प्रदेश प्रमुखहरुको काम- झ्याउ केलाउने, भाई खेलाउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरी नियुक्तिका लागि राष्ट्रपति कार्यालय पठाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। संविधानमै प्रदेश प्रमुखका काम, कतव्य र अधिकार उल्लेख छ। प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त पार्टीका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने र सपथग्रहण गराउने अधिकार छ। यस्तै, प्रदेश प्रमुखका नाममा हुने निर्णय वा आदेश र अधिकार पत्र प्रमाणीकरण गर्ने काम पनि प्रदेश प्रमुखहरूले गर्छन्।मासिक १ लाख माथि तलब खाने प्रमुखहरु खासै केहि काम हुदैन , ३५५ दिन मा मुस्किल के १० दिन काम गर्ने उनीहरु बाकी दिन पुरुष प्रमुख हरुको हकमा झ्याउ केलाउने, भाई खेलाउने र महिलाहरु को हकमा लोग्ने लाई भात पकाउने, लुगा धुने र रति लोग्ने को खुट्टा मा मालिश गर्ने रहेको छ

Samrat Singh Karki · Nov 4, 2019 10:39 AM · 3,151 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion