प्रधानमन्त्री ओलीको विरोध गर्दा रिजउड नेपाली समाजलाई झण्डै एककरोड घाटा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका क्रममा न्युयोर्कको रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला कालो झण्डा देखाउने विरोध कार्यक्रममा सहभागी भएपछि प्रवासी नेपाली मञ्चले रिजउड नेपाली समाजलाई मन्दिर निर्माणका लागि दिने भनेको रकम नदिने भएको छ । नेकपा निकट प्रवासी नेपाली मञ्च अमेरिकाका न्युयोर्क च्याप्टर अध्यक्ष अर्जुनबहादुर सिंहले सामाजिक सञ्जालमार्फत रिजउड समाजलाई दिने भनिएको रकमको बाँकी किस्ता नदिने निर्णय भएको जानकारी गराएका हुन् । प्रवासी नेपाली मञ्च अमेरिकाले रिजउड नेपाली समाजका लागि मन्दिर निर्माणार्थ १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमध्ये विभिन्न ६ किस्तामा २४ हजार अमेरिकी डलर मञ्चले दिइसकेको छ । अब ८७ हजार १ सय ११ डलर अर्थात् झण्डै १ करोड नेपाली रुपैया बाँकी रहेकोमा उक्त रकम नदिने प्रवासी नेपाली मञ्चको घोषणाले न्युयोर्कको नेपाली समाजमा हल्लीखल्ली भएको छ । यसबारे संचारकर्मी शैलेश श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् – ‘प्रधानमन्त्री के.पी. शर्मा ओली न्युयोर्कको महासभामा सम्बोधन गर्न आउँदा कालो टीसर्ट लगाएर बिरोध गर्ने एउटा राजनैतिक समुहसँग सहकार्य गरेर रिजउड नेपाली समाजका वर्तमान अध्यक्ष रबि किरण कोइरालाले बिरोध प्रदर्शनमा सक्रिय भाग लिएकै कारण अब उनको संस्थाले करिब एक करोड दुई लाख अड्चालिस हजार छ सय नौ रुपैया बराबरको सहयोग चन्दा राशी गुमाउनु पर्ने भएको छ । गैर राजनैतिक स्वरूपको संगठनले यस्तो राजनैतिक अभिष्टले आयोजना गरिएको प्रदर्शनीमा भाग लिएकोमा उक्त संगठनले आपत्ति पनि जनाएको छ ।’ यसबारे अर्का संचारकर्मी दिनेशजंग शाह लेख्छन् -‘विरोध निकैं महँगो सावित भयो । ‘जोरका झटका धिरे से’ भने जस्तो भो । ‘दुहुनो गाई’ लाई खाल्डोमा जाकेको जस्तो भो । रिजउड नेपाली समाजका अध्यक्ष लाई कालो झण्डा बोकाऊनेले यसको जिम्मेबारी लिनुपर्छ । एक करोडको भारी पनि उनीहरुले बोक्नु पर्छ ।’ खसोखास बाट
AnandNepal · Oct 4, 2018 8:29 PM · 4,284 views
For those who don't want to read ... I made a video report: https://www.youtube.com/watch?...
AnandNepal · Oct 5, 2018 5:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion