इन्टरनेटको माध्यमबाट पोर्न सेन्सर गर्ने मुलुकको सूचिमा नेपाल थपिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै ‘यौनजन्य अश्लिल सामाग्रीको पहुच’ बन्द गरेको हो । नेपालमा धेरै खुल्ने ५० वटा वेभसाइट मध्ये ४ वटा अश्लिल सामाग्री सम्बन्धी हुने गरेका छन् । विश्वका बिभिन्न वेभसाइटमा नेपालमा उत्पादित ‘पोर्न क्लिप’ भने उपलब्ध छन् । मोबाइलबाट लिइएका बिभिन्न पोर्न भिडियो यस्ता वेभसाइटमा पाइने गरेको हो । नेपालमै बिभिन्न नाममा ब्लग खोलेर अश्लिल सामाग्री र विशेषगरी कथा राख्ने चलन भने पछिल्ला वर्ष बढेको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि सिनेमा क्षेत्र र पोर्न समय समयमा जोडिने गरको छ । अन्यत्र के व्यवस्था छ ? पोर्न बन्देज संगै नेपाल अब पाकिस्तान, बंगलादेश, सिरिया, उत्तर कोरिया, लेबनान लगायतको सूचिमा सामेल भएको छ । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2PXTsAj
bhugolpark · Sep 22, 2018 6:09 PM · 8,955 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion