अस्त्रेलियामा लोग्ने मारेको अभियोगमा निमा गौतम पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अष्ट्रेलियामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएका ३४ बर्षीय नेपाली नेपाली क्रिकेट खेलाडी ३४ बर्षका सन्तोष गौतम रहेको खुलेको छ । उनकी श्रीमती ३४ बर्षकै नुमा गौतमले धारिलो हतियार प्रहार गर्दा सन्तोषको शनिबार राती मृत्यु भएको थियो । सन्तोष अष्ट्रेलियाको नेपाली समुदायका चर्चित नेपाली खेलाडी हुन् । अष्ट्रेलियाको ग्रान्सभिलमा भएको उक्त घटनाभन्दा केही अगाडिको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । उक्त फुटेजमा सन्तोषको जीवनको अन्तिम क्षण कैद भएको छ । शनिबार बेलुका ६ बजे घर फर्कदै गर्दा उक्त भिडियो कैद भएको थियो । त्यसपछि गौतम दम्पत्तिबीच झगडा भएको र श्रीमती नुमाले सन्तोषको पाखुरामा धारिलो हतियार प्रहार गरेको जनाइएको छ । बेलुका साढे ७ बजे प्रहरी घटनास्थलमा पुग्दा श्रीमान अचेत अवस्थामा थिए भने श्रीमती पनि घाइते अवस्थामा थिइन् । गम्भीर घाइते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका निधन भयो । उनको स्थायी घर नेपालको रुपन्देही भएको जनाइएको छ । उनीहरुकी ८ बर्षकी छोरी समेत छिन् । श्रीमानको हत्याको अभियोगमा प्रहरीले नुमालाई नियन्त्रणमा लिएको छ । उनलाई पारामाथा बेल कोर्टमा पेश गरिएकोमा नुमाले धरौटीमा रिहा हुनका लागि अनुरोध नगरेको जनाइएको छ । उनलाई प्रहरी हिराशतमा नै राखिएको छ भने विहिबार अदालतमा पेश गरिनेछ ।SYDNEY: Police arrested a Nepali woman for allegedly killing her husband on Saturday night, The Sydney Morning Herald reported. Emergency services were called to the Blaxcell Street home at around 7.30 pm, where they found a man with serious stab wounds and an injured woman. After a preliminary treatment at the scene, the couple were rushed  to Westmead Hospital , where the husband was pronounced dead. “Police are investigating the possibility whether it is a domestic violence related incident,” reads a media release issued by police on Saturday night. Neema Gautam, 34, was released from hospital on Sunday morning and taken to Granville police station, where she was charged with murder. She will appear before Parramatta Bail Court on Sunday, after being refused bail by police. (With inputs from Agencies) https://english.khabarhub.com/... Last edited: 26-Nov-19 02:53 PM Last edited: 26-Nov-19 02:55 PM

ktmpost · Nov 26, 2019 10:27 AM · 3,068 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion