रवि लामिछाने पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ। लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। ‘लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले सेतोपाटीसँग भने, ‘अहिलेलाई यति नै भनौं।’ उनले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको बताए पनि विस्तृत खुलाएनन्। माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

itiahariko · Aug 15, 2019 10:01 AM · 12,054 views

7 Replies

He is not arrested yet. There is a clear difference between getting arrested and getting investigation...naam chor!!

itahariko · Aug 15, 2019 10:54 AM

Not arrested yet. There is a clear difference in getting arrested and investigated...naam chor!!

itahariko · Aug 15, 2019 11:00 AM

He is not arrested yet. There is clear difference between getting arrested and brought in for investigation...naam chor

itahariko · Aug 15, 2019 11:12 AM

itiahariko · Aug 15, 2019 11:20 AM

itiahariko · Aug 15, 2019 1:01 PM

itiahariko · Aug 15, 2019 1:05 PM

nice Last edited: 15-Aug-19 01:06 PM

RoxyNepal · Aug 15, 2019 1:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion