Jujube Fruit नेपालीमा के नामले चिनिनछ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसो हेर्दा सतिबयर जस्तो लाग्छ | अनलाइन उल्था " ख्वर्पानि" भनेको छ यो चै काठमाण्डौलि बोलचालमा हो कि ? ठ्याक्क मिल्ने नाम के हो ?

logan · Sep 19, 2019 10:05 PM · 18,912 views

5 Replies

पूर्वतिर पाइने रुख बयर Ziziphus jujuba हो. तमोर-अरुण क्षेत्रमा सतिबयर अर्कैलाइ भन्छन, अङ्ग्रेजी नाम थाहा भएन.

_ · Sep 19, 2019 11:49 PM

बयर जातिमै पर्छ , चिनिया जातिमा चै रातो हुनाले रेड डेट भनि बेच्दा रहेछन | एक जनाले जुजुबे खाएर इन्सुलिन लिनु नपर्ने बनाए  भनेको हुनाले हाम्रो नेपाल तिर के भन्दो रहेछ | आज भोलि मधुमेह नहुने घर नै छैनन् ,  स्तानिय फलफुल को पर्योग अनि तेस्को भनाइमा सत्यता छ  छैन बुझ्न मन लागेको ले खोजि नीति तिर लागेको हु | Last edited: 20-Sep-19 07:39 AM

Logan · Sep 20, 2019 7:16 AM

सुगर घटाउन केहि सहयोग होला पनि, तर बयर खाएर इन्सुलिन नै लिनु नै नपर्ने गरी सुधार हुने भए बिलियनौ डलर रिसर्चमा खर्च गर्नेले उहिले नै थाहा पाइसक्ने थिए. प्रयोग गरेर हेरौं, चिट्ठा परे नोबेल प्राइज कै दावेदार भइएला, तर भर पटक्कै नपरौं। लौकाको जुस र पतंजली को गहुँत खाए डायलाइसिस गर्नु पर्दैन भन्नेहरू धेरै परमधाम पुगेका छन्।

_ · Sep 20, 2019 11:49 AM

भन्नेले भनिदियो , सुन्ने ले सतप्रतिसत बिस्वास गरेर होईन प्रयोगात्म्क रुपमा लिन खोजेको र नेपालमा के नामले चिनिन्छ बुझन खोजेको हु | खादै गरेको औसधि छोडेर रेड डेट कै पछि लागि हाल्ने  महाविद्वानमा परिदैन र बाउ बाजे लाइ भेट्न हतार पनि गरिदैन | Last edited: 22-Sep-19 08:35 AM

Logan · Sep 20, 2019 8:34 PM

https://youtu.be/KUeGNGdyaVk

AdrianDaju · Sep 22, 2019 1:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion