तिहारमा फेरि बाघले मान्छे खायो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिहारमा फेरि चितुवाले मान्छे खायो, दिउँसै आउँछ आँगनमा चितुवा ? (स्थलगत रिपोर्ट) तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् । अघिक मात्रामा बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या तथ्याङ्कमा छैन । https://www.youtube.com/watch?... दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको थियो । अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको स्थानीयले बताएका छन । बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले धार्मिक किम्बदन्ती बारे पनि कुरा उठाएका छन् । देबी बौलाएको, मानिस नै बाघ बनेको जस्ता कुराहरु पनि आएका छन् । बाघले घडी समेत लगाएको भन्ने हल्ला समते गाउँमा फैलिएको छ । तर भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको आक्रमणकै कारण छ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् ।

Khaobaadi_Netaa · Oct 30, 2019 10:04 PM · 2,102 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion