९ हजार नेपालीले अमेरिकाको ग्रिनकार्ड पाउन सक्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

९ हजार नेपालीले अमेरिकाको ग्रिनकार्ड पाउन सक्ने शिबहरी खतिवडा २०७६ जेठ २२ गते १२:३९ मा प्रकाशित बाल्टिमोर/अमेरिका । नेपालमा वि.सं. २०७२ को विनासकारी महाभूकम्पपछि अमेरिकामा रहेका अस्थायी बसोबार अनुमति (टिपिएस) पाएका करिब ९ हजार नेपालीले अमेरिका स्थायी बसोबासको सुविधा (ग्रिन कार्ड) पाउने संभावना बढेको छ । यसअघि निकै अन्यौलता रहेको विषयमा मंगलबार यहाँको संसदको तल्लो सदन (प्रतिनिधिसभा)ले टीपीएसबाहकलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विधयेक पारित गरेसँगै अमेरिकामा रहेका नेपालीसहित टिपिएस बाहकको ग्रिनकार्ड तथा अमेरिकी नागरिकता पाउने संभावना बढेको हो । तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)ले बाल्यकालमा अमेरिका आएका र अस्थायी बसोबास अनुमति (टिपिएस) भएका अमेरिकाभरीका करिव २० लाख आप्रवासीलाई स्थायी बसोबास अनुमति ग्रिनकार्ड हुँदै नागरिकता दिने सम्बन्धि विधेयक मंगलबार पारित भएको गरेकोसँगै यसका अभियान्ताह?ले खुसीयाली बनाएका छन् । टिपिएसबाहकलाई स्थायी बसोबासको व्यवस्थाको लागि वकालत गर्दै आएको नेपालीको संस्था ‘अधिकार’ले मंगलबार वासिंटन डिसीमा रहेको प्रतिनिधि सभा भवन नजिकै कार्यक्रमको आयोजनागरी खुसीयाली बनाएको छ । केही नेपालीह?ले उक्त भोटिङको प्रत्यक्ष अवलोकन समेत गरेका थिए । तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदन र राष्ट्रपतिले प्रमाणित गरेपछि मात्रै यो विधेयक कार्यान्वयनमा आउने छ । अमेरिकन ड्रिम एण्ड प्रोमीस एक्ट अफ २०१९ नाम दिइएको उक्त विधेयकमा दुईसय ३७ र विपक्षमा एकसय ८७ मत खसेको थियो । द न्यूयोर्क टाइम्सले जनाएअनुसार डेमोक्र्याट पार्टीको बहुमत रहेको प्रतिनिधिसभामा केही रिपब्लिकन पार्टीका सांसदले पनि यो विषयको पक्षमा मतदान गरेका थिए । बाल्यकालमा अमेरिका आएकालाई पूर्व राष्ट्रपति ओबामाले वर्क परमिट दिएका थिए । तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मै उक्त अधिकार कटौती गरेपछि मुद्दा अदालतमा पुगेको थियो । उक्त विषयमा हालसम्म पनि मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । नेपालीको संस्था अधिकारले जानकारी दिएअनुसार ड्रिम एण्ड प्रोमीस एक्ट अफ २०१९ मा केही दिनमा सिनेटमा मतदान हुनेछ । रिपब्लिकनको बहुमत रहेको सिनेटबाट हुने विषयमा केही आशंका रहेपनि आफूहरु आसावादी रहेको अधिकारले मंगलबार जारी वक्तव्यमा भनिएको छ । अधिकारको अनुसार अमेरिकामा करिव ९ हजार नेपाली टिपिएसबाहक छन् । टिपिएसको म्याद सन् २०२० को मार्च २४ मा सकिने छ । गत मार्चमा डेमोक्र्याट पार्टीका सांसदले यो विषय संसदमा प्रवेश गराएका थिए । अमेरिकामा रहेका मुख्य २ राजनीतिक दल डेमोक्र्याटिक र रिपब्लिकनमा डेमोक्र्याटिकलाई आप्रवासीको विषयमा उदार तथा रिपब्लिकन पार्टीलाई अनुदार दलको रुपमा हेरिँदै आएको छ । हालका राष्ट्रपति रिपश्लिकन पार्टीको तर्फबाट निर्वाचित राष्ट्रपति हुन् । उनी आप्रवासीको विषयमा पहिलेदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । https://clickmandu.com/2019/06...

ktmpost · Jun 5, 2019 10:32 AM · 2,744 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion