गरीव थिएनन महाकवि लक्ष्मीप्रसाद देवकोटा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महाकविको परिचय भिडियो अन्य दर्शकहरुले पनि खुबै मन पराउनु भएको छ। त्यस भिडियोमा मैले देवकोटा मन्त्रि बनेको चर्चा गरेको थिइन, जिवन खरेलले अनि सन्दिप पौडेलले उनि मन्त्रि हुँदाको जानकारि प्रस्तुत गर्न भन्नु भएको छ। तेस्तै निष्चल भुजेलले अनि य़स कुमार पाण्डेले देवकोटाको परिवारको बारेमा चर्चा गर्न भन्नु भएको छ। उहाँहरुले माग गरेको भिडियोको बारेमा म अनुसन्धान गर्दै छु, त्यस भन्दा अघि शिक्षा मन्त्रि भएका लक्ष्मि प्रसाद देवकोटा गरिव थिए भनेर चलेको हल्लाको बारेमा चर्चा गर्न मन लाग्यो? के उनि खानै नपुग्ने गरेर गरिव थिए त ? प्रस्तुत छ उनका छोराले दिएको जानकारि सहित सत्य तथ्यहरु: के देवकोटा गरिव थिए? लक्ष्मि पुजाको दिनमा जन्मेका महाकवि लक्ष्मि प्रसाद देवकोटा लक्ष्मिको प्रसाद अर्थात धन सम्पतिले युक्त नभएर उनि सरस्वतिको प्रसाद थिए भनेर चर्चा हुने गर्छ । यस हिसावले उनि अति गरिव थिए पनि भन्छन मानिसहरु। तर, खासमा उनि गरिव भने थिएनन । एक पटक शिक्षा मन्त्रि समेत भएका देवकोटा गरिव थिए भन्नु सरासर झुठ हो भनेर उनका छोरा प्रा. डा. पद्म प्रसाद देवकोटा भन्छन । तर, एउटा कुरा के हो भने उनि अत्यन्तै दयालु स्वभावका भने थिए । उनी अरूको दुःख पटक्कै देख्न सक्दैनथे । एक भनाइ अनुसार एकपटक महाकवि देवकोटा कार्यालयबाट घर फर्किंदै थिए । त्यहि दिन उनले तलब पनि थापेका रहेछन । घर फर्कंदै गर्दा उनले बाटोमा एउटा भिखारी देखे । आँफ्नो खल्ति भर्खरै थापेको तलवले गह्रुंगो हुँदा खालिहात फैलाइरहेको भिखारि देख्दा उनलाइ दया लाग्यो । उनले खल्ति बाट तलवको केहि भाग निकालेर भिखारिलाइ दिए। भिखारी खुशि भयो, उनलाई आशीर्वाद दियो । अलि पर नपुग्दै उनले अर्काे टिठलाग्दो भिखारी त्यसैगरि मागिरहेको देखे ।उनले ती भिखारीलाई पनि केहि रकम दिए । यसरी बाँड्दै जाँदा उनि घर नपुग्दै उनले तलबमा थापेको रकम सबै सकियो । तर, बाटोमा भिखारि भने अझै सकिएका थिएनन पैसा सकिएर सहयोग गर्न नपाएर खिन्न हुँदै घर जाँदा देवकोटामन नै कटक्क खायो जब एउटा गरिव, राम्रो लुगापनि नलगाएको थुरथुर काम्दै मागिरहेको एउटा भिखारिलाइ परै बाट देखे । टालेको, च्यात्तिएको लुगा ल्गाएको गरिव देखेर देवकोटालाइ अति नै दया लाग्यो उनका आँखा रसाए। उनले आफूले लगाइरहेको कस्मिराको कोट फुकालेर ति कामिरहेका भिखारीलाई लगाइदिएर मन्द मन्द मुस्कानका साथ काखीमुनि दुवै हात घुसारेर घरतिर लागे । यो किस्सा कति सत्य छ थाह भएन तर, देवकोटाको दिल ठुलो भए पनि उनि गरिव भने थिएनन भन्ने पनि यहि कथनले बताउँछ। शुरुमा देवकोटालाइ बिद्रोहि भनेर उनको घर राणा शासकहरुले हडपेका थिए । उनि २००६ सालमा बनारसबाट नेपाल फर्कंदा उनि साँच्चिकै गरिव थेइ, उनको घर खोशिएको थियो, आय आर्जनको उपाय थिएन। तर, २००७ सालको प्रजातन्त्र आए पछि उनको आर्थिक स्थितिमा सुधार आयो । "उहाँत अरु नेपालि भन्दा धेरै सम्पन्न ब्यक्ति हो" भन्दै उनका छोरा पद्मप्रसादले लक्ष्मि प्रसादले घर जग्गा जोडेको, घरको तला थपेको आदि उदाहरण दिएका छन। मोटर को जमाना नआइसकेको देवकोटाको जमानामा आँफ्नै साइकल हुनु ठुलै कुरा थियो । प्रस्तुत फोटो देवकोटा मन्त्रि भएको बेलामा खिचिएको हो । उनि साइकल चढेर अफिस जाँदै गर्दा साइकल रोकेर गफ गरिरहेका छन । साइकलको बारेमा छोरा पद्मप्रसाद देवकोटासंग गरिव थिएननन् भनेर यसरि प्रष्ट्याउँछन। https://www.youtube.com/watch?...

AnandNepal · Oct 22, 2019 1:54 AM · 2,041 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion