काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए । करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो । त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् । मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो । उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए । https://ratopati.com/story/905...
ktmpost · Jun 13, 2019 11:34 AM · 2,377 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion