नयाँ नारायण गोपाल जन्मे !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नारायण गोपाल बडि बिल्डर थिए। घरमा शास्त्रिय संगित को माहोल थियो - उनलाइ शास्त्रिय मन नपर्ने - आधुनिक मात्रै मन पर्ने । उनका पिता आधुनिक संगितको नाम पनि सुन्न नसक्ने ! पिता बाट बिद्रोह गरे नारायण गोपालले । सरकारले सँधै उनको खेदो खन्ने - कहिले अश्लिल भयो भनेर ब्यान गर्ने कहिले सरकार बिरोधि भयो भनेर । नारायण गोपाल ढिठ पनि कति थिए भने - कसैको कुरा नसुन्ने !! मन परि गित गाउँने -- कहिले "एक्लै तिमि न आउ - म मातिएको बेला .... " भनेर गाएका छन । हाम्रो हजुरबाउको पालामा रक्सि खाने, मातिने कुरा गर्न पनि बर्जित थियो । अझै त तिहारमा बियरको कुरा गर्दै गित लेख्यो भनेर पुलिसले समात्छ भने त्यस बेला झन के भएको होला - मातिएको कुरा त भो भो .. अझ एक्लै तिमि नआउ रे .... एक्लै आयो भने के गर्ने बिचार होला ?? सरकारको कति टाउको खायो होला त्यो गितले नारायण गोपालका अरु पनि सुन्नै नसकिने छाडा गित छन भन्ने सुनेको .. तपाइलाइ थाह छ ?? साँच्चि, नयाँ नारायण गोपाल चिन्नु भो?

AnandNepal · Oct 25, 2019 11:42 AM · 19,515 views

15 Replies

हाम्रो हजुरबाउको पालामा रक्सि खाने, मातिने कुरा गर्न पनि बर्जित थियो : ? क रक्सि खाने गलत होत? बनाउनेलाइ समाते हुन्? एक्लै तिमि नआउ भन्नुको अर्थ एक्लै नहिड बाधले खान्छ पनि हुन्छ। Last edited: 25-Oct-19 01:59 PM

Keyser Söze · Oct 25, 2019 1:13 PM

अर्थ को बेअर्थ निकाल्ने किन, छाडा गीत चाहिन्छ भने, निकी मिनाजको गाना सुन। त्यति दिमाख लाउन पर्दैनSample... He like it when I get drunk, but I like it when he be soberThat's top of the toppa, I never f$$k with beginnersI let him play with my pu$$y then lick it off of his fingers, I'm in the zone Last edited: 25-Oct-19 01:56 PM

Keyser Söze · Oct 25, 2019 1:47 PM

आनन्दजीले यी सुन्नु भएको छ कि छैन? निहुँ नै खोज्ने भए यी गीतलाई पनि प्रतिबन्ध लगाइनुपर्ने थियो होला: १. "छिनेको त्यो कटिमा (कटि=कम्मर)मा जलको घडा सरी भै, टासीइरहन पाए, चाहिन्न अर्को केहि" - म बि बि शाह (height of pervertism?) २. "रौसी खान जाउँ, हे रौसी खान जाउँ; त्यहीं तल पातलीकाहा रौसी खान जाउँ" - कुमार बस्नेत (promoting alcoholism?) ३. "सागर हो स्वास्नीमान्छे ...बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न.... हर एक सत्यलाई कहानी भन्नसक्छे" - माणिक रत्न/ किरण खरेल (too sexist?) ४. "मदेशेले हलो जोत्यो डल्ला फर्काइ फर्काइ" मित्रसेन (racist?) ५. .. अरु पनि होलान, यति मात्र याद आयो तात्काल

_ · Oct 25, 2019 5:08 PM

Thank you .... @... @Keyser Soze ... तिहार लाग्या छ .. रिप्लाइ गर्न पनि चाड सक्केपछि भन्नु पर्ने अबस्था छ .... थप सोच्नको लागि  यस्तो पनि भन्न्दै रहेछन जन्ताहरु .. मेरो, नैतिकता त गुमि सक्यो रे ;) 

AnandNepal · Oct 26, 2019 8:53 AM

ल .. भिडियो रिपोर्ट नै बनाइदिएँ .. हतार हतार !! https://www.youtube.com/watch?...

AnandNepal · Oct 26, 2019 12:13 PM

Sahi lagyo bro video herepachi..Vten ra Narayan gopal ta hami sabai sanga mel khanxa jastai lagyo. Anand bro video banaucha, Vten ani Narayan gopal gaana banaucha, khana khanxa, bathroom jancha. uniharu rasksi khako kura garxa, hami uniharu le khako kura garchau. I wanna make love to you and i want to fu$k you akhir same nai ho haina ra.  Last edited: 26-Oct-19 06:46 PM

Keyser Söze · Oct 26, 2019 12:59 PM

@Keyser Soze - गायकको रुपमा नारायण गोपाल र भिटेन दुइ भिन्दा भिन्दै बिधाका ब्यक्ति हुन । उनिहरुमा समानता केहि पै छैन - तर, ब्यबहार दुबैको बिद्रोहि हो । बिद्रोहले छुट्टै खालको बिधा र पपुलारिटि जन्माउँछ भन्ने मेरो बिचार हो। बिरोधिले कच्याककुचुक नपारेमा, भिटेनमा त्यो क्षमता देखिएको छ। नत्र, नारायण गोपाललाइ रिप्लेस गर्ने त कोहि पनि जन्मंदैन (जन्मन पनि मिल्दैन , सबै मानिस युनिक हुन्छन ।)

AnandNepal · Oct 30, 2019 2:15 PM

Still sabai sanga khancha ni bro. Hami sabai ma biddhro garne chammata cha. Some do it thru writing, some thru songs and some gets physical. Parikshya lina matra baaki cha.

Keyser Söze · Oct 30, 2019 2:30 PM

बिद्रोह गर्ने क्षमता त सबैमा हुन्छ। कसैले गर्छन, कसैले आँफ्नो करियर नै दाउमा लगाएर बिद्रोह गर्छन । यसरि बिद्रोह गर्ने धेरै जसो आँफै खत्तम भएर जान्छन - एकाध मात्रै माथि उठ्न सक्छन। तेस्तैमा नारायण गोपाल पनि पर्छन। भिटेनमा त्यो क्षमता छ छैन भन्ने त भबिष्यले देखाउला। छोटो समयमा नै आँफ्नै बलबुताले यति धेरै फ्यान जम्मा गर्न सक्नु एउटा राम्रो लक्षण हो। खासमा, अहिले एउटा भ्याक्युम भएको छ राम्रो गित संगितको - पुरातन हिसावले राम्रा गाउँने प्रमोद खरेल, मेलिना राइ, अन्जु पन्त आदि भए पनि नारायण गोपाल जसरि generation नै हाँक्न सक्ने कोहि नदेखिएको हुनाले भिटेन त्यस्तै होलान कि भन्ने मलाइ आशा लागेको मात्रै हो। .... मैले उनका एकाध बाहेक सबै गित सुनेको पनि छैन।

AnandNepal · Nov 1, 2019 12:20 PM

बिद्रोह गर्ने धेरै जसो आँफै खत्तम भएर जान्छन...kaha sunyo yesto kura? Kun context ma kura garira cha hau. बिद्रोह nagarera Rana sasasan hateko hoina hola, Pajatantra ako hoina hola. What Vten is expressing is his freedom of speech, and sooner more people will realize its power more people will want it and thats how it will be put in constitution. And then you know it will be a history as it already happened in other world so will be in Nepal.

Keyser Söze · Nov 1, 2019 12:37 PM

बिद्रोह गर्ने सबै जसो असफल हुन्छन - yes, almost everybody. एक दुइ जना मात्रै हो सफल हुने। अनि, तिनै सफल हुनेको बारेमा सबैले हल्ला खल्ला गर्छन। राणा शासन हटाउन १०४ बर्ष सम्म बिभिन्न मानिसहरुले बिद्रोह गरेका थिए - कतिलाइ मारे, कतिको देश निकाला गरे कुनै लेखाजोखा नै छैन । ४ जना लाइ सहिद भनेर कितावमा लेखिदिएका भएर हामिले थाह भएको हो। हजारौं/लाखौंको नामोनिशान छैन। तेसैले बिद्रोह गर्नु भनेको अतिनै जोखिम पुर्ण कार्य हो । प्राय: बिद्रोह गर्नेको त नाम नै सुनिंदैन - पहिल्यै दवि सकेका हुन्छन - घर भित्रै बाट दविन्छन, नातागोताले दवाउँछन त्यस पछि समाजले दवाउँछ - पहिल्यै दविसकेका ति कुनै बिद्रोहिको नाम पनि सुनिंदैन।

AnandNepal · Nov 3, 2019 9:45 PM

बिद्रोह गर्ने सबै जसो असफल हुन्छन - bidroh garne marera gayeni tesko phal naya aune generation le pauncha vanera taha chaina ki k ho. Marera ta yesai pani sabai jhancha.

Keyser Söze · Nov 3, 2019 11:13 PM

हिरासतमा मैले जे भोगेँ : र्‍यापर भिटेन र्‍यापर भिटेन । तस्बिरः सरोज बैजु/नेपाल छाडा भनिएका शब्द राखेपछि गीत खत्रा हुन्छ र नराख्दा सभ्य भइन्छ भन्ने भ्रम पनि ममा छैन । मन नपर्नेले मेरो गीत नसुन्दा हुन्छ । - समीर घिसिङ ‘भिटेन’ रेकर्डिङको तयारी चल्दै थियो, मेरो म्यानेजरसँग चार नयाँ मान्छेहरू स्टुडियो भित्र छिरे । म्यानेजरको मुहारमा खुसी थिएन । मैले अपरिचिततिर फर्केर सोधेँ, ‘तपाईंहरू को हो ?’ म्यानेजरले जवाफ दिए, ‘उहाँहरू पुलिस ।’ ‘पुलिस...’ भन्नासाथ मनमा चिसो नपसेको होइन तर कति कन्सर्टमा जाँदा हिलोमा नटेकोस् भनेर प्रहरीले मलाई बोकेका छन्, भीडबाट जोगाएका छन् । त्यसैले उनीहरूसँग असाध्यै नरम भएर प्रस्तुत भएँ । सुरुमा ‘हामीलाई केही फोन नम्बर चाहिएको छ’ भने । मैले कसको हो भनेर सोधेँ । त्यसपछि उनीहरूले कुरा अन्तै मोड्दै भने, ‘सोधपुछ गर्नु छ, हामीसँग हिँड्नुस् ।’ प्रहरीले जाऔँ भनेपछि म कसरी नाइँ भन्नु ! मैले ज्याकेट लगाउन खोजेँ तर लगाउन दिइएन । अर्को कोठामा बुबा हुनुहुन्थ्यो तर उहाँलाई पनि केही भन्न पाइनँ । स्टुडियोबाट छिटो निकाल्न खोज्दै थिए । कात्तिक सात गते बिहान ९ बजेको कुरा हो यो । स्टुडियोबाहिर सेतो जिप रोकेको रहेछ । मैले कुनै गल्ती गरेको थिइनँ । त्यसैले त्यतिबेला डर लागेको थिएन । अघिसम्म ‘तपाईं’ भन्दै गरेका उनीहरूले गाडीभित्र पस्नासाथ एक्कासि ‘तँ’ भन्न थाले । बोल्ने शैली पनि रुखो र ठाडो हुन थाल्यो । छाडा शब्द बोल्न थाले । त्यस्तो गीत किन गाएको भनेर हप्काउन थाले । म हिप–हपबारे बुझाउन खोज्दा सुन्नै नचाहेनन्, गाली गरिहाले । त्यस्तैमा एउटाले मेरो कानलाई समेत छुने गरी घाँटीमा झड्याम्म हान्यो । म रन्थनिएँ, शरीर तात्यो । मुन्टो निहुर्‍याउनुबाहेक मैले केही गर्न सक्ने थिइनँ । त्यसपछि मैले प्रहरीको ड्रेस लगाएर चुरोट तान्दै गरेको फोटोको कुरा निकाले । त्यो फोटोको आफ्नै कथा छ । मैले ‘मापसे...’ भन्ने गीत गाएको छु, युट्युबमा त्यसको अडियो सार्वजनिक भइसकेको छ । हामीले त्यसकै भिडियो बनाउन चितवनमा सुट गरेका थियौँ, फुटेज सम्पादनमै छ, घरको ल्यापटपमा त्यो फोटो देखेँ, मेरो ‘स्वाग’ दामी लाग्यो । त्यसपछि अरु भाइहरूलाई देखाएँ, उनीहरूले पनि ‘बबाल छ, बबाल’ भने । पिक्चर क्वालिटीमा पनि राम्रो थियो । त्यही भएर भिडियो रिलिज नगर्दै फेसबुकमा त्यो फोटो हालिदिएँ । मेरो ‘गल्ती’ त्यत्ति हो । प्रोडक्सन म्यानेजरले स्वीकृति लिएरै ड्रेस ल्याएको भन्थ्यो । मलाई मन परेर अपलोड गरेको थिएँ, कसैलाई ‘हर्ट’ गर्ने चाहना थिएन तर प्रहरीलाई त्यही निहुँ भयो । अहिले सोच्दा, त्यो फोटो त्यसरी सार्वजनिक नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । तर त्यो पिटाइ खानुपर्ने, दुर्व्यवहार सहनुपर्ने र पक्राउ नै गर्नुपर्ने अपराध थियो र ? झम्सिखेलबाट मलाई टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा लगियो । त्यहाँ त्यो अफिस छ, त्यसले के गर्छ, केही थाहा थिएन । त्यहाँ बारम्बार सोधियो, ‘त्यस्तो गीत किन गाएको ?’ म बुझाउन खोज्थे तर कसले सुन्ने ? मेरो मोबाइल पनि खोसियो, कसैलाई सम्पर्क गर्न दिइएन । त्यहाँको चालढाल हेर्दा लाग्थ्यो, उनीहरूले खत्रै अपराधी समातेर ठूलै उपलब्धि पाएका छन् । तर मलाई किन ल्याइएको हो भन्ने ठोस कारण अझ भनेका थिएनन् । म सोध्थेँ, चुप लाग् भनेर थर्काउथे । त्यसपछि चारैतिर फर्काएर मेरो फोटो खिचियो । फसाउन पो खोज्दै छन् किजस्तो लाग्न थाल्यो । कसैलाई भेट्न पनि दिइएको थिएन ।  एकछिन पछि प्रहरीकै भ्यानमा चढाए, वीर अस्पताल पुगेपछि लाग्यो, ‘मेडिकल चेक’ गर्न ल्याएका हुन् । डाक्टरले मानसिक अवस्था र रोगबारे सोधे तर रगत वा अरु केही परीक्षण गरिएन । ‘सब ठीक छ’ भनेर फेरि टेकु लगियो तर त्यहाँको अवस्था सोचभन्दा भिन्न रहेछ । क्यामेरा बोकेर टन्नै पत्रकार पुगिसकेका रहेछन् । त्यसैले मलाई भ्यानभित्रै राखियो, सिसा पनि खोल्न दिएनन् । मास्क लगा भन्दै थिए, मैले मानिनँ । बिहान चियाबाहेक केही खाएको थिइनँ । त्यतिबेलासम्म १ बजिसकेको थियो तर पानीसमेत खान पाइनँ । डर, भोक र तनावले सताउन थाल्यो ।  बल्ल–तल्ल अफिसभित्र लगे, तीन चार पन्ना अगाडि सारेर ‘साइन’ गर् र ल्याप्चे लगा भने । मैले पढ्न खोजेँ तर ‘बढ्ता हुन्छस्, खुरुक्क गर्’ भन्दै थर्काए । नपढी साइन गर्नुहुन्न भन्ने त थाहा थियो नि ! तर त्यस्तो बेला ‘नाइँ’ भन्दा अझ दु:ख देलान् भन्ने डर लाग्दोरहेछ । त्यसैले उनीहरूले भनेजस्तै गर्नुको विकल्पै नहुने । साइन गरेपछि त्यसमा के लेखिएको होला भनेर अति चिन्ता लाग्यो । नरम भएर सोधेँ तर अहँ, मरिगए भन्दैनन्, उल्टै गाली गरे ।  भोलिपल्ट मेरो रेकर्डिङ थियो, अर्को दिन महेन्द्रनगरमा कन्सर्ट थियो । त्यसैले जसरी हुन्छ, त्यही दिन घर फर्कनु थियो । मैले एउटा प्रहरीलाई सबै कुरा भनेँ, उसले ‘ल ल, आज बेलुका छुट्छस् तर अहिले अन्तै जानुपर्ने भयो’ भन्दै फेरि भ्यानमा राखे । त्यतिबेलासम्म पनि परिवार र आफन्तसँग सम्पर्क भएको थिएन, पत्तै नदिई ‘गायब’ पो बनाउलान् किजस्तो अनेक तर्कना मनमा खेल्न थाल्यो । तर जाउलाखेलको प्रहरी कार्यालय लगिएको रहेछ । त्यहाँ मजस्तै समातिएका अरु १२ जना रहेछन् । एकजना चिनियाँबाहेक सबैले मलाई चिने, उनीहरूले मेरो नाम लिएर खुसी हुँदै बोलेको देख्दा प्रहरी छक्क पर्थे ।  एकछिन पछि फेरि भ्यान चढाइयो, कोठाभित्र लगेर राखियो, झ्याल पनि बन्द थियो तैपनि ‘मेरो मान्छे कोही आयो कि’ भनेर आँखा तन्काई–तन्काई हेर्थे, केही देखिनन्थ्यो । म कहाँ छु, मलाई नै थाहा थिएन । बाहिर अरु बोलेको सुनेपछि थाहा भयो, त्यो ललितपुरको सीडीओ कार्यालय रहेछ । त्यहाँ पनि कागजमा साइन गर्न भनियो, पढ्न मागेँ तर थर्काउँदै जबर्जस्ती साइन गराइयो । प्रहरी कार्यालय फर्केपछि बल्ल बुबासँग भेट भयो, उहाँले खाना र ओढ्ने–ओछ्याउने ल्याउनु भएको रहेछ । कपडा देखेपछि ‘लौ यहीँ पो राख्ने रहेछन्’ भनेर डर लाग्यो । अघि आज घर जान पाउँछस् भन्ने प्रहरी त्यहाँ थिएनन् । कसलाई के भन्नु ? बुबाबाटै थाहा भयो, अघि मलाई साइन गर्न लगाएको कागज म्याद थपको रहेछ ।  हिरासत कक्ष लगेपछि मेरो दिमागमा पुराना दिनहरू खेल्न थाले ।  म सानैमा काठमाडौँ आएँ । खान–बस्नै संकट थियो । थाङका पेन्टिङ गर्थें । त्यहाँ दाइहरू ‘भगवान्’ का कथाहरू सुनाउँथे, आध्यामिक र दार्शनिक कुराहरू हुन्थ्यो, भक्तिगानसँगै ‘भगवान्’ कै चित्र कुद्थ्यौँ । क्या ! आनन्द लाग्थ्यो । संसारमा खुसी मात्र देख्थेँ तर मेरो सपना यता र्‍यापमा थियो । र्‍यापमा राम्रो हुँदै गएपछि ती दाइहरू संगत छुट्यो, अध्यात्म र धर्म छुट्यो । हिरासतमा बस्दाको त्यही पल आभास भयो, ‘म त दु:खमा आत्तिन पो थालेछु ।’ त्यसैले ‘भगवान्’ का कथा र ज्ञानहरू सम्झँदै आफूलाई दरो बनाउन खोज्थेँ । त्यही बेला प्रहरीले हेपेर भन्थ्यो, ‘ल र्‍याप हान त ।’ अपमान सबैलाई असह्य हुन्छ, भावना र इमानदारीमा बाँच्ने भएकाले होला, कलाकारलाई अझ चोट पर्छ । तर त्यति बेला मसँग सहनु सिवाय के गर्न सक्थेँ र ? भोलि के होला भन्ने चिन्ताले रातभर निदाउन सकिनँ । मेरो बुबा रौतहटमै हुनुहुन्थ्यो, एक हप्ताअगाडि मात्र मैसँग बस्ने गरी काठमाडौँ आउनु भएको थियो । गाडी चलाउनु हुन्छ । प्रहरी र शक्तिवालाहरूसँग हाम्रो पहुँच शून्य छ । त्यसैले छोरो छोडिदिनु भनेर प्रहरीको सामु हात जोर्नुको विकल्प थिएन, बुबासँग । सुरुमा म गल्ती नगरेकाले माफी माग्दिनँ भन्नेमा दृढ थिएँ तर त्यही सडिनुपर्ने संकेत देखेपछि मेरो स्वाभिमान डगमगायो । बल्लतल्ल भोलिपल्ट बिहान भयो । धेरै डर र थोरै आशासँगै दिन सुरु भयो ।  नाम याद भएन तर ठूलै पदको प्रहरी हुनुपर्छ, उहाँसँग भेटेपछि मन हल्का भयो । उहाँले आफ्नै सन्तानझैँ मलाई सम्झाउनु भयो तर उहाँले पनि हिप–हपको मर्मचाहिँ बुझ्नुभएको रहेनछ । जनरा नै गलत होजस्तो भन्नुहुन्थ्यो, चित्त नबुझे पनि चुप बस्थेँ । त्यतिबेला मैले जम्मा एउटा शब्द भन्थेँ, ‘सरी’ । कुरा गर्दै गएपछि प्रहरीको हाकिमलाई म राम्रै लागेछ क्यारे, उहाँ अझ नरम हुनुभयो । सायद बुबाले बिन्ती गर्नुभएको हुँदो हो । भनेको समयमा उपस्थित हुने सर्तमा मलाई शुक्रबार साँझ छोडियो । मोबाइल नभएकाले बाहिर कस्तो माहोल छ, अनविज्ञ थिएँ । इन्टरनेट चलाउन पाएको भए मलाई आँट आउने रहेछ । मिडिया र फेसबुकहरूमा मेरो पक्राउको विरोध भएको कुरा छुटेपछि मात्र थाहा भयो । यही केसका कारण पहिल्यै तय भइसकेका पाँच कन्सर्टहरू गर्न नसक्दा निकै दुखी छु ।  अब मलाई दुईचार कुराहरू भन्नु छ । प्रहरीको कुरा सुन्दा लाग्थ्यो, विकृति जति सबै मेरै गीतले ल्याएको हो तर म हिजो पनि निश्चिन्त थिएँ, आज पनि छु, मैले कहिल्यै हिट हुन वा अरु कुनै नियतले छाडा भनिएका शब्दहरू हालेको छैन, लेख्दै जाँदा जस्तो भावना आउँथ्यो, त्यस्तै गाउँथेँ । त्यस्ता शब्द राखेपछि गीत खत्रा हुन्छ र नराख्दा सभ्य भइन्छ भन्ने भ्रम पनि छैन । मन नपर्नेले मेरो गीत नसुन्दा हुन्छ । हामी इन्टरनेटबाट आएका हौँ । इन्टरनेट भनेको नेपाली, भारतीय वा अरु कुनै बाँधिएको समाज होइन, संसार हो । मेरो गीत नेपाली मात्र होइन, संसारका लागि हो तर इन्टरनेटको व्यापकता नबुझी विकृति रोक्ने नाममा सरकार कलाकारमाथि बन्देज लगाउँदै छ, म त्यही प्रवृत्तिको सिकार भएँ । हिजो गीत गाउन सुरु गर्दा यस्तो हिट भइएला भन्ने सोचेकै थिइनँ, आफ्नो आक्रोश र भोगाइ पोखेको मात्र थिएँ तर लाखौँ अडियन्सको माया पाइयो, यो खुसी हुने कुरा हो तर २२ वर्षमा हिँड्दै गरेको केटाले सबै कुरा म्यानेज गर्न र सामान्य बनाउन नसक्दो रहेछ । ‘सिमसिमे पानी...’ गीतको लफडामा फसेँ । गल्ती केही थिएन तर पोखरामा कन्सर्ट गर्दागर्दै स्टेजमै मलाई ढुंगा हानियो । यो घटनाले मलाई असाध्यै विचलित बनायो । राम्रो गर्न खोज्दाखोज्दै अरुले घोचेपछि मलाई सहन गाह्रो भयो, त्यसैले आँखामुनि र घाँटीमा ‘सुसाइड साइन’ ट्याटु खोपेँ । यसको मतलब हो, ‘मेरो इमानदारीले आत्महत्या गरिसक्यो ।’  यो पक्राउले मेरो ट्याटु अझ सान्दर्भिक बनाएको छ तर म कलाकार परेँ, मेरो आक्रोश पोख्ने माध्यम गीत हो, ‘हेटर्स’ को मुखमा बुजो लगाउने र माया गर्नेलाई मप्रति गौरवान्वित बनाउने पनि गीतले नै हो । यत्ति भनेपछि अबको मेरो पाइला कसरी अगाडि बढ्छ, भनिरहनु नपर्ला । (कुराकानी : गोकर्ण गौतम) source - Kantipur's Nepal Weekly

AnandNepal · Nov 8, 2019 10:26 AM

शिर्षक अलिक भ्रमात्मक लाग्यो, मैले सम्झे नारायण गोपाल जस्तै स्वर भएका नयाँ गायकको उदय भयो | नारायण गोपाल ले स्वर्गिय कटुवाल लागायत दार्जलिङ् तिरका कबीहरुको गीत गाएका छन र गीतको भाव सँग उन्को स्वरले उचाइ लियो |गित उच्छ्रिङ्गल भयो र गाए भन्ने कुरा श्रोता श्रोता बिच को सोच हो | राम तेरा गंगा मैली सिनेमा मा अङ प्रदर्शन गरिएको छ हल्ला सुने पछी हेर्न पुगियो | नदिमा नुहाउदा लपेटिएको कपडा बाट नाईकाको स्थन् र निप्पलका आकार देखिन्थे र अङ प्रदर्सन को श्रेणिमा पर्ने देखीन, कथा अनुसार सिनहरु अघी बडेका थिए | अर्को सिन बच्चालाई स्तन पान गराईेको द्रिस्य :पाटन भक्तपुर तिर ( जमानामा ) सुत्केरी महिला तेल ल्गाएर बसेका हुन्थे अनी नेपाली समाजमा स्तन पानका द्रिस्य सामान्य हुन र तेस्लाइ अङ प्रदर्सन ठानेर हेर्ने हरुका मानसिकता सँग जोड्न मिल्दैन जस्तो लाग्छ | कबिले गीत रचे गायक्ले स्वर जोडे, यस्ता गीत गाएर गल्ती गरे भन्ने सँग केही भन्नु छैन |

logan · Nov 10, 2019 4:02 PM

यो "हिरासतमा मैले जे भोगेँ : र्‍यापर भिटेन" अन्तरवार्ता लिने गोकर्ण गौतम प्रति श्रद्धान्जलि https://youtu.be/cJqM1ZUkxg0

AnandNepal · Nov 23, 2020 12:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion