नक्कली कथा बनाएर एसाइलम स्वीकृत गराउनेहरुका १३ हजार ५ सय केसहरुबारे छानविन भइरहेको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा नक्कली कथा बनाएर एसाइलम स्वीकृत गराउनेहरुका १३ हजार ५ सय केसहरुबारे छानविन भइरहेको र उनीहरुले देशनिकालकाको सामना गर्न सक्ने जनाइएको छ । अमेरिकामा एसाइलममार्फत ग्रिनकार्ड प्राप्त गर्नेमा नेपालीहरु अग्रपंक्तिमा रहेका छन् । एनपीआरको विस्तृत रिपोर्ट अनुशार केहीबर्ष पहिले नै स्वीकृत भइसकेका त्यस्ता एसाइलमका केसहरुबारे अमेरिकी सरकारले पुन छानविन सुरु गरेको छ । एसाइलमका नक्कली र मिल्दाजुल्दा कथाहरु पेश गरेर एसाइलम स्वीकृत गराएका तथ्यहरु भेटिएपछि त्यस्ता केसहरुबारे अनुसन्धान सुरु भएको जनाइएको छ । अमेरिकामा एसाइलम गर्न खोज्नेहरुका लागि रकम लिएर नक्कली कथाहरु बनाइदिनेहरुको बिगबिगी बढेपछि युएससीआईएसले अनुसन्धान सुरु गरेको हो । यस्तो अनुसन्धानमा नेपालीका समेत कैयन केसहरु रहेको कानुन व्यवसायी केशव सेडाईले खसोखासलाई जानकारी गराउनुभयो । केहीसमय अगाडि अपरेशन फिक्सनका क्रममा पनि झण्डै ३५ सय नक्कली एसाइलमका कथाहरु लेखिएको अमेरिकी सरकारको अनुसन्धानबाट पत्ता लागेको थियो । एसाइलम स्वीकृत भइसकेपछि उनीहरुका परिवारलाई प्रदान गरिएको डेरिभेटिभ एसाइलम स्टाटसको सन्दर्भमा समेत १० हजार भन्दा धेरै केसमा अनुसन्धान भइरहेको युएससीआईएसले जनाएको छ । खासगरी अहिले अनुसन्धानको क्रममा रहेका एसाइलमका १३ हजार ५ सय केसहरु सन् २०१२ भन्दा अगाडि नै एसाइलम स्वीकृत भएका केसहरु रहेको जनाइएको छ । यदि ती केसहरु अनुसन्धान गर्दा नक्कली एसाइलमका कथाहरु बनाएर स्वकृत भएको प्रमाणित भएमा त्यसरी एसाइलम पाउनेहरुले अमेरिकाबाट देशनिकालाको समेत सामना गर्न सक्नेछन् । युएससीआईएस, आईस अफिस र एक्जुकेटिभ अफिस र इमिग्रेशन रिभ्युले स्वीकृत भइसकेका एसाइलमका केसहरु समेत नक्कली भए नभएको छानविन गरिहरेका युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले जनाएकी छिन् । पुराना एसाइलमका केसहरु नक्कली रहेको आशंका लागेमा आइसका वकिलले त्यस्ता केसहरु पुन खोल्नका लागि एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युमा मोसन टु रिओपन फाइल गर्ने टिकचेकले जनाएकी छिन् । यसरी केस पुन खोलेपछि न्यायाधिसले या त केसबारे पुन स्वीकृति दिनसक्नेछन् या त आवेदकको एसाइलम स्टाटस खारेज गरेर देशनिकाला गरिनेछ । अमेरिकी सरकारका एजेन्सीहरुले एसाइलमका हरेक केसहरु सावधानीका साथ पुन हेरिरहेको प्रवक्ता टिकचेकले जनाएकी छिन् । बुधबार, अशोज १७, २०७५ मा प्रकाशित https://www.khasokhas.com/6421...

ktmpost · Oct 3, 2018 2:57 PM · 8,093 views

3 Replies

Those cases are 100 % fake. Everyone knows what every Nepali does. I feel pity for those students who devoted their time and money. At the end, they are the ones who are suffering every now and then. Strip the GC of Asylums and DV winners and give all the green card to those students who have skills and education. The पाखे DV winners are trash here.

hussain_khan · Oct 3, 2018 3:03 PM

https://cis.org/Arthur/Massive...

Dev_ · Oct 3, 2018 3:06 PM

Jey paye tehi na lekh... tera baje le nepal bataa छानविन gare matra ho ...

Ruler of the wasteland · Oct 3, 2018 4:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion