देशको लागि छोराको माया मार्न नसकेका ज्ञानेन्द्रले, बुहारीको लागि चाँहि माया मारे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अघिल्लो हप्ताको शुक्रवार स्पेसल भिडियो फेरि रिभिजिट गर्दै थिएँ । -- ज्ञानेन्द्रले राजा हुँदा नै अहिले जस्तै छोरालाइ छोड्न सकेको भए त .. राजतन्त्र बच्थ्यो होला है ? सन २००१ मा ज्ञानन्द्र ले राजा बन्ने बित्तिकै पारसलाइ युवराजधिराज नियुक्त गरेका थिएनन । - मानिसहरुले बिरोध गर्छन भन्ने उनलाइ थाह थियो । - तर, दशैंकै बेलामा - दशैं छुट्टिमा स्कुल कलेज बन्द हुने मौका छोपेर - बिरोध गर्ने बिध्यार्थिहरु रमाइलो गरिरहेका हुन्छन भनेर - दशैंको बेलामा युवराज नियुक्त गरेका थिए। अहिले "बुहारिको खुशिको लागि" छोराको त्याग गर्न सक्ने पुर्वराजाले त्यो बेला जनताको खुशिको लागि किन त्याग गर्न नसकेका होलान ? Just wondering ... (यो बारेमा भिडियो रिपोर्ट अघिल्लो हप्ताको शुक्रवार बनाएको थिएँ - त्यसलाइ मेटेर ज्ञानेन्द्रको अन्तरवार्ताको एउटा छोटो क्लिप थपेर अपलोड गरिसकेपछि .. भिडियो त फेरि incomplete भयो जस्तो लाग्यो । साझाकाले के भन्छन भनेर सोध्न मन लागेको) .. अपडेट -> अनि यस्तो कमेन्ट आएको रहेछ  "जनताको लागि भनेर एकैचोटिमा आँफ्नो पुर्खौलि राज गद्दि सम्म त्यग्ने माहन राजा ज्ञानेन्द्र । तेस्ता राजनलाइ आँफ्नो कपुत छोरो त्यन कुनै ठुलो कुरा होइन ! अझै पनि भन्छु राजा आउ देश बचाउ! हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। जय नेपाल" lol ...  Last edited: 15-Oct-18 08:36 AM

AnandNepal · Oct 15, 2018 8:30 AM · 3,747 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion