जंगबहादुरकै संतानले यसरी ज.ब.रा. लेख्न पाएनन (अनौठो ऐतिहासिक जानकारी)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१९४२ सालको काण्डमा जंगबहादुरका एक छोरा र एक नातिलाइ मारियो - अरु भागे / लखेटिए तिनै बाँचेका सन्तानका बंशज अझै आँफ्नो अधिकारको लागि लडिरहेका छन । (यो निम्न भिडियोको स्क्रिप्ट हो) काठमाडौं मनहरा खोला किनारको एउटा घरमा डेरा लिएर बसेको छ यमजित प्रताप को परिवार। ‘राजा साहेव’ भनिने ८१ वर्षीय यी बृद्धले आँफ्नि श्रिमतिलाइ " उनी मेरी महारानी नारायणी ।" भनेर चिनाउँछन। यमजित प्रताप ले आँफु बस्ने घरको भित्तामा जंगबहादुर राणाको एक ठुलो तश्विर राखेका छन् र आँफु जङ्गबहादुर राणाका छैठौं पुस्ताको जेठा सन्तान भएको बताउँछन । जङ्ग बहादुर राणाका दोश्रो पुस्ता उनकाका जेठा छोरा जगतजङ्ग, जगतजंगका छोरा अर्थात जंग बहादुरका नाती थिए नातिजर्नेल युद्धप्रताप, पनाती थिए चन्द्रप्रताप, अनि खनाति शिवप्रताप र जंगका खनाति शिवप्रतापका छोरा हुन यमजीत प्रताप। खासमा जङ्ग बहादुरका छोरा जगतजङ्गको विवाह राजा सुरेन्द्रकी छोरी शाहज्यादी टीका राज्यलक्ष्मीसँग भएको थियो । तेसैले यमजित प्रतापको राज खलकसंगको साइन् पनि जोडिन्छ । यमजित प्रतापका छोरो छन निराकार प्रताप जो एउटा एयरलाइन्समा काम गर्छन् । उनै निराकर प्रतापको कमाईले यमजितको ५ जनाको परिवार खर्च चलिरहेको छ । ऐतिहासिक पृष्ठभुमि: बिक्रम सम्वत्त १९३३ मा बाराको पत्थरघट्टामा जङ्गबहादुरको निधन भयो । त्यस लगत्तै जंगबहादुरले बनाइदिएको रोल क्रम अनुसार उनकाभाइ रणोद्दिप सिँह कुँवर राणा प्रधानमन्त्रि भए। जंगबहादुरले रणोद्दिप पछि धीर शमशेर राणा प्रधानमन्त्रि हुने अनि त्यसपछि मात्रै आँफ्नो जेठो छोरा प्रधानमन्त्रि हुने रोलक्रम बनाइदिएका थिए। तर, पिताको जंग पुत्र जगतजंगलाइ काका प्रधानमन्त्रि भएको चित्त बुझेन। अझ, उनको रोल क्रम त उनका काका धीर शमशेर राणा पछाडि मात्रै भएको हुनाले उनले प्रधानमन्त्रि र ठाँहिला काका रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाउन थाले । यस्तो योजनाको सुइको पाएपछि उनलाइ देशनिकाला गरियो। जगतजंग लाइ हटाए पनि, रणोद्धिप सिंह माथि को खतरा ज्युँका त्युँ थियो । अन्तत, वि.सं. १९४२ मा वीर शमशेरले आफूसँग रहेका सैनिक हरुको फाइदा उठाएर काका रणोद्दीप सिंहको हत्या गरेरै छोडे। वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भिम शमशेरले योजना बनाएर रणोद्दीपको हत्या गरेपछि । अनि, सैनिक गारतलाइ महहरा दरवारमा पठाएर जंगबहादुरको छोरा जगतजङ्ग राणा हत्या गरिएको थियो। उनका छोरा, नाति जर्नेल युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल)ले आफ्नो थापाथलीस्थित दरबार बाट भागेर ‘ब्रिटिस रेजिडेन्सी–लैन’ (लैनचौर ) मा शरण लिन पुगेका थिए। तर, उनलाइ धनसम्पतिको लोभलाग्यो। फर्केर थापाथली दरवारबाट धनसम्पति बोकेर फर्कंदै गर्दा उनलाइ पक्रेर हत्या गरिएको थियो। १९२२ मंसिर ७ गते हत्या हुँदा युद्धप्रताप जंग राणा २० बर्षका मात्रै थिए। त्यसपछि जंगबहादुरका सन्तानको भागाभाग मच्चियो। ४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले ब्रिरटिस सरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -जबरा) लेख्ने । यसपछि नै जंगबहादुरका सन्तानलाई जबरा लेख्न नदिई आफू मात्रै ज.ब.रा. लेख्ने भन्ने उर्दी जारी भएको बताइन्छ । त्यसपछि जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुले आफ्नो नाममा पारे । जंगबहादुरका सन्तानहरुलाई चार भञ्ज्याङ् भित्र आउन रोक लगाइयो । विसं. १९४२ मा उपत्यकाको चार भञ्ज्याङबाट खेदिएका जंगबहादुरका संतान सिन्धुली, धनकुटा, पाल्पा, नेपालगञ्ज लगायतका ठाँउमा बस्न थाले । यमजित प्रतापका पुर्वज भने उपत्यकाबाट खेदिएर सिन्धुली झँगाझोलीस्थित परेवाडाँडामा बसेका थिए । उनीहरुले उपत्यका आउनु परेमा सिंहदरबारबाट खड्ग निशाना लगाएर (स्वीकृती लिएर) मात्र आउन पाँउथे । उपचार गराउन, कसैको विहाबारीको निम्तो मान्न र देवालीमा भाग लिन उनीहरु उपत्यका आउथें । राणाहरुले देश लुटे, देश लुट्नेको सन्तान भन्दा साह्रै दुख लाग्ने बताउने यमजित करिव ४० बर्ष विराटनगरमा बसेको र विराटनगरको मिल्स एरियामा काम पनि गरेको बताउँछन। https://www.youtube.com/watch?... Last edited: 16-Oct-19 10:41 PM

AnandNepal · Oct 16, 2019 10:41 PM · 7,647 views

2 Replies

Dude U seemed to have good skills on search and presenting. Past stuff or celebrities stuff is only about time pass. Talk about something that people can actually benefit from it. Promote things that can be beneficial and educational. Expose bad things and raising awareness and technology usage.

Keyser Söze · Oct 16, 2019 11:14 PM

Thank you @Kayser Soze I compile these videos for myself - everything I talk about is completely new to me. - beneficial and educational (requires commitment, consistency). - Exposing bad things (I do it when I can..) - Raising awareness and technology usage (may be in future) Thanks. अहिले मलाइ इतिहास पढन नै रमाइलो लागि रहेको छ। मेरो भिडियो दर्शकहरुलाइ भन्दा पनि आँफ्नै ज्ञानको लागि हुन। यो भिडियो : तिनओटा भिडियो जोडेर रि-अपलोड गरेको हुँ । यसलाइ दरवार हत्याकाण्डसंग जोड्ने मिल्छ कि भनेर। जंगबहादुरलाइ धुर्तता र क्रुरताको मामलामा कसैले नसक्ने रहेछ : https://www.youtube.com/watch?...

AnandNepal · Oct 17, 2019 11:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion