भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले कतार निर्यातका लागि तयार गरेको ताजा अकबरे खुर्सानी। फोटोः रवीन्द्र गौतम/अन्नपूर्ण दोलखामा उत्पादन भएको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात हुन थालेको छ। भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात सुरु भएको हो। भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको ५८ केजी ताजा अकबरे खुर्सानीअलसमन इन्टरनेसलन प्रालिमार्फत पहिलोपटक खाडी मुलुक कतार निर्यात गरिएको कम्पनीका अध्यक्ष भोला खतिवडाले बताए। खाडी मुलुकमा ताजा अकबरे खुर्सानीको ठूलो माग छ। कतारमा ताजा अर्गानिक तरकारी निर्यात गरिरहेको अलसमन कम्पनीमार्फत दोलखाबाट पहिलो चरणमा अकबरे निर्यात सुरु गरिएको उनले जानकारी दिए। बिक्री हेरेर थप माग गर्ने कतारको खरिदकर्ताले जनाएको छ। अकबरेको स्वाद मन पराउने करिब एक लाख नेपाली कतारमा रोजगारीमा छन्। किवी, एभोकाडो जस्ता फलका बिरुवाले उत्पादन दिन लामो समय लाग्ने भएकाले बिरुवा हुर्कनु अघि खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खुर्सानीउत्पादन गरिएको छ। स्थानीय बजारमा प्रतिकेजी तीन सय रुपैयाँभन्दा बढीमा बिक्री हुने अकबरे बिक्री हुन्छ। आगामी दिनमा सर्वसाधारणले उत्पादन गरेको अकबरे खुर्सानीपनि खरिद गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष खतिवडाले बताए। दोलखाका उच्च भूभागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिन्छ। साविकको कृषि विकास कार्यालयले केही तत्कालीन सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखा जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानीउत्पादन हुने गरेको थियो। भीमेश्वर नगरपालिका–६ स्थित भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले हाल सय रोपनी क्षेत्रफलमा किवी, एभोकाडो लगायत फलफूल तथा विभिन्न तरकारीको अर्गानिकखेती गरिरहेको अध्यक्ष खतिवडाले बताए। रातो भइन्जेल अकबरे खुर्सानीबोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा टिम्दा भने कीराले खासै दुःख नदिने हुन्छ। उत्पादन पनि छिट्टै हुने हुँदा हरियो अकबरेको व्यवस्थित रूपमा निकासी गर्न सके किसानलाई ठूलो लाभ मिल्न सक्ने कृषि प्राविधिकको भनाइ छ। http://annapurnapost.com/news/...
Khaobaadi_Netaa · Oct 12, 2019 4:33 PM · 5,690 views
this is good inititation
Manko Sathi · Oct 14, 2019 4:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion