नेपालीले विदेश घुम्न जाँदा पाउँने सटही सुविधा घट्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । विदेश घुम्न जाने नेपालीको संख्या बढेपछि राष्ट्र बैंकले अमेरिकी डलरको सटही सुविधामा कटौती गरेको छ । राष्ट्र बैंकले भारत बाहेक अन्य देश जाने नेपाली नागरिकलाई राहदानी वापत प्रत्येक पटक १५ सय अमेरिकी डलरमात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसभन्दा अगाडि २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने गरिएको थियो । गत आर्थिक वर्षमा यसरी घुम्न जानको लागि मात्र ७९ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ अर्ब रुपैयाँ घुम्न जाने नेपालीले खर्च गरेका छन् । राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले स्वदेश भ्रमणलाई प्रोत्साहन गर्नको लागि अमेरिकी डलरको सटही सुविधामा कटौती गरिएको बताए । ‘पहिला स्वदेश अनि मात्र विदेश घुम्ने नीतिलाई कार्यान्वयनको लागि यो व्यवस्था लागु गरिएको हो,’ ढुंगानाले क्लिकमाण्डूसँग भने । खासगरी पछिल्लो समय देशबाट भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा ६ वर्षकै उच्च छ । २५ अर्ब रुपैयाँले भदौ महिनासम्ममा शोधानान्तर घाटामा छ । https://clickmandu.com/2018/11...

ktmpost · Nov 6, 2018 3:01 PM · 29 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion