काठमाडौं– नेपाली कला क्षेत्रमा महिलाको चरित्रचित्रण कमजोर सुनिँदै र देखिँदै आएको पहिल्यैदेखि हो। बेलाबखत यसमाथि चर्को आवाज नउठ्ने पनि होइन, तैपनि सुधार देखिँदैन। अहिले बजारमा आर्जन पाण्डेले गाएको एउटा गीत ‘चर्चित’ छ। चर्चाको कारणचाहिँ गीत राम्रो भएर होइन, महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएर हो। ६ दिनअघि युट्युबमा रिलिज भएको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले संगीतवृत्तमा समेत ठूलो आलोचना भइरहेको छ। आलोचनामा आम दर्शक/स्रोतामात्रै उत्रिएका छैनन्, संगीतकर्मी र कलाकारले पनि विरोध जनाइरहेका छन्। गीतमा महिलालाई निकै होच्याइएको छ। गीतमा गायक आर्जन स्वयं मोडल छन्। विडम्बना त के छ भने आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी रीमा विश्वकर्माले समेत अभिनय गरेकी छिन्। गीतको भिडियोमा रीमालाई देखेपछि आर्जन गाउँछन् : ‘प्रतीकलाई गएर सोधेँ मैले– यार, त्यो केटी लास्ट मनपर्यो,पट्याइदिऊँ कि क्या हो’प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो– पट्याइदेन्त, आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’ गीतमा महिलामाथिको मजाक यतिमै सीमित छैन। पार्टीमा श्रीमान्सँग आएकी युवती रोलेक्स घडीको लोभमा आफूसँग नाच्न आएको भावसमेत गीतमा छ। महिलाको चरित्रलाई पूरै अपमानजनक ढंगले प्रस्तुत गरिएको गीतमा पुरुष मोडल आर्जन गाउँछन् : ‘गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदैककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउँदैचुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँहातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली।’ गीतको लिरिक्सलाई लिएर युट्युबका अधिकांश दर्शकले गाली गरेर प्रतिक्रिया दिएका छन्। प्रियंका भुसालले लेखेकी छिन्, ‘के हो यस्तो लिरिक्स अनि के हो त्यो घाँटीभन्दा तल राम्री भनेको? एकदमै नराम्रो लिरिक्स, जसले केटीहरुप्रति गायकको नजर प्रस्ट पार्छ।’ त्यस्तै पद्मा पौडेलले लेखेकी छन्, ‘गीतले सेक्सुअल ह्यारेस्मेन्टलाई प्रोत्साहन गरेको छ।’ विरोध युट्युबमा मात्रै सीमित छैन। फिल्मकर्मीको फेसबुक वालमा समेत आक्रामक रुपमा पोखिँदैछ। कलाकार निर्मल शर्माले यो गीत आफ्नो छोराले नगाइदिओस् भनेर भगवान्सँग कामना गरेका छन्। उनले लेखेका छन्, 'म महिलाहरुलाई ३३ प्रतिशत होइन, ५० प्रतिशत नै बराबर हुनुपर्छ भन्ने पक्षमा छु। महिला हिंसाको विरोधमा आवाज उठाउनेहरुको कानसम्म पुगोस् यो गीत।’ गीत सुनेपछि गायिका आस्था राउतले आक्रोशित हुँदै प्रश्न गरेकी छिन्, ‘फेरि छोरी मान्छेलाई नै नराम्रो बनाएर यो के तालको गीत निकालेको होला, राम राम राम। के यो हिट हुने निन्जा टेक्निक हो?’ उनको आक्रोश यतिमै सीमित छैन। उनको थप टिप्पणी छ, ‘यो लेख्ने र गाउनेको तलदेखि माथिसम्म केही पनि गतिलो रहेनछ। सबैभन्दा खत्तम त सोच नै हो। सोच गतिलो भएको भए, छोरी मान्छेलाई हेर्ने एंगल गतिलो भएको भए, यस्तो घटिया गीत हेर्न/सुन्न पर्थेन होला। यो एकदमै भद्दा भयो। केटीलाई सेक्सको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर साह्रै चिन्ता लाग्यो।’ गीतमाथि आलोचना बढेपछि नेपाल लाइभले गीतकी मोडल रीमालाई सम्पर्क गरेको थियो। गीतमा मोडलिङ गर्नुको अन्तर्यबारे बुझ्दा उलने आफू हाल सुटिङ सेटमा व्यस्त रहेको भन्दै टारिन् । गीत–संगीत भनेको सिर्जनात्मक विधा हो। मनोरन्जनको माध्यम पनि। तर, मनोरन्जनका नाममा यसरी महिला पात्रको मजाक उडाउनु या होच्याउनु, के कुनै सिर्जनात्मक विधाको धर्म हो? प्रश्न आवश्यक छ। यस्तो छ पूरा गीतको शब्दःपार्टीमा भेटे उसलाईओठ तल पियर्सिङबूढासँग नाच्दै थिई ऊ, बि–बोइङ एन्ड हिप सेकिङ गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदैककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउदैचुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँहातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली प्रतीकलाई गएर सोधेँ मैले‘यार त्यो केटी लास्ट मनपर्यो,पट्याइदिऊँ कि क्या हो’ प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो- पट्याइदेन्त, आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’घाँटीभन्दा तल त राम्री नै छे... घर पुगेँ काने फुसुफुस हानेँ उसको नम्बरमात्यसपछि स्काइप र च्याट हुन्थ्यो अन्तरजालमाआवाज सुन्दै भैंसीजस्ती फोटोसप हान्छे कम्मरमामुख छाड्ने केटी कस्ती आइपुग्यो मेरो खप्परमा चारपाँच रै'छन् बूढा अरु, मस्किन्छे छैटौंसँग बाइकमा आँखा लाई कि क्या हो, भन्छे बूढा जाऊँ न घुम्न प्रतीकलाई गएर फेरि सोधेँ मैले-यार, बोर गरिसकी, र्याक गरिसकी, ब्रेकअप दिऊँ कि क्या हो प्रतीकले यसो हेरेर भन्यो, ‘हैट।’घाँटीभन्दा तल त राम्री नै छे। https://www.youtube.com/watch?... https://nepallive.com/story/11... Last edited: 30-Jul-19 09:57 AM
ktmpost · Jul 30, 2019 9:22 AM · 9,282 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion