सभामुख महरामाथि बलत्कारको आरोप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप पिडितको घरमा गएको महराद्वारा स्वीकार अजयबाबु शिवाकोटी,प्रकाशित मिति : २०७६ असोज १३ सोमबार (my report based on this article and other details:) https://www.youtube.com/watch?... काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ। सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै स्नेहाले भनिन, 'ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।' पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, 'तर उनले मानेनन्।' कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए। सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, 'किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।' स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन। करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो। रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, 'एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।' अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। 'राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,' उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेको उनको आरोप छ। आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले हाम्राकुरालाई बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो। सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, 'यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।' मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, 'अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।' अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन। जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन नसकेको उनको तर्क छ। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन। त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। 'कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन।' आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, ' उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।' सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई 'हाई' भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्। आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन। विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन। यो समाचार लेख्नुअघी हाम्राकुरा तिनकुनेस्थि प्रहरी परिसरमा पुगेपनि घटनाको बारेमा जानकारी नै नभएको बताइयो। तर आइतवार सोहि मातहतको प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो। हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ। हाम्राकुरासँग कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घटनाको समिक्षा गर्न तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले। उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन। 'समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने,' उनले जवाफ दिएकी थिइन। पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, 'त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन। बरु महराको उल्टै मनोबल बढ्यो। यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।' देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन। अब यो कुरा सुार्वजनिक भएपछि मेरो जीवनमाथि नै तलमाथि सम्म गर्ने खेल पनि हुन सक्ने उनले औंल्याइन। किनकी उनीहरु सत्तामा छन् शक्तीमा छन्। 'के यो अवस्थामा वलात्कृत भएकी मैले न्याय पाउँला,' उनले गम्भीर सवाल उठाएकी छिन। 'राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,' उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन। घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए। पिडित महिलासंग गरिएको कुराकानी : https://www.youtube.com/watch?... from: hamrakura.com सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको गम्भीर आरोप लागेको छ। संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाएकी हुन्। सभामुख महराले मदिरा पिएर आफूमाथि आइतबार साँझ पौने ८ बजे कुटपिट गर्दै जबर्जस्ती करणीको प्रयास गरेको बताएकी हुन्। ad आफूलाई विस २०६८ देखि नै सभामुख महराले मानसिक रूपमा यातना दिँदै आएको उनले बताएकी छन्। सो समयमा पनि मोबाइल नै फुटाइदिएको पनि ती महिलाले नेपाल लाइभसँग बताएकी छन्। 'सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,' ती पीडितले भनिन्, 'कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौं।' यो आरोपका विषयमा सभामुख महराले भने कुनै सत्यता नभएको र आफूलाई फसाउन खोजिएको मात्र बताएका छन्। नेपाल लाइभसँग कुरा गर्दै सभामुख महराले भने, 'यो विषयमा कुनै सत्यता छैन। फसाउन खोजिएको मात्र हो। मैले यसबारे विस्तृत जानकारी पछि दिनेछु।' यो विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको बताएको छ। तर उजुरी भने नआएको बताएको छ। https://nepallive.com/story/15...

AnandNepal · Sep 30, 2019 8:55 PM · 3,617 views

6 Replies

सभामुख महरा दोषी ठहर भए के हुन्छ सजाय? कस्तो छ प्रक्रिया? नेपाल लाइभ | २०७६ असोज १३ सोमबार | Monday, September 30, 2019 काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको प्रयास गरेको आरोप लागेपछि उनको पद निलम्बन हुन्छ वा अन्य के कारबाही होला भन्ने चासो बढेको छ। यदि महरामाथि स्वतन्त्र छानबिन सुरु भयो भने संविधान र मुलुकी फौजदारी अपराध संहिताको व्यवस्था आर्कषित हुने देखिन्छ। यस विषयमा संविधानको भाग ८ धारा ९१ अनुसार कारबाहीको प्रक्रिया अबलम्वन गर्नुपर्ने हुन्छ। महरामाथि लागेको बलात्कारको आरोपका विषयमा मुलुकी फौजदारी संहितासमेत आर्कषित हुने देखिन्छ। संविधानको धारा ९१ को उपधारा ६ मा 'देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ' भन्ने व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ७ मा प्रतिनिधिसभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधिसभाको उपसभामुखले गर्ने र त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधिसभाको सभामुखले भाग लिन र मत दिन पाउने उल्लेख छ। संविधानको व्यवस्था हेर्दा महराले बलात्कारको प्रयास गरेको कुरा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने देखिन्छ। छानबिन समिति गठन गरेर दोषी ठहर भएमा सभामुखमाथि मुलुकी फौजदारी संहिता अनुसार मुद्दा चलाउन भने यो व्यवस्थाले बाधा गर्ने छैन। मुलुकी संहितामा के छ? मुलुकी फौजदारी संहिता २१९(३)को 'ङ' अनुसार कारबाही हुनुपर्ने देखिन्छ। उक्त व्यवस्थामा सात वर्षदेखि १० सम्मको सजाय हुने उल्लेख छ। महरा सभामुखको जिम्मेवारीमा रहेको र उनकै कार्यालयमा काम गर्ने कर्मचारीले आरोप लगाएकाले संहिताको दफा २२२ को २ पनि थप आर्कषित हुनेछ। उक्त व्यवस्थामा आफ्नो सुरक्षा र संरक्षणमा रहेको व्यक्ति भएमा थप ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यसरी हेर्दा महरा दोषी ठहर भएमा १३ वर्षसम्मको कैद सजाय हुने देखिन्छ। निलम्बन कसले गर्ने अन्योल महरामाथि निलम्बन हुन सक्ने विषयमा अन्योल देखिएको छ। प्रतिनिधिसभाको सभामुखलाई पदबाट हटाउने व्यवस्था भए पनि निलम्बनको कुनै व्यवस्था छैन। संसद सचिवालयका महासचिवले निलम्बन् गर्न सक्ने अवस्था भए पनि छानबिनबाट दोषी ठहर नभएसम्म उक्त कार्य महासचिवले गर्न सक्दैनन्।

AnandNepal · Sep 30, 2019 11:48 PM

'अभिभावक ठानेको सभामुख महराबाटै यस्तो व्यवहार...!' पुष्पा केसी | २०७६ असोज १३ सोमबार | Monday, September 30, 2019 काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट पीडित भएको दाबी गरेकी महिलाले आफूलाई सुरक्षा थ्रेट आएको बताएकी छन्। सभामुख महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी ती महिलाले नेपाल लाइभसँग कुरा गर्दै यस्तो बताएकी हुन्। संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्। 'सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,' ती पीडितले भनिन्, 'कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौं। सुरक्षाको थ्रेट पनि आएको छ। तर सभामुख महराबाट नभई बाहिरबाट सुरक्षा थ्रेट आएको हो।' नेपाल लाइभसँग पीडित भनिएकी महिलाले गरेको कुराकानी जस्ताको तस्तैः डिस्टर्ब छु। थ्रेट पनि आएको छ। म अहिले अन्यत्र बसेको छु। थ्रेटहरु आएका कारणले। हिजो बेलुकाको घटना हो। पौने ८ बजेतिरको कुरा हो। थ्रेट त आएको छ। तर उहाँबाट होइन। अरुबाट हो। त्यही भएर बाहिर बसेकी हुँ। समायोजनको कुरा नै निस्केको छैन। त्योसँग सम्बन्धित कुरा होइन। जहाँ खटाए पनि जान सकिन्छ। यो कुरा तोडमोड भयो। जे हो, त्यो अथार्थ कुरा बाहिर आउनु पर्छ। म आफैँ पीडित हुँ। प्रवृत्तिलाई हो। व्यक्तिभन्दा पनि। व्यक्तिको नियतको कुरा हो। ठूलाबडाले जे गरे पनि हुने। अनि त्यसलाई ढाकछोप गर्ने चलन छ। पीडितलाई थप पीडित बनाउने। यो पहिलेदेखिकै कुरा हो। हिजो त मैले सोच्नै सकेकी थिइनँ। त्यस्तो हुन्छ भनेर। मैले अभिभावकजस्तो सोचेको थिएँ। बुबाजस्तो मान्छे सोचेको थिएँ। देशको नेतृत्व तहमा पुगेको मानिस। म त विवाहित मानिस। यत्रो चिनजान भएकोलाई यस्तो? पढेलेखेकालाई त यस्तो। जहाँ नियम बनाइन्छ। कानुन बनाइन्छ। त्यही ठाँउमा यस्तो हुन्छ भने हामी कति सुरक्षित रहेछौं त? उहाँसँग पारिवारक सम्बन्ध ०४७ सालदेखि हो। उहाँको मनमा के भएर, जुन व्यवहार गर्नुभयो …..[रुँदै ]। श्रीमान् बाहिर जानु भएको छ। घटना लगत्तै उहाँलाई जानकारी गराएको छु। उहाँ आएपछि कसरी अगाडि बढ्ने भन्ने कुरा भएको छ। यसअघि पनि उहाँले….. उहाँको इज्जत, ओहोदा हेरेर विगतको दुर्व्यवहारलाई सहेकी थिएँ। म को हुँ? भन्ने कुरा पनि उहाँले हिजो विचार गर्नु भएन। धेरै कुटाई खाएँ। हातमा मुखमा निलडाम छ। जबर्जस्ती गर्न खोज्नु भएको थियो। उहाँले पहिला पनि गर्न खोज्नु भएको थियो। मैले प्रतिकार गर्दै आएको थिएँ। यस्तो खालको हर्कत दोस्रो पटक गर्नु भयो। पहिला दलको कार्यालयमा। त्यो बेलामा उहाँले मोबाइल नै फुटाउनु भएको थियो। त्यतिबेला मैले प्रतिकार गरेर बाहिर निस्केँ। त्यतिबेला रक्सी खानु भएको थिएन। दिउँसोको कुरा हो। दलको मिटिङ सुरु हुन लागेको थियो। म बाहिर निस्केँ। उहाँले मोबाइल फुटाउनु भयो। त्यसपछि उहाँ आत्तिनु भएको थियो। मैले त उहाँलाई अभिभावको रुपमा हेरेको थिएँ। त्यही भएर त्यो घटनालाई बाहिर ल्याइनँ। कसलाई विश्वास गर्ने हो यहाँ? जो-जो पीडित हुन्, तिनै मारिने हुन् कि भन्ने डर भयो यहाँ। प्रहरी घरमा आएर सबै विवरण लिएर गएको छ। खिचेर लगेको छ। -nepallive.com

AnandNepal · Sep 30, 2019 11:52 PM

सभामुखमाथिको गम्भीर आरोपको छानबिन नागरिकसरह हुनुपर्छ : थापा आश्विन १४, २०७६ दीपेन्द्र बडुवाल (बुटवल) — नेपाली कांग्रेसका नेता गगन थापाले संघीय सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताएका छन् । मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुलुककै सम्मानित व्यक्तिमाथि लागेको आरोपले संसद्‌का सबै सदस्य स्तब्ध भएको र यस्तो गम्भीर आरोपको छानबिन आमनागरिक सरह नै हुनुपर्नेमा जोड दिए । ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो ?,’ रिर्पोटर्स क्लब प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रश्न गर्दै उनले भने, ‘सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ ।’ अहिलेसम्मका विभिन्न घटनामा साख गुमाएको प्रहरी प्रशासन यस विषयमा कुनै दबाबमा पर्न नहुने उनको भनाइ थियो । ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनर्स्थापना गरोस्,’ उनले भने, ‘व्यक्तिको पदको प्रभाव नदेखियोस् ।’ नैतिक प्रश्न उठेको र मुलुकको प्रतिष्ठासित गाँसिएकाले यो आरोप झुटो सावित होस् भनेर उनले कामना गरे । गम्भीर आरोप लागिसकेको अवस्थामा एउटा विज्ञप्तिबाट आरोपमा ‘रफादफा’ गर्न नहुने भन्दै उनले शंका निवारणका लागि सभामुखबाट सहयोग हुने विश्वास व्यक्त गरे । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’ उनले वर्तमान प्रहरी प्रशासन सरकारको निर्देशनमा चल्ने गरेको आरोप लगाए । प्रकाशित : आश्विन १४, २०७६ -कान्तिपुर दैनिक

AnandNepal · Oct 1, 2019 1:34 AM

अपडेट https://www.youtube.com/watch?...

AnandNepal · Oct 1, 2019 8:57 PM

https://www.youtube.com/watch?...

AnandNepal · Oct 4, 2019 2:04 AM

अपडेट : षड्यन्त्र चल्दै छ ! https://www.youtube.com/watch?...

AnandNepal · Oct 21, 2019 12:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion