इमरान खान २२ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजनीतिमा प्रवेश गरेको झण्डै दुई दशकपछि पाकिस्तानको प्रमुख कार्याकारी पदमा पुग्न सफल इमरान खान २२ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । ६५ वर्षीय आनले पदमा पुगेसँगै चुलिँदो आर्थिक संकट सामनाका लागि आफैबाट शुरुवात गरेका छन् । चुनावका दौरान आफूले गरेको बाँचा अनुशार प्रधानमन्त्री निवास छोडेर तीनवटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका छन् । सरकारी खर्च कटौतीका लागि प्रधानमन्त्री निवासमा रहेका ५२४ कर्मचारीलाई छोडेर सैन्य सुरक्षाका साथ दुई जना कामदार लगेका छन् । बानागालस्थित आफ्नै घरमा बस्न चाहेका प्रधानमन्त्री खानलाई सुरक्षा एजेन्सीहरुले खतरा रहेको बताएपछि उनी सैन्य सुरक्षा रहेको घरमा बसेका हुन् । पाकिस्तानका प्रधानमन्त्रीसँग ५२४ कर्मचारी, ८० वटा कार, ३३ बुलेटपु्रफ कार, हेलीकोप्टर रहेको बताएका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले २ जना कर्मचारी र दुई वटा सवारी साधन मात्रै आफ्नालागि राख्ने र बाँकी लिलाम गरेर सो वाफत आउने रकम राज्यकोषमा जम्मा गर्ने बताएका छन् । उनले भाषणमा भनेका थिए –म प्रधानमन्त्री निवासमा होइन, सैन्य सचिवको निवासमा रहने छु । मसँग दुई वटा कार हुनेछन् । उनले प्रधानमन्त्री निवासको रिसर्चका लागि एक उच्चस्तरीय विश्वविद्यालयमा बदल्ने र त्याहा अन्तराष्ट्रिय विशेषज्ञ हुने बताए ।

Ban Dana · Aug 21, 2018 4:46 AM · 10,415 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion