अनौठो चर्चा परिचर्चा चलिरहेको छ - राष्ट्रपतिले देउवाको कुरा नबुझेको भन्दै हासिँन (बिरोधिले गालि गरे, समर्थकले होइन भने) - मान्छेहरुले देउवाको जिब्रोमा राणाहरुले करेन्ट लगाएकोले प्रष्ट बुझ्न सक्दैनन भने - राणाले होइन पन्च हरुले करेन्ट लगाएको भने हो र ? मैले भिडियो बनाएँ स्क्रिप्ट यहाँ छ (भिडियो पछि कसैले माग गरे देखि पोष्ट गरुंला) ***** शेर बहादुर देउवाको बोलि किन नबुझिने भयो भनेर आनन्द नेपाल च्यानलका अति नै धेरै दर्शकहरु सोध्नु भएको छ। केहि दिन अघि राष्ट्रपति भण्डारिले पनि बक्ताहरुले बोलेको बुझिएन भनेर कमेन्ट गर्दा सबैले देउवाले बोलेको नबुझेको भनेर अर्थ लगाएका थिए। कमेन्टहरुको बिश्लेषण गर्दा देउवालाइ राणाकालमा उनको जिब्रोमा करेन्ट लगाएको हुनाले उनको बोलि प्रष्ट नभएको भन्ने हल्ला पनि चलेको रहेछ - जुन शत प्रतिशत झुठो कुरा हो किनकि २००७ सालमा राणा शासनको अन्त्य हुँदा देउवा जम्मा ३ बर्षका थिए। २००३ साल जेठ ३१ गते जन्मेका देउवा राणा शासन अन्त्य हुँदा राम्रोसंग बोल्ने उमेरका पनि भएका थिएनन। २०१७ सालमा राजा महेन्द्रले शासन आँफ्नो हातमा लिँदा पनि देउवा १४ बर्षका मात्रै थिए। पछि उनि नेपालि काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएर राजनितिमा सक्रिय भएका हुन। उनि २०२८ सालमा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापतिमा बने पछि एक जोशिलो युवाको रुपमा परिचय स्थापित गर्न सफल भए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका देउवा वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए । पट्क नेपालको प्रधानमन्त्रि भै सकेका देउवाको बोलि प्रष्ट नहुनु कुनै दुर्घटनाले नभएर उनि छिटो बोल्ने कारणले भएको हुन सक्ने सम्भावना प्रवल देखिन्छ किनकि ११ बर्ष अघि राजतन्त्रको समाप्ति पछि देउवाले टुँडिखेलमा गरेको भाषनमा उनको बोलि प्रष्टनै सुनिन्छ। तेसैले देउवाको बोलि प्रष्ट नहुनु उनले हेलचेक्र्याइ गरेर बोल्ने गरेको ले नै हुनु पर्छ भन्ने मेरो अनुमान छ। मेरो यो अनुमान मात्रै हो, मलाइ थाह नभएको कुनै मेडिकल कारण भएको भए कमेन्टमा बताइदिनु भएमा आभारि हुने थिएँ । यसै सन्धर्वमा यज्ञराज भट्टराइको कमेन्ट सबै भन्दा उपयुक्त जस्तो लाग्यो - भट्टराइ लेख्नु हुन्छ "सेरे दाईको समस्या आवजमा होइन बोल्ने सैलिमा हो। शैली करएन्ट्ले फरक पार्यो जस्तो लाग्दैन।" **** यो भिडियोको अपडेट गर्ने स्क्रिप्ट लेख्दै छु ! शाझाका सदस्यहरुलाइ थप जानकारि भए रिप्लाइ गर्नुहोला । १) प्रतिक दैनिकमा कुमार रुपाखेतिले शेरबहादुरका एक मित्रको भनाइ लेखेका रहेछन - ति हुन वीरगंज निवासी उनका देवेन्द्रलाल नेपाली जसले शेर बहादुरको बोलीचाली पहिलेदेखि नै अस्पष्ट रहेको बताएका छन भनेर लेखेका छन। २) ८८ वर्ष का नेपालि कांग्रेसका सदस्य भरतप्रसाद उप्रेती ले - त्यतिबेला देउवालाई गुद्वारबाट छडी घुसारे । जिब्रोमा करेन्ट लगाए । बस्न हुँदैनथ्यो । उनी अहिले पनि राम्रोसँग बोल्न सक्दैनन् । ३) मुख्य कुरो, अहिलेसम्म देउवा स्वयंले भने करेन्ट लगाएको भनेर बताएकै छैनन। यदि करेन्ट लगाएकै भए अहिलेसम्म चुपो लागेर बस्थे होला त ? पटक पटक चुनाव लडदा गरेको भाषणमा छुटाउँथे होला त? ४) ? (कमेन्ट आएमा थप्ने) ५) (खोज्दा भेटेमा थप्ने) धन्यवाद !
AnandNepal · Sep 25, 2019 10:04 PM · 5,845 views
अपडेट भिडियो - रवि लामिछानेको भनाइ - ८८ बर्षका काँग्रेस सदस्यको भनाइ अनि देउवाको भनाइका उदाहरणहरु .. "तपाइ बढ्ता बोल्दै हुनुहुन्छ " रिसाउँदा, झर्किंदा सुनिने बोलिका उदाहरणहरु https://www.youtube.com/watch?...
AnandNepal · Sep 26, 2019 10:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion