अचम्मको देश, ६० लाख पर्ने गाडी नेपाल भित्रिने बित्तिकै ४ करोड यसरी पर्दो रहेछ ..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिसि एभेन्टि भारतमा ३६ लाख रे नेपालि मा कन्भर्ट गर्दा ६० लाख जति होला त्यहि गाडि नेपालमा ल्याए पछि ४ करोड पर्ने रहेछ ! यो गाडिको बारेमा साझा मा चर्चा भएको थियो केहि दिन अघि । ल्याम्बोर्घिनि भन्दै । साँच्चै नै इटलिको लग्जरि गाडि - ल्याम्बोर्घिनि नेपालमा ल्याउनु पर्यो भने कति पर्छ होला ? ल्याम्बोर्घिनि गाडि कति पर्दो रहेछ भनेर गुगलमा खोज्दा सबै भन्दा सस्तो नै २००,००० डलर पर्ने रहेछ - जसलाइ नेपालि मा परिवर्तन गर्दा करिव साढे दुइ करोड हुन आउँछ। यसलाइ नेपाल भित्र्याउँदा भन्सर शुल्क २५० देखि ३०० प्रतिशत तिर्नु पर्ने हुन्छ । यस हिसावले सबै भन्दा सस्तो मोडल पनि नेपाल भित्र्याँदा ७ करोड जति त भंसार मात्रै पर्ने रहेछ । त्यसमा खरिद मुल्य जोड्दा झण्डै ९-१० करोड मुल्य पर्न आउँने रहेछ । यो त सबै भन्दा सस्तो मोडल भयो । महंगो मोडल अमेरिकामा सवा ५ लाख डलर सम्म पर्नेलाइ नेपालमा ल्याउँदा 18 करोड जति भन्सार मात्रै तिर्नु पर्ने हुनाले - यसरि सो गाडि को मुल्य नै २५ करोड रुपैयां जति पर्न सक्ने रहेछ। को चढ्ने होला त्यस्तो गाडि, त्यो पनि नेपालको बाटोमा ? ४ करोडको गाडि यहि हो (फोटो खिच्ने मान्छे को हो थाह भएन)    Last edited: 12-Oct-18 02:25 PM

AnandNepal · Oct 12, 2018 2:24 PM · 5,879 views

3 Replies

ktmpost · Oct 12, 2018 3:29 PM

Thank you @ktmpost I found one more photos

AnandNepal · Oct 13, 2018 12:31 AM

TEYO Rule Timi HAMI layee ho. Neta haru layyee bhansar ani tax waive huncha ajha real price ma pani so much ta Nepal sarkar ko dhukuti bata tirauchan ani kohi barsha chadayra aru layee ali sastoo ma bechchan....

ehho2 · Oct 13, 2018 7:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion