कन्निका छुटे पछि सोनिका संग पारस?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पारसको बाघ आचरण केहि समय अघि विमानस्थलमा पुर्व युवराज पारसले प्रहरीले उनका छोरा र भान्जालाई चेकजाँच गर्न खोज्दा प्रहरिमाथि दुव्र्यवहारको बारेमा खुवै चर्चा भएको थियो । उनले छोरा हृदयन्द्रको अनुहारमा प्रहरीको डण्डा देखेपछि होश गुमाएको भन्दै समाजिक संजालमार्फत बताए पनि। यसै सन्धर्वमा एक चर्चित मोडल सोनिका रोकाया पारसलाइ ‘बाघ’ भन्दै पारसको अंगालोमा रहेको एक फोटो सार्वजनिक गरिन । सोनिकाले फेसबुकमा लेखेकी थिइन, ‘बाघ जहिले नि बाघ नै हुन्छ, जहाँ पनि गर्जने क्षमता राख्छ। बिरालो सम्झेर बाघलाई जिस्क्याउने चेष्टा नगरे हुन्छ।’ सोनिका रोकायाले लेखेको कुरा भन्दा पनि उनले शेयर गरेको फोटोको कारणले सोनिका र पारसको चर्चा हुन थालेको छ। त्यसको केहि समय अघि सोनिकाले दरवारमार्गमा खोलेको एक रेष्टुरेन्टमा पारस एक पुगेका थिए। त्यसपछि यि दुइ नजिकिएको देखिन्छ। पारस रेस्टुरेन्ट जाँदा सोनिकाले सारिमा सजिएर उनको स्वागत गरेकि थिइन। त्यसपछि उनले शेयर गरेको फोटोमा उनि अर्कै पहिरनमा देखिएकि छिन भने सोनिका पारसको अंगालोमा मुस्कुराइरहेकि छिन । बेलाबेलामा बिभिन्न बिवादमा आइरहने पारस यस अघि एक थाइ युवतिको प्रेममा थिए। उनि ४ बर्ष अघि सन २०१५ मा नेपाल फर्केदेखि उनका पिता ज्ञानेन्द्रले घर आउन दिएका छैनन। उनको श्रिमति हिमानिसंग सम्बन्ध सुध्रन पनि सकेको छैन। केहि दिन अघि मात्रै उनि बसन्तपुर क्षेत्रका मठमन्दिरको पूजाका क्रममा उनि नशामा झुमिरहेको देखिएको थियो । बसन्तपुरको कुमारी, काल भैरवलगायतका मन्दिरमा हुने विशेष कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डमा रहेको कारणले पारसलाइ बोलाइएको थियो । उनि नशामा आए पनि उनले कुमारी, काल भैरव मन्दिरमा पुजाआजा भने गरेका थिए। पारसको आचरणको बारेमा कमेन्ट गर्नुहोला। धन्यवाद । (यो स्क्रिप्ट निम्न भिडियो बनाउनको लागि लेखिएको हो। :) https://www.youtube.com/watch?...

AnandNepal · Sep 20, 2019 12:03 PM · 24,030 views

13 Replies

यसै सन्धर्वमा यो प्रेम कथा पनि चाखलाग्दो हुन सक्छ https://www.youtube.com/watch?... अनि बायोग्राफि https://www.youtube.com/watch?... अनि हिमानिको बायोग्राफि https://www.youtube.com/watch?... अनि कन्निकाको बायोग्राफि https://www.youtube.com/watch?...

AnandNepal · Sep 20, 2019 8:05 PM

*** यो लेख निम्न भिडियो बनाउनको लागि लेखिएको स्क्रिप्ट हो *** सप्रिन लागेका पारस फेरि किन उद्दण्ड भए? कसले उद्दण्ड बनायो ?* - थाइल्यान्डमा पुर्व युवराज पारस - लागुऔषध केसमा चार पटक पक्राउ परे - एक पटक गम्भिर बिरामि भएर हप्तौं सम्म बेहोस भए - तर, भाग्यले बाँचे - लागुऔषधको लत र गम्भिर बिरामिको कारणले बिजोग देखिएका पारस त्यसपछि सन २०१५ मा नेपाल फर्के । नेपाल फर्के पछि उनको उद्दण्ड स्वभाव मा नियंत्रण भएको थियो । उनि मठ मन्दिर जाँदै गरेको, परिवारसँग भेटघाट गरेको देखिन्थ्यो। बेलाबेलामा पारसको परिवारसंग सम्बन्ध सुध्रेको समाचार पनि आउँथे। तर,नेपाल फर्के पछि पनि उनलाइ उनका पिताले निर्मल निवास प्रवेश दिएका थिएनन। अहिले सम्म पनि उनि घर फर्कन पाएका छैनन। थाइल्यान्ड बसाइका क्रममा उनको थाइ युवतिसंगको अफेयर्सको कारणले उनको श्रिमति हिमानि शाहसँग उनको सम्बन्ध पनि सुध्रन सकेन । उनि छोराछोरिसँग नजिक भएको र संगै घुम्न गएका तस्बिरहरु पनि सार्वजनिक भएका थिए। पारसमा अभिभावत्व्कको दायित्वबोध भएको जस्तो देखिएको थियो। उनि साँच्चिकै सुध्रे कि भन्ने आशा पलाएको थियो। .... .... .... - अब प्रश्न उठछ के पारस बिग्रनुमा उनकै गल्ति छ र? उनले सुध्रने प्रयास गरेकै जस्तो देखिन्छ। - देश फर्केर आएको छोरा पारसलाइ घर भित्रै बस्न नदिने आमा बाबु को गल्ति नहोला? - प्रेमिकालाइ छोडेर फर्केका पारस बाट तर्केरै हिडिरहेकि श्रिमति हिमानिको पनि गल्ति नहोला र ? - अनि, दुबै छोरिहरुलाइ पढनको लागि थाइल्याण्ड लगिनुको पनि कुनै हात छ कि ? पारसलाइ कसैले माया नगरेको, सबैले एक्ल्याएर नै उनि उद्दण्ड भएका त होइनन ? https://www.youtube.com/watch?...

AnandNepal · Sep 25, 2019 12:37 PM

अपडेट : https://www.youtube.com/watch?...

AnandNepal · Oct 15, 2019 1:51 PM

सोनिका संग पारस, पारससंग सोनिका।

Keyser Söze · Oct 15, 2019 1:59 PM

;) @Kyser Soze UPDATE: पारसको भनाइ - म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन मोडल तथा युट्युबर सोनिका रोकायासँगको सम्बन्धका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहलाइ खबरहब अनलाइनले सम्पर्क गरेको बताएको छ। सो अनलाइन् संग भएको संक्षिप्त कुराकानीमा पारसले आँफु स्वतन्त्र नागरिक भएको ले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताएका छन। तेस्तै, उनले आफू राजा हुने आशक्तिको मानिस नभएको पनि बताएका छन् । तेस्तै सोनिका रोकाया लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे गरिएको प्रश्नको जवाफमा पारसले ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ भनेर उल्टो प्रतिप्रश्न गरेका छन । तेस्तै उनले आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको बताएका छन। पारसको भनाइ भन्दै खवरहब लेख्छ ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु। म साधुको जस्तो जीवनशैली बिताउँछु ।’ निर्मल निवासमा प्रबेश नदिइएको बारेमा गरिएको प्रश्नमा उनले आँफु निर्मल निवासमा नभएर छुट्टै अपार्टमेन्टमा बसिरहेको पनि बताएका छन उनले भनेका छन,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’ शक्ति आशक्ति नभएको बारेमा पारसले भनेका छन,‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पारसको जीवनशैली र व्यवहारबारे भै रहेका कुरा बारे उनि भन्छन : ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु, लुकाउन के जरुरी छ र !’ आजकल पारस पूर्वीय दर्शनको अध्ययनमा लागेका छन रे - उनि भन्छन ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु, म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’ तेस्तै पारस संगको सम्बन्धको बारेमा सोनिकाले उनि र पारस तीन महिनादेखि नजिक रहेको बताएकि छिन । सोनिकाले पारससंग उनको सम्बन्ध एक अभिभावक जस्तै भएको प्रतिक्रिया दिएकी छिन् । https://www.youtube.com/watch?...

AnandNepal · Oct 17, 2019 10:07 PM

(स्क्रिप्ट लेखिसकेर पनि .... भिडियो अति धेरै भो जस्तो लाग्यो -- यो बारेमा चर्चा गर्न मन लागेन। २-४ दिन पछि बनाउँला भिडियो। ) पूर्व युवराज पारस भन्छन: म राजा हुन जन्मिएको हैन !! दशैंको टीका लगाएपछि रिफ्रेश हुन पोखरा आइपुगेका पूर्व युवराज पारस शाहले ‘म राजा हुन जन्मिएको हैन, र, राजशी शैलीमा बाँच्ने मेरो कुनै चाह छैन ।’ भनेका छन। पारसले चिनी बढी हालेर कालो चिया पिउँदै हुक्का आँफुले मृत्युलाई निकै नै नजिकबाट नियालेको अनुभव साट्दै थिए । सन २०१४ मा पारस थाइल्याण्डमा हृदयघात भएर हप्तौं बेहोस भएका थिए। बाँच्ने आशै मारिइसकेका पारसले नवजिवन पाए। तेस्तै आँफ्नो परिवारले राजगद्धि नै त्यागेको सम्झँदै पारसले नेपाली जनताले चाहेमा उनले जुनसुकै त्याग गर्न सक्ने बताएका थिए। सुख के हो ? भन्ने कुरा आँफुलाइ निकै नै राम्रो संग थाह भएको जस्तै दुख के हो भन्ने पनि उनले त्यति नै राम्रो संग भोगेका बताउँछन । उनले ‘समय नै दुःखको मल्हम हो’ भन्दै आफूलाई सम्हाल्न आध्यात्मिक संसारको सहारा लिएको र त्यसले उनलाइ नयाँ जिवन दिएको पारसको अनुभव रहेको छ । अंग्रेजि अक्षर A for एप्पलबाट सुरु भइ Z for जेब्रामा अन्त्य हुने । तर, हाम्रो क कलमबाट शुरु भई ज्ञ अर्थात ज्ञानिमा अन्त्य हुन्छ रे - तेसैले अंग्रेजि नपढौं नेपालि पढौं भन्छन पारस।

AnandNepal · Oct 18, 2019 5:07 PM

No ones stays same. Growing ages teaches lesson to everyone.

Keyser Söze · Oct 18, 2019 5:13 PM

Yes @Keysar Soze ... Both Paras and Sonica told that they have changed now ... I can't help discussing their statement! It's really interesting how he compares ABCD with कखगघ .. And, the "अब गल्ति हुँदैन ..." भिडियो नेपालमा ५-६ मा ट्रेंडिंग भै रहेको रहेछ । नेपालमा अहिले सोनिका र पारस पो पपुलर हुने भए ! अपडेट भिडियो: https://www.youtube.com/watch?...

AnandNepal · Oct 20, 2019 6:51 AM

‘हो म उहाँसँग नजिक भा’छु तर अफेयर चैँ हैन’ सोमबार, ०४ कार्तिक २०७६, ११ : ४९ |  शुक्रवार पूर्व युवराज पारससँगको कस्तो सम्बन्ध हो ?कोहीसँग बोल्दैमा, भेट्दैमा ऊसँग हाँस्दैमा हाम्रो समाजले नराम्रो सोच्छ तर अहिले त हामी एडभान्स भइसक्यौँ नि ! के सही हो, के गलत हो भन्ने छुट्याउन सक्छौँ। हाम्रो सम्बन्धको कुरा हल्ला मात्रै हो तर म उहाँसँग नजिक भा’छु। कहिलेदेखि चिनजान हो दुवैको ?लिक्विड लाउन्जको ओपेनिङमा उहाँलाई निमन्त्रणा पठाएकी थिएँ। उहाँ आउनु पनि भयो। त्यसपछि हाम्रो चिनजान भएको हो। मेरो खुला किसिमको व्यवहार देखेर मलाई उहाँले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिनुभयो। इन्टरटेन्मेन्टका लागि तिमीले लेभल मिलाएर काम गरिरा’छौ भनेर सुझाव दिने मान्छे उहाँ मात्रै हो। त्यस्तो मान्छेलाई मैले बेलाबखत किन नभेटूँ ? मेरो राम्रो कुरालाई नेपाली मिडियाले कहिल्यै राम्रो भनेर कभर गरेन। मैले केही न केही त राम्रो गरेँ होला नि ! मैले भारतका चर्चित कमेडियन कपिल शर्माको अन्तर्वार्ता लिएँ तर त्यसको प्रशंसा कसैले गरेन। बरु एक पत्रकारले कपिलसँग सांस्कृतिक कार्यक्रम भयो होइन त भनेर मलाई फोन गरे। अब मैले कपिल शर्मासँग सेक्स गरेर इन्टरभ्यु लिएको भनिदिने ? मैले के भन्ने त्यस्तालाई ! मलाई रिस भने उठ्दैन। मलाई जस्तालाई त्यस्तै हुन मन लाग्छ। हो, सांस्कृतिक कार्यक्रम गरेर आएँ भनिदिएँ। मेरो सकारात्मक पक्षबारे कसैलाई पर्वाह छैन। कसैले मलाई गाइड गरेन। अब अहिले पारसलाई लिएर यसरी नचाहिने कुरा गर्नेलाई मैले के भन्ने ? त्यो भाइरल भएको टिकटक नि ?हामी रेस्टुराँमा चिसो पिएर बस्दै थियौं। निस्कने बेलामा बाहिर राजावादीहरुसँग उहाँको भेट भएछ। यो वादी त्यो वादी भन्दै कुरा गर्न थालेछन्। उहाँले यो वादी त्यो वादी नभनौं हामी सबै नेपाली हौँ भनेर भन्नुभएछ। अब उहाँको बोल्ने तरिका त्यस्तै हो। म रेस्टुराँबाट बिल तिरेर बाहिर आएँ। अब को क्यामरा तेस्र्याएर बसेको छ, त्यो त मलाई थाहा हुँदैन। म आफ्नो तालमा आएँ–गएँ। भरे त उहाँले बोल्नु भएको कुरा भाइरल पो भइसकेछ। आफैंले होटल रुममा बसेर ‘दिल खोलेर भन्न पो भा छैन, तर कल्लाई थाहा छैन’ भन्दै टिकटक पनि बनाउनु भयो। यसले दुवैबीच साथी भन्दा नजिक भएको देखायो नि त !मलाई जहिले पनि नराम्रो कुरामा मात्र हाइलाइट गरियो। उहाँलाई पनि त्यस्तै गरियो। उहाँ देशका लागि जति चिन्ता गर्नुहुन्छ, त्यति त कसैले पनि गर्दैन। हामी नेपाली हौं, हामीले पश्चिमा संस्कृति पछ्याउनु हुँदैन भन्ने कुरा उहाँले मलाई सिकाउनु भयो। यस्तो कुरा मलाई पहिला थाहै थिएन। उहाँसँग यस्ता कुरा सिक्न जान्छु म। उहाँले मलाई सिकाइरहनु भएको छ। जुन कुरा मैले अभिभावकबाट, परिवार, स्कुल अनि समाजबाट पाइनँ। अहिले एउटा नेपाली भएर देश बचाउन के गर्नुपर्छ भन्ने कुरा मैले सिकेकी छु। किनभने उहाँ त राजा हो नि त ! उहाँ त देशलाई धेरै माया गर्नुहुन्छ। मलाई मात्र होइन अरु लेडिजलाई पनि भेट्नुहुन्छ अनि यसरी नै सिकाउनुहुन्छ। तर अफेयर होइन। त्यो टिकटक नि ?सम्बन्ध नै हुन्थ्यो भने त लुकिछिपी नै राख्थ्यौँ होला। टिकटक बनाउँदिन थिएँ होला। फोटो पनि सार्वजनिक गर्दिन थिएँ होला। मलाई डर नै छैन के ! तर यसरी बाहिर उहाँसँग नाम जोडेर आलोचना गर्दा मन दुख्छ। मलाई यो समाजले मुटु नै नभएको जस्तो बनाइदिएको छ। उहाँलाई सधैँ यो खायो, केटी खेलायो भनेर आलोचना गरियो। हिमानीसँग सम्बन्धमा समस्या आइरहेको छ। मैले उहाँलाई हिमानीसँग राम्रो सम्बन्ध बनाउनुस् भनेर सम्झाइरहेकी हुन्छु। उहाँहरु सम्बन्धमा राम्रो हुनुहुन्छ। मिडियाले नै नराम्रो बनाइदियो। पोखरा डेटमा गएको हैन त ?अब जे कुरा सम्भव नै छैन, त्यो सुन्दा हाँस उठ्छ। म उहाँलाई आदर गर्छु, त्यति मात्र हो अनि म पोखरा उहाँसँग आएको पनि हैन। दिदी भेनाजुकोमा छु। के कुरा मिल्यो त दुवैजनाको ?मिडियाले उहाँलाई नराम्रो चरित्रको देखायो। मलाई पनि नराम्रो नै देखायो। उहाँ र मेरो कुरा मिलेको छ। उहाँ र मेरो कथा मिलेको छ। उहाँले मलाई जसरी अहिले गाइड गरिरहनु भएको छ, यदि परिवर्तन आउँछ भने त्यो उहाँकै कारण हुन्छ। हामी एक अर्कालाई एकदमै आदर गर्छौं। मेरो नकारात्मक पक्षलाई स्वीकारेर उहाँले मलाई साथी बनाउनु भएको छ। म त नेपाली मिडियाको अनुसार त सबैभन्दा घिनलाग्दो मान्छे हुँ नि त। तर उहाँले मसँग किन बोल्न थाल्नु भयो ? उहाँमा कुनै नकारात्मकता छैन। हामी असल साथी हौँ। भेटघाट कसरी बढ्यो ?लिक्विड लाउन्जमा भेटेदेखि नै भेटघाट भएको हो। बीचबीचमा भेट्न थाल्यौँ। उहाँ लिक्विड पनि आउनु हुन्थ्यो। हप्तामा भेट भइरहन्छ।

AnandNepal · Oct 22, 2019 5:29 PM

पारसको बानीले छोराछोरी पनि टाढिए कि छोरा छोरिलाइ टाढा बनाइयो ? असोज २४ (शुक्रवार) - पोखरा टेम्पल ट्रि रुम ६८ Check-in असोज २५ - होटलमा नै बिताएको असोज २६ - त्रिसरा लाउन्ज असोज २७ - डुंगा रेस्ट्रो एण्ड लाउन्ज कार्तिक १ सम्म होटल बुक एक अनलाइन पत्रिका खवरहबले "पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…! " शिर्शकको समाचार प्रकाशित गरेको छ। त्यस्मा पारस शाहको आनीबानीले उनका परिवारका सदस्यहरु आजित बनेको बताइएको छ । लेखिए अनुसार - "पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छवि लोकप्रिय बनिरहेका बेला पारसको उदण्ड स्वभावले उनीहरुलाई पनि असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार रहेको छ।" त्यहि समयमा अर्को तिर पारसले भने ‘मलाई राजा बन्नु छैन" भनिरहेका छन । पोखरामा मोटरसाइकलमा यात्रा गरिरहेको र सर्वसाधारणसंग घुलमिल गरिरहेका पारसले "मोटरसाइकलमा हिँड्दा के को लाज ?" भन्दै गरेका मिडिया रिपोर्ट आइरहेका छन । तेस्तै उनले, ‘म राजा बन्दिनँ, अब साधु बन्छु’भन्दै जोगी जीवन बिताइ र्हएको दाबी पनि गरिरहेका छन् । पहिला भन्दा अहिले सर्वसाधारण नेपालिको लागि त पारसमा आएको यस्तो चेतले राम्रो प्रभाव पारिरहेको छ। उनि शालिन हुन लागेको हो कि भन्ने आशा जागेको छ - तर, यहि ब्यबहारलाइ पुर्व राज परिवार्ले भने उनको "उदण्ड" शैली" माने छ । पुर्वराजकुमारले जोगि बन्छु भन्नुलाइ सहज रुपमा नलिइएको सो समाचारमा उल्लेख गरिएको छ । पुर्वराजपरिवारको बारेमा खवर हबले स्रोतले बताएको भन्दै भनिएको छ "उनीहरु आजित बनेका हुन् । उनीहरु चिन्तित पनि त्यत्तिकै छन् । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर छोराछोरीलाई अलग राखिएको छ।" यसरि पुर्वराजपरिवरलाइ पारसको विगतले भन्दा वर्तमानले झन पिरोलेको रहेछ । उनि सप्रिएको नभएर झन बर्बादीतिर पो धकिलिन थाले भन्दै भन्दै उनका परिवारका सदस्यहरुलाई पारसबाट झन टाढिन थालेका रहेछन । पारसलाइ झन झन एक्ल्याइएको रहेछ। लामो समय थाइल्याण्ड गएर बसेका पारसले त्यहाँको कानुन उलंघन गरेको हुनाले अहिले उनि थाइल्याण्ड जान पनि पाउँदैनन। थाइल्याण्डमा हुँदा पारस एक थाइ युवति कन्निकासंग बस्ने गर्दथे । उनि ४ बर्ष अघि नेपाल फर्केपछि उनको थाइ प्रेमिकासंगको सम्बन्ध पनि टुटेको छ । पछिल्लो पटक पारसको सोनिका रोकायासँग बढेको हिमचिमलाइ पनि राजावादिहरुले मन पराएका छैनन । अझ पारस त राजावादि भन्ने कुरै नभएको दावि गर्छन । उनले राजसंस्थाप्रति सहानुभूतिराख्नेहरुको पनि साथ छोडेको धेरैको बिष्लेषण छ । पारसको यस्तो हर्कतले पूर्व राजाप्रतिको जनसमर्थनमा कमि धक्का पुग्ने हो कि भनेर चिन्ता जनाइएको छ । यस अघि पारसबाट उनका दुइ छोरिहरुलाइ टाढा राख्न भनेर थाइल्याण्ड लगिएको थियो । अहिले नयाँ खवर अनुसार पारसबाट उनका छोरा हृदयन्द्रबाट पनि टाढा राखिएको छ। पारस पत्नि हिमानिले आँफुलाइ पारससंग अलग राखेर समाजसेवामा सक्रियता देखाइ रहेकि छिन । उनले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । तेस्तै छोरी पूर्णिका शाह र कृर्तिका शाह पनि परोपकारी काममा लगाइ रहेकि छिन् । पारसको जीवनशैली र व्यवहारबारे आँफ्नै परिवारमा आलोचना भइरहेको भए पनि पारसलाइ भने यो बारेमा कुनै चासो छैन । उनि त्यस्ता कुराले आफूलाई कुनै प्रभाव नपर्ने बताइ रहेका छन । खवरहवसंग कुरा गर्दै पारस्ले भनेका थिए ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु । लुकाउन के जरुरी छ र !’ यसै बिच पारस संगको सम्बन्ध को बारेमा सोनिका रोकायले शुक्रवार शाप्ताहिकसंग कुरा गर्दै भनेकि छिन - उनि पारससंग नजिक भएको साँचो हो तर अफेयर चाँहि होइन। पोखरा डेटिंग्मा गएको भन्ने हल्लाको बारेमा सोनिका भन्छिन उनि पोखरा दिदि भिनाजुकोमा गएको पारस छुट्टै पोखरा गएको त त्यहिं भेट भएको भन्छिन । उनि एक अर्कालाइ खुबै आदर गर्ने भन्दै भनिन्छिन यसकारण बढेको विषयलाई लिएर यस्तो हर्कद गर्न नहुने राजाबादीहरु बताउँछन् । राजसंस्थाप्रति सहानुभूति राख्नेहरुले पनि पारसको उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् । पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । पारसको बानीकै कारण लामो समयदेखि पत्नी हिमानी पनि टाढा छिन् । हिमानी समाजसेवामा सक्रिय छिन् । उनको समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिरहेका छन् । आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसले बताएका छन् । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’ निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ https://www.youtube.com/watch?...

AnandNepal · Oct 23, 2019 10:09 AM

हिमानि पारसबाट टाढा हुनुको कारण (पुरानो भिडियोहरु मिलाएर यो भिडियो तयार गरेको हुनाले पुराना स्क्रिप्ट हरु चाँहि खोज्नै पर्छ) कारण को साराँश - माता सरु ले हिमानि र पारस छुट्याएको - ज्ञानेन्द्र ले पारासलाइ नेपाल फर्कन नदिनुको कारण यस्तै यस्तै छन : https://www.youtube.com/watch?...

AnandNepal · Oct 25, 2019 1:01 AM

Himani Paras bata tada hunako karan dherai nakhoju, Paras was too wild for anyone to handle. He lived his life as it has handed to him so what you expect will happen. No women wants to live with person who didn't give shit. Luckily he is still alive and getting old. That maybe bring changes in him and they way he perceive his life. But he still gotta earn his respect and care from people by doing alot good deeds.

Keyser Söze · Oct 25, 2019 10:40 AM

यसमा नयाँ अपडेट पुर्व युवराज्ञि हिमानि शाह छठ पर्व कार्यक्रममा सहभागि हुँदै गर्दा उनका श्रिमान पुर्वयुवराज पारस भने मोडल र युट्युवर सोनिका रोकायलाइ घुमाउँदै छन र उनलाइ जिवन दर्शन सिकाउँदै छन। पारसले हालै सोनिकालाइ हेलिकप्टर चढाएर अन्नपुर्ण बेस क्याम्प पुर्याएका थिए। जिन्दगिमा पहिलो पटक हेलिकप्टर चढन पाएको बताउँदै सोनिकाले भ्रमण बिवरण जम्मा गरेर एक भिडियो बनाएर आँफ्नो च्यानलमा शेयर गरेकि छिन । पारसले नै उनलाइ जिवन दर्शन सिकाएको र आँफु सप्रेको दावि गर्दै सोनिकाले अब देखि आँफ्नो वास्तविक नाम पुजा रोकाया भएको पनि बताएकि छिन। नाम परिवर्तन गरेको दावि गर्ने पुजा रोकायाको युट्युव च्यानल भने द सोनिका शो नै हो, द पुजा शो होइन। यसले उनिमा आएको परिवर्तन कति दिगो होला भन्ने अनुमान लगाउन गाह्रो हुँदैन। पारस जहाँ जहाँ पुग्छ्न सर्वसाधारणहरुले उनिसंग बसेर फोटो खिच्ने गरेका छन । अर्को तिर पारसकि वास्तविक श्रिमति हिमानि शाह छठ पर्व मनाउनको लागि कमलपोखरि पुग्दा राजावादिहरुले उनको स्वागतमा नारा लगाएका थिए । https://www.youtube.com/watch?...

AnandNepal · Nov 3, 2019 9:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion