खुलासा पनि भट्टराइले गरे । उनले प्रचण्डले मात्रै बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा लगाएको बताएका थिए - तर ति भागबण्डा गर्ने को को हुन भन्ने उनले खुलाएनन्। उनले शान्ति प्रकृयामा आएपछि पनि माओबादिले ७०० थान अत्याधुनिक बन्दुकहरु लुकाइ राखेको र प्रचण्डले त्यो हतियार बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले रोकेको भट्टराईले बताएका थिए। भट्टराइले ति हतियार तत्कालीन प्रधानसेनापती छत्रमान गुरुंगलाई जिम्मा दिएर छाउनि स्थित सैनिक संग्रालहयमा राखिएको पनि बताएका थिए । भिडियो हेर्नुहोस - बाबुरामकै मुख बाट सुन्न : https://www.youtube.com/watch?...

AnandNepal · Aug 4, 2018 2:47 AM · 3,736 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion