बाबुरामलाइ टेन्सन - राष्ट्रिय पोशाक फेरी दौरा सुरुवाल नै बनाइदिए भनेर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भिडियो हेर्न मन नलाग्नेले स्क्रिप्ट पढ्नु होला : https://www.youtube.com/watch?... *** आनन्दको कुराको स्क्रिप्टको पहिलो ड्राफ्ट *** २०६८ सालमा तत्कालिन प्रधानमन्त्रि बाबुराम भट्टराइले मानिसलाइ कुनै पनि पोशाक अनिवार्य रुपमा लगाउन लगाउनु लोकतन्त्रको मान्यता विपरित भएको भन्दै दौरासुरुवाललाइ राष्ट्रिय पोशाक नबनाउने निर्णय गरेको थियो । उनले नेपालमा लगाइने सबै पोशाकलाइ राष्ट्रिय पोशाक बनाइएको भन्ने घोषणा गरेका थिए । भट्टराइका सहपाठि हाल दिवंगत डा. उपेन्द्र देवकोटाले उनले राष्ट्रियता मासेको आरोप लगाएका थिए । भट्टराइले हटाएको ७ बर्ष पछि नै फेरि नेपाल सरकारले भट्टराइको निर्णयलाइ उल्ट्याएको छ । आँफ्नो निर्णय उल्टाएकोमा भुतपुर्व प्रधानमन्त्रि बाबुराम भट्ट्राइले ट्विटरमा लेखेकाछन् : - "व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरित हुन्छ।कम्युनिष्ट भनिने सरकारले अमूक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्र नभै सम्विधानको मर्म विपरित पनि छ!नयाँ जोगीको यो खरानी!

AnandNepal · Aug 17, 2018 12:52 AM · 3,997 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion