काठमाडौ। ”नेपाली पत्रिकाहरुले बेलाबेलामा युवायुवतीहरुको नयाँ ड्रेसअप छोटाछोटा लुगा) लगाएर शहर बजारमा हिड्नाले समाजमा बलात्कार र यौनजन्य विकृति बढ्यो भनेर समाचार सम्प्रेषण गरेको पाइन्छ। यसै भिडको एक नागरिक दैनिकबाट प्रकाशित शुक्रबार साप्ताहिकमा हालै प्रकाशित यस्ता फोटोहरुले विकृति बढाउँछ कि घटाउँछ ? जिम्मेवारी बहन गर्ने अखवारले यस्तो फोटोहरु छापेर समाजलाई कता लान खोजेको होला?” यो गहन सवाल तथा प्रश्न नेपालका अग्रज लेखक त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको हो। Model Laxmi Acharya’s this photo published in Sukrabar Weekly. लेखक त्रिचन्द्र प्रतीक्षाले आफ्नो फेसबुकको स्टाट्समा लेखेको यो स्टाट्सले नेपाली छापा अखवारलाई विकाउने नाममा विकृति फैलाउन अवश्य पनि हुंदैन भन्ने आवाज बुलन्द गरेको छ। पत्रिका भनेको आम सञ्चार हो। अर्कोतर्फ प्रमाणिक नजिर पनि हो। यो नजिरभित्र नाँगा तस्बीर प्रकाशित गर्नु र गराउनु अगाडि संवन्धित मोडल तथा प्रकाशन संस्थाले पनि सोच्नु पर्ने कुरा हो। प्रचारको नाममा गायिका तथा मोडल लक्ष्मी आचार्यको शुक्रबार साप्ताहिकमा प्रकाशित हुनु र हुनाले मोडल आचार्यको सही सम्मान भएको हो या अरु नै कार्यको बढावा दिएको भन्ने प्रश्न उब्जिएको छ। यस तस्बीरले नेपाली समाजमा यौनजन्य विकृति फैलाउन बाहेक खासै अरु उपलव्धीमूलक कार्य गर्न सक्दैन। यसकारण पनि यस्ता तस्बीर प्रकाशन गर्ने र गराउने संचार संस्था तथा संवन्धित मोडलले सोच्नुपर्ने आवश्यकता रहेको जिकिर संचारकर्मी विराजकाजी राजोपाध्यायको भनाई रहेको छ। सामाजिक सरोकारवालाहरु पनि यसप्रकारका तस्बीरले समाजमा विकृति फैलाइरहेको र यौनजन्य हिंसा तथा बलात्कार जस्ता घटना घटाउन जिम्मेवार भएको भन्छन्। क्षणिक चर्चा तथा आर्थिक लाभको लोभले समाजलाई ध्वंस्त बनाउने यस्ता विकृति उपर संचारकर्मी आफै सजक हुनुपर्ने उनीहरुको धारणा रहेको छ। प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।
s0j0ket0 · Nov 26, 2018 9:57 AM · 11,329 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion