अमेरिका आएर पनि अमेरिकन जिवन बाच्न नसकेका हामी नेपाली !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महेश भट्टराई २०७६ जेठ २१ गते २१:११ मा प्रकाशित नेपालमा छदा तिन पुस्ता लाई पुग्ने गरि पैसा कमाउनु नै जिवन सफलताको मापदन्ड हो भन्ने सोच र मान्यता बोकेर अमेरिका छिरेका हामीहरू यसैमा अलमलिएका छौ ! अर्को जड सोच पढाईका धेरै डिग्रीहरू थुपार्नु र आफै लाई ठुलो मानिस र सफलता ठान्नु हो । सामान्य पैसा र पढाई भएका अमेरिकनहरू पनि सफल खुशी साथ जिन्दगी बाचेका आफ्नै आखा अगाडि देख्दा पनि हामीहरूले आखा चिम्लिरहेका छौ । हप्तामा पाच दिन चालिस घन्टा काम गर्नु पर्नेमा सातै दिन हप्ता मै ८० घन्टा डब्बल काम गर्छौ । निक्कै मेहनति छौ हामीहरू ! घर, परिवार, खुशी, घुमघाम, जिवन सबै भुलेर अरबको खाडीमा केहि बर्षको लागि पैसा कमाउन गएको मानिसले जस्तै काम गर्दैछौ अमेरिकामा ! किन र के का लागि ? छोराछोरी १०+२ सम्म सरकारले फ्रि मा पढाई दिन्छ ।१६ बर्ष पुगे पछि नै आफ्नो पकेट मनीको लागि काम शुरू आफै गर्छन । ठिक्क काम गरे पछि निम्न आम्दानीमा कलेजमा स्कलरसिप । ब्याचलर सम्म फ्रि नै भयो । ब्याचलर गरे पछि कम्तिमा पनि ६०/७० हजार डलर जागिर हात पारि हाल्छन । आफ्नो खुट्टा उभिने भै हाल्छन फेरि के को टेन्सन । अमेरिकामा आएर पनि अझै पनि हाम्रो मानसिकता छोराछोरी लाई डाक्टर र इन्जिनियर मात्र बनाउने सपना देख्ने हो भने के भनौ ! मेरो देखाइ र बुझाईमा अमेरिका डाक्टर जिवन जस्तो ब्यस्त र दुखी जिवन अरूको छैन । नेपालमा सचिव, मन्त्रि, ब्यापारी उध्योगपति वा अरब पति बावुआमा भए पनि अमेरिकामा बिधार्थीहरूको संघर्ष र जिवनको कथा आफ्नै छ। काममा घन्टा हान्नेहरू घन्टा हानेर डलर गन्दैछन । ब्यापार गर्नेहरू रातोदिन मेहनत गरि अरु ब्यापार ब्यापार थप्दैछन । अमेरिकन जिवनको पाटो लाई बिर्को लगाएर राखिएको छ । एक सर्बे़क्षण अनुसार अमेरिकमा एक परिबारको लागि औसत आम्दानी ७५ हजार कमाएमा खुशी भएर बाच्न सकिन्छ । एक लाख भन्दा बढि कमाउने हरू पैसाकै ब्यबस्थापनमा जिन्दगीभर भौतारिरहेका हुन्छन । ठिक्क कमाउनेहरू नै जिवनमा मोजमस्ति गरि खुशी साथ बाचेका हुन्छन । अवशरको देशमा आएर पनि हामीहरू नया अवशर र खुशीको जिवन बाच्न सक्दैनौ र सिक्दैनौ भने नेपाल कै गाऊघरमा बसे भै हाल्यो नि । गाउघरमा घास दाउरा , गोवर सोत्तर र बारी खेत गरे जस्तै यहा पनि सधै भरि काम काम काम पैसा पैसा पैसा भनेर अमेरिकन खोल ओडेर पनि के को जिवन बाच्नु र ? देश, समय, अबस्था, आबस्यकता संगै हाम्रो सोच र ब्यबहारमा पनि परिबर्तन आबश्यक छ । भावीले लेखेको जिवन धेरै छोटो हुन सक्छ जहा छौ जे छ त्यसैमै हरेक पल हरेक क्षण खुशी संग बाच्न सिकौ ! https://www.enepalese.com/2019...

ktmpost · Jun 4, 2019 11:19 PM · 13,008 views

3 Replies

In general, Americans work very hard without vacation. Why America has become "the no-vacation nation'  https://www.forbes.com/sites/v... Last edited: 05-Jun-19 12:09 AM

lopchandai · Jun 5, 2019 12:06 AM

What is American life? Working 40 hours, partying on weekends and living paycheck to paycheck. You know more 60-70 % of Americans don’t even have a saving account and their checking account barely has 500-1000. Do you really know how hard they live? I’m here talking about so called Americans who makes 60-65K per year. I’m sure there are some who makes 6 figures. Anyways, we should not live by assuming other way if living. But I agree OP article, we need to learn to enjoy life. Their is a American motto. ‘ Work Hard, Play Hard’, Work 80 hrs, have some saving because God knows when u will Be out of jobs or house or car be taken off you. Also, at the same time schedule a yearly vacation with family, take kids to Zoo, go hiking and do other fun activities.

Rockb · Jun 5, 2019 7:44 AM

घण्टा हान्ने संग के को ऋस, श्रम को मूल्य र मान्यता भएको देशमा काम गरेर खाएका छन् गर्ब गर्नु पर्ने मा छुद्रता भनौ वा टेबुलमा बसेर गरिने काम मात्र ले ठुलो मान्छे हुने मान्यता बाट अलग शोच बनाउन असमर्थ Typical नेपाली मानसिकता बाट ग्रसित व्यक्ति हुनु पर्छ | चोरि चकारी , छल कपट , चण्डाल दिमाग बाट सर्ब सामान्यलाई दुख दिदै कमाउने चलन र प्रबृत्ति लाइ सामाजिक चरित्र ठान्ने अनि तेस्लाई मान्यता दिने मात्र नभएर आफु पनि संलग्न हुने दिमागी व्यक्तित्व बोकेका व्यक्तिको लेखाइ हो जस्तो लाग्यो | १२ कक्षा सम्म ट्युसन तिर्नु पर्दैन भन्दैमा दाना पानि अरुले भरि दिदैंन , निम्न काम गरे पछि न्यून आम्दानिमा पर्ने भए पछि : सबै फ्री ? हा हा , गलत अफाह फैलाउन तिमीलाई लाज लागेन ? तिमीले भने झैँ हुने भए आज बिस्वमा सबै भन्दा बढी कलेज डिग्री लिने देश मा अमेरिका पर्नु पर्ने हो तर छैटौ मा पर्छ | काला र ळ्याटिना हरु किन कम कलेज डिग्री लिएका छन् ? त्यो बारेमा लेखको भनाई के छ ? फुल scholarship पाए पछि पनि चार बर्सको पढाइ सिध्याउन लाइ अर्को ४० - ५० हजार ऋण बोक्नु पर्ने कुरा तिम्रो मानसपटलमा आयो कि आएन ? औसत पढाइ ऋण ३७१७२ छ | छोटो लेखाईमा : मुख छ भन्दै मा छाडा कुरा बोल्न हुदैन अनि कलम चल्छ भन्दैमा भ्रमात्मक मात्र हैन छुद्रता युक्त कुरा लेखि पाठकलाई गलत् खुराक प्रदान गर्नु ट्रंप मार्का कुरा हुन् | Last edited: 06-Jun-19 10:42 AM

Logan · Jun 5, 2019 10:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion