६५ हजारमा भारतले किन्न खोजेकी माननीय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

६५ हजारमा भारतले किन्न खोजेकी माननीय भद्रकुमारी घले &nbsp;राजेश खनाल &nbsp;२०७५ भदौ १४ बिहीबार ०८:२८:० उनको स्वभावै खरो । त्यसैले चित्त नबुझेको विषयमा उनले कहिल्यै कसैलाई समर्थन गरिनन् । आफैले मान्दै आएको राजालाई पनि । उनी त्यसबेला राजपरिषद्को सदस्य थिइन् । तिनताक पारस शाहले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको निधन भयो । यसले सर्वत्र ठूलै हङ्गामा मच्चायो ।&nbsp; राजपरिषद्ले परिषद् सदस्य सुश्री भद्रकुमारी घले (८७) लाई पारस शाहको समर्थनमा आफ्नो मत राख्न भन्यो । अर्थात् यो खबरलाई झुठो भन्नु पर्ने थियो उनले । भद्रकुमारी घले त्यो पक्षमा थिइनन् । गलतलाई गलत भन्ने स्वभावकी घलेले परिषद् सदस्यबाट राजीनामा दिइन् ।&nbsp; गएकोे शुक्रबार मैतिदेवीस्थित उनको निवासमा कुराकानी गर्दै उनले भनिन्, ‘म खरो बोल्ने मानिस हुँ । राजा वीरेन्द्रकै कृपाले म राजपरिषद्को सदस्य भएँ । केशरजंग रायमाझी अध्यक्ष थिए त्यसबेला । प्रविण गुरुङको निधनको विषयमा मलाई परिषद्मा रहेका सदस्यहरुले &nbsp;‘यो झुठो हो’ भनेर बोल्न भने । मैले म झुठो बोल्दिन, बरु परिषदबाट राजीनामा दिन्छु भनेँ । र राजनामा दिएँ ।’ पीिछ अध्यक्ष केशरजंग रायमाझीले ‘भद्रा जी, किन राजीनामा दिनु हुन्छ । बिरामी भएँ भनेर बस्नुस् भने । बरु उनलाई त्यस विषयमा बोल्नै पर्छ भनेर डा. स्वामी प्रपन्नाचार्यले दवाव दिएका थिए ।&nbsp;अर्थात्, पदमै रहेको अवस्थामा पनि उनले धेरै पटक खरो बोलिन् । गलत कुरा र काममा समर्थन गरिनन् । यही खरो स्वभावका कारण होला, भद्रकुमारी घले (८७)ले २०१८ सालमै पञ्चायत प्रवेश गरेपनि, त्यसको केही वर्षपछि माननीय भएपनि मन्त्री हुन लामै समय कुर्नुपर्यो । मन्त्री भएपनि एक पटक भन्दा बढी मन्त्री भइनन् उनी ।&nbsp;यस्ता खरा प्रसंग उनीसित अरुपनि धेरै छन् । ००० समाजसेवी तथा राजनीतिज्ञ भद्रकुमारी घले काठमाडौंमा जन्मिन् । ओखलढुंगाको जराटार अम्बोटे, घलेगाउँमा हुर्किन् । मावल दोलखा जिल्लाको चङ्खु गँगटामा लेखपढ गर्न, चण्डी, रामायण, महाभारत भट्याउन जानिन् । केही वर्षपछि उनी ओखलढुँगा फर्किन् । सिन्धुलीको नारापुर अम्बोटेमा उनीहरुको मौजा पनि थियो । त्यसैले उनले आफ्नो कर्म क्षेत्र सिन्धुलीलाई नै बनाइन् । &nbsp; उनका अनुसार दुई वर्षकी हुँदा उनी एकदम रोगी थिइन् । त्यसैले उनलाई उनका आमा बाबुले उनको बजैको काखमा राखिदिए । उनले बजैको काख पाइन् । बाह्र–तेह्र वर्षसम्म बजैको काखमै लडीबुडी गरिन् ।&nbsp; उनी भन्दैथिइन्, ‘मैले मामाघर पुगे पछि मात्रै पढ्न लेख्न जानें । त्यहीँ बुद्धि चाणक र दुर्गा कवच पढ्न सिकेँ । त्योभन्दा अघि त घाँस काट्ने र भारी बोक्ने काम मात्रै त गरियो ।’&nbsp; उनी सात वर्षकी हुँदा उनकी फूपुसँग उनको मामाको बिहे भयो । उनी फुपूको साथी भएर मामाघर गइन् । त्यतिबेला नौ दिन लगाएर उनीहरु दोलखाको त्यो मावल गाउँ पुगेका थिए ।&nbsp; भद्रकुमारीका मावलका बाजे नरबहादुर गुरुङ त्यसबेला सात गाउँका मुखिया थिए । तिनको शान सौकत नै बेग्लै थियो । कैयन काम गर्ने व्यक्ति राखेका थिए घरमा । उनी सधैँ पाँच छ पाथी गहुँ, मकै र कोदो मिसाएर कुखुराका अघिल्तिर छर्थे । कुखुराको खोर भित्र पनि अण्डै अण्डा । उनी चकित परेकी थिइन् अण्डाको रास देखेर ।&nbsp; उनका बाजे तिहारमा त्यही कमारा कमारी दाउमा थापेर जुवा खेल्दा रहेछन् । ठालुहरुको जमात बस्यो र कमारा कमारीलाई जुवाको दाउमा लगायो ।&nbsp; उनी पुरानो कुरा सम्झिएर हाँसिन् र भनिन्, ‘यस्तो पनि हुँदो रहेछ ! यस्तो त मैले पहिलो पटक देखेकी थिएँ । यहि आँखाले देखेँ त्यस्तो जुवा ।’ उनको मावलमा उनका मामाहरुलाई पढाइन्थ्यो पनि । त्यसैले पनि उनले लेखपढ गर्ने मौका पाइन् । यो उनका लागि जीवनकै ठूलो उपलब्धी भयो ।&nbsp; पूर्व मन्त्री भद्रकुमारी घलेका घरतिरका बाजे पहिलो विश्वयुुद्धमा युद्ध गरेर फर्किएका योद्धा थिए । उनले सुनाउँथे, अंग्रेजकी छोरी यस्ती, अंग्रेजकी छोरी उस्ती भनेर । कति राम्रो पढेका । बाजेका कुरा सुनेर उनी मेमहरुले कसरी पढेका होलान् भन्ने सम्झिन्थिन । तर आफूले पढ्न थालेपछि ‘ए पढाइ भनेको त यस्तै हुने रहेछ’ भन्ने ज्ञान उनलाई भयो ।&nbsp; करिब दुई वर्ष उनी मावल बसिन् । त्यस पछि मात्रै घर फर्किइन् । त्यहाँ फर्किएपछि उनले लेख्न पढ्न थालेको सबैले चाल पाए । उप्रान्त उनको काम भयो, समयसमयमा पाकाहरुलाई स्वस्थानी, रामायण र महाभारत सुनाउने । अनि गाउँका घलेनी केटीहरुका चिठि लेखिदिने । मावल जानुपूर्व घाँस काटने उनको लेखपढ गर्न जानेपछि मानमनितो बढेको थियो । उनलाई चिठी लेख्न लगाउनेले पनि दूध चिउरा, दही चिउरा, मिठा मिठा खानेकुरा खुवाउँथे ।&nbsp; गाउँका घलेनीहरुले गरेको मानमनितो सम्झेर उनको मुहार उज्यालियो । लाग्यो, उनी यतिखेर ओखलढुँगा अम्बोटेमै छिन्, घलेनीहरुका बीच घेरिएर ।&nbsp; घले गर्दै थिइन् त्यो बेलाको वर्णन । भन्दै थिइन्, ‘त्यो बेला छ पैसा मानाको घ्यु पाइन्थ्यो । एक पैसामा अन्डा, एक रुपैयाँमा भाले, पाँच रुपैयाँमा खसी खाने मानिस मै हुँ । सत्य युग जस्तै थियो त्यो समय ।’ तेह्र वर्षकी हुँदा उनी मौजा रहेको ठाउँ सिन्धुली आइन् । उनका अनुसार सिन्धुलीबाट जनकपुर जाँदा चार पाँच दिनसम्म पनि घरमा ढोका ढप्काएरै मात्रै पनि गइन्थ्यो । केही हुन्थेनन् । कोही छिर्थेनन् घरमा । अगाडि नासपाती लटरम्म फलेका हुन्थे । तर एकदाना कसैले टिपेर खान्थेनन् । खानु पर्दा सोध्थे ।&nbsp; घले राष्ट्रिय पञ्चायतको सदस्य हुँदा पनि सिन्धुलीबाट राती पनि एक्लै हिँडेकी थिइन्, कैयनपटक । कसैको डर लाग्थेन उनलाई । त्यो बाटोमा उनलाई डर लाग्ने भनेको जङ्गली जनावरहरुसित मात्रै हो ।&nbsp; केही समयपछि पढ्नैका लागि उनी काठमाडौं आइन् । उनकी ठूलीआमा सानीआमा थिए काठमाडौंमा । त्यस बेला पाँच छ जना भरिया लगाएर काठमाडौं आएको उनी अझै सम्झन्छिन् ।&nbsp; काठमाडौं आएर उनी कन्या पाठशालामा पढ्न थालिन् । &nbsp;त्यसैबेला पाँच वर्षमा म्याट्रीक पास भन्ने सूचना गरेको उनले सुनिन् । यसले उनलाई उत्साहित तुल्यायो । तर पढ्नलाई गान्धी आश्रम वर्धा जानु पर्दथ्यो । उनले आफ्नी ठूलीआमासँग कुरा गरिन् । तर ठूली आमाले गाली गरिन्, &nbsp;मेरी बहिनीलाई यसले दुःख दिन थाली भनेर । तर उनी पनि हठी थिइन् । निवेदन लेखेर वर्धाका लागि चयन भइन् । यहाँ नेपाली गान्धी तुलसीमेहरको अगुवाईमा यो कार्य हुँदै आएको थियो । उनी र भुवनेश्वरी सत्याल पनि छानिए ।&nbsp; उनी भन्दै थिइन्, ‘पछि तुलसी मेहर आएर त मलाई हुन्न भन्छन् । उनले त अर्कै केटीको व्यवस्था गरेका रहेछन् । मलाई मृगेन्द्र शमशेरले पनि यस पटक नजाउ भने । मैले हुन्न सरकार भन्दै रुन थालेँ । त्यस पछि मात्रै मलाई पठाएका हुन् । यसरी आठ जना केटीहरुको समूहमा म पनि परेँ ।’ वर्धा जानका लागि सबै थानकोट पुगे । चित्लाङ, भिमफेदी भएर जानु पर्दथ्यो । थानकोट पुगेपछि त तुलसी मेहरले भद्रकुमारीलाई ‘तिमी पहाडकी बहादुर केटी, पहाड हिँड्न सक्छौ’ भन्दै हिँडाएछन् । अरुलाई भने उलिनकाठमा चढाएर लगे, भिमफेदीसम्मै । त्यसैले पनि उनलाई जीवनभरि तुलसी मेहर प्रति कहिल्यै श्रद्धा जागेन । उनी अहिले पनि यो भन्न हिचकिचाउँदिनन् ।&nbsp; उनी भन्दै थिइन्, ‘तुलसी मेहरसँग मेरो फाटो जस्तै भयो । मैले बुढाको धोती पनि धोएँ चप्पल पनि धोएँ । तर पनि मैले तिनीलाई कहिल्यै श्रद्धा गर्न सकिन् ।’ पहाडमा बिताएका पलहरुले उनीमा एउटा अदम्य शक्ति र साहस भरेको थियो । त्यही शक्ति र साहसका साथ उनी पैदल हिँडिन्, भिमफेदीसम्मै । त्यस दिन चित्लाङमा खाएको खानाको स्वाद आजसम्म उनको स्मृतिमा ताजा बसेको छ ।&nbsp; भारतको नागपुर हुँदै पुग्नुपर्ने वर्धा गान्धी महिला आश्रम पुगेकी भद्रकुमारी आश्रमको पुस्तकालयमा दराज भरि किताब देखेर दंग परिन् । त्यसपछि उनको मन लेखपढ्मा झनै बस्यो । त्यसैबेलादेखि उनले कविता र गीत पनि कोर्न थालिन् ।&nbsp; वर्धामा बेलाबेलामा ठाउँठाउँबाट आएका केटीहरुले आफ्नो आफ्नो ठाउँको स्थानीय संस्कृति झल्किने कार्यक्रम गर्थे । नेपालबाट गएका भद्रकुमारी, भुवनेश्वरीलगायतका केटीहरुले पनि नेपाली लोक गीतसंगीत र नृत्य प्रस्तुत गरे । उनीहरुले नेपाली सांस्कृतिक प्रस्तुति अन्य विद्यालय तथा कलेजमा पनि प्रस्तुत गरे ।&nbsp; केही समयपछि वर्धामा रहेका नेपाली केटीहरुले नेपाली पनि बिर्सिन्छन् कि भन्ने लागेर तुलसी मेहरले साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई नेपाली शिक्षकका रुपमा पठाएको उनी सम्झिँदै थिइन् ।&nbsp; वर्धाबाट म्याट्रिक गरिसकेपछि समाजसेवी घलेले इन्दोरबाट नर्सिङ कोर्स गरिन् । अरु पनि थप तालिम हासिल गरिन् । र, २०१३ सालमा उनले जनकपुरको अस्पतालमा नर्स भएर काम गर्न सुरु गरिन् । व्यवहार खरो भएपनि मन कमलो भएकै कारण उनको कार्यशैली सबैलाई मनपथ्र्यो । उनको कामको पनि चर्चा हुन्थ्यो । केही वर्ष जनकपुरमा काम गरेपछि उनी थप अध्ययनका लागि बनारस गइन् र शास्त्री पढ्न थालिन, काशी हिन्दू विद्यापिठमा ।&nbsp; ००० शास्त्री पढाईको अन्तिमतिर उनले थेसिस बुझाइन् । फाइनल परीक्षा बाँकी नै थियो । त्यसैबेला उनी सिन्धुली आइन् । सिन्धुलीमा आमा थिइन् ।&nbsp; &nbsp;उनकी आमाले एकदिन भनिन्, ‘जनकपुरमा नयाँ अञ्चलाधीश आएका छन् रे । चिनापर्ची गर्नुपर्ने ।’ त्यसपछि दुबै आमा छोरी कमलाखोँज, चारकोसे झाडी, गोदार, धनुषाधाम हुँदै जनकपुर पुगे । रात धर्मशालामा बिताए । बिहानै जलेश्वर पुगे अञ्चलाधीश भेट्न ।&nbsp; खबर गरेको केही समय पछि अञ्चलाधीश दिलबहादुर श्रेष्ठ बाहिर निस्के । भद्रकुमारी घले भन्छिन्, ‘अञ्चलाधीश त मेरी आमालाई तपाई भक्तकुमारी घले । अनि उनले मेरी आमालाई भने, उनी तपाईकी छोरी भद्रकुमारी घले । काशी हिन्दू पिठमा शास्त्री पढ्दै छिन् । तिनको कुरा सुनेर चकित परेँ म । पछि थाहा भयो, मेरा बारेमा मकेश्वरप्रसाद सिंहले उनलाई सबै भनेका रहेछन् । यस क्षेत्रमा पर्दामा रहेका महिलाहरुलाई जागरुक बनाउने हो भने महिला संगठनको जिम्मा भद्रा घलेलाई दिनु पर्छ । उनले सक्छिन् यो काम गर्न ।’&nbsp;अञ्चलाधीश श्रेष्ठले तत्कालै अबिर मगाएर भद्रकुमारीको निधारमा टीका लगाईदिँदै भने ‘तिमी नेपाल महिला संगठनको जनकपुर अञ्चल सभापति भयौ’ भनेर । उनले विधान र नियमावली भद्रकुमारीको हातमा दिँदै लौ अञ्चलमा संगठनको बिस्तार गर भनेँ । यसरी उनी महिला संगठनसँग जोडिइन् । <p class="selecti

_____ · Aug 30, 2018 9:42 AM · 15,552 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion