दुखद समाचार :बन्दुकधारीको गोलीबारीमा नेपाली मूलकी बृन्दा गिरीको मृत्यु मेरील्याण्ड राज्य को हारफोर्ड काउन्टीमा रहेको राइट एड औषधी वितरण केन्द्रमा बन्दूक़ धारीको गोलीबारीमा नेपाली मूलकी बृन्दा गिरीको मृत्यु भएको खवर छ । बन्दुकधारी महिला रहेको कुरा अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । काममा असन्तुष्ट रहेको एक कर्मचारीले काममा अन्धाधुन्ध गोली चलाउँदा तीनजना अरु कर्मचारीसहित उनको पनि निधन भएको छ । वृन्दा गिरी करिब चार महिनाअघि मात्र नेपालबाट अमेरिका बसाइ सर्नु भएको थियो भनि स्थानीय संचार माध्यम ले लेखेका छन । वृन्दा गिरीको दुइजना सन्तान रहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । गत विहिवीर बिहान सेप्टेम्वर २० तारिख उक्त घटना घटेको हो । अनुहार किताबमा मृतकको नाम बिन्दा गिरी रहेको छ ! घटनामा परी अर्का नेपाली पूर्ण आचार्य पनि घाइते भएको खबर छ विस्तार जानकारी को प्रतीक्षा गर्नु होला । More news: http://www.baltimoresun.com/ne... credit: http://enepalese.com/2018/09/1... Last edited: 21-Sep-18 04:41 PM
ktmpost · Sep 21, 2018 4:34 PM · 31,518 views
“अनुहार किताबमा मृतकको नाम बिन्दा गिरी रहेको छ“ Seriously? Who calls facebook “अनुहार किताब”?
pepsi · Sep 21, 2018 8:53 PM
Baltimore sun ko post li google translate hanyo hola nai facebook ta aauhar ketab bhayo.
Dev_ · Sep 21, 2018 10:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion