सोनीका, जसले उषा खड्गी र जिपी तिमल्सेना को divorce गरायींन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातीय विवाह गर्ने रोल मोडल जोडी बनेका यी दुवैको घर झगडा बढ्दै जाँदा आ–आफ्नै बाटो लाग्ने तयारीमा छन् । दुई सन्तानको अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ । अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे छलफल भइरहेको छ । सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भएलगत्तै दुवै अलग हुने तयारीमा रहेको जानकार स्रोतले बतायो । शुक्रवारसँगको फोन सम्पर्कमा जिपीले डिभोर्स गर्न लागेको हल्ला मात्रै भएको दाबी गरे । तर घर झगडा भएको भने स्वीकार गरे ।  ‘डिभोर्स हुने हल्ला मात्रै हो । श्रीमान्–श्रीमतीबीच झगडा त भइहाल्छ नि !’ उनले भने, ‘सामान्य ठाकठुक मात्र हो । डिभोर्ससम्मै कुरा पुगेको छैन ।’  उषाले भने प्रारम्भमा डिभोर्सबारे बोल्नै चाहिनन् । डिभोर्सबारे सोध्दा झर्कंदै भनिन्, ‘यो त एकदमै ठूलो कुरा होे, कति तनाव हुन्छ । तपाईंले यसरी नर्मल तरिकाले प्रश्न गर्न मिल्छ ?’ दुवैले अस्वीकार गरे पनि उनीहरु बीचको सम्बन्धमा तीतोपना बढेको भने देखियो । दुवैका निकट स्रोतको दाबीअनुसार उनीहरु छुट्टिने निर्णयमा पुगिसकेका छन् । यसअघि फिल्म निर्माता छवि ओझा र शिल्पा पोखरेलको घरझगडा रमिता बनेकाले छुट्टिए पनि पूर्ण समझदारीका साथ छुट्टिने दुवैको सोच छ ।   Last edited: 17-Oct-19 08:00 AM Last edited: 17-Oct-19 12:02 PM

golan · Oct 16, 2019 11:38 PM · 6,167 views

3 Replies

टेलिभिजनले जुराएको जोडी यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो । उषा मिस नेपाल बन्नुअघि नै दुवै जना प्रेममा मग्न थिए । दुवैको भेट एक टेलिभिजन कार्यक्रमको सिलसिलामा भएको थियो । दुवै जना एउटै टेलिभिजन कार्यक्रमको सञ्चालक थिए । २०५४ तिर जिपी नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘म्युजिक प्लस’मा आफूसँग बोल्ने अर्को भिजेको खोजीमा रहेका बेला उषासँग भेट भएको थियो । त्यसपछि सँगै कार्यक्रम गर्दै जाँदा दुवैको मनमा प्रेम अंकुरायो । सन् २००० मा भएको मिस नेपाल प्रतियोगितामा उषा सहभागी भइन् र टाइटल समेत जितिन् । मिस नेपालको उपाधि जितेको दुई वर्षमै २०५९ मा विवाह गरेका थिए ।

golan · Oct 17, 2019 11:59 AM

golan · Oct 18, 2019 6:46 AM

golan · Oct 18, 2019 8:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion