मेरिल्याण्ड क्यासिनोमा नेपालीको संकास्पद निधन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरिल्याण्डमा ‘गितान्जय ढकाल ‘ नामक युवाको एमजीएम नेसनल हार्बर क्यासिनो(जुवाघर)मा निधन ,प्रहरीद्वारा आफन्तको खोजी विजय थापा ,डिसी । अमेरिकाको मेरिल्याण्ड स्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनो(जुवाघर)मा गितान्जय ढकाल नाम भएको नेपाली युवाको निधन भएको दुखद समाचार प्राप्त भएको छ । श्रोतका अनुसार गत जनवरी १० का दिन उक्त घटना भएको बुझिएको छ । अन्दाजी करिव २८-३० बर्ष उमेरका स्व गितान्जय ढकाल मेरिल्याण्ड निवासी हुन् । यस बिषयमा मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरि रहेको छ । यसको लागि प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार जासुस शेफर्डले उनको यो मुद्धा हेरी रहेको जानकारी प्राप्त भएको छ । प्रहरीले उनका आफन्तलाई खोज तलास गर्ने काम प्रहरीले गरि रहेको बुझिएको छ भने उनको मृत शरीरलाई बाल्टिमोरमा राखिएको समेत जानकारी प्रिन्स जर्ज काउन्टीका प्रहरीले दिएका छन् । आफ्ना परिवार बाहेक अन्य कसैलाई पनि यस बारेमा जानकारी दिने नमिल्ने प्रहरीले बताएका छन् । सामाजिक संजाल फेसबुकमा (अनुहार किताब)उनको खाता गीतन उप्रेती रहेको छ । यस बारेमा बिस्तृत जानकारी लिन जासुस (डिटेकटिभ) शेफर्ड संग सम्पर्क गर्न सकिने छ । मृतकका आफन्त ,साथीभाई ,इष्टमित्र ,छरछिमेकि तथा जो सुकैले पनि उनका परिवार सम्म पुर्याउन पिजीपिडी/सिआईडी – ३०१ -७७२-४९२५(301- 772 -4925 ) अथवा मा सम्पर्क गर्न सकिने छ । उनको कसरी निधन भएको हो भन्ने बारेमा प्रहरीले जानकारी दिएका छैनन भने नजदिकका नातेदार र परिवारलाई मात्र भन्न सकिने भएकोले यस बिषयमा थप जानकारी लिएर आउने छौ । यस बिषयमा नेपाली मूलका मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारीको कार्यालयसंग प्रिन्स जर्ज काउन्टीका जासुस शाखा (डिटेकटिभ ब्रान्च बीच सम्पर्क भै रहेको छ । भण्डारीले रिड नामक डिटेकटिभ (जासुस )संग सम्पर्क गरेको र उक्त मुद्धाको मुख्य व्यक्ति (नेतृत्व )शेफार्ड संग बिस्तृत रुपमा भोलि जनवरी ११ का दिनमा कुरा गर्ने जानकारी दिनु भयो । यस बिषयमा कुनै पनि जानकारी चाहिएमा सभासद भण्डारीको मेरिल्याण्डको राजधानी एनापोलिस स्थित संसदीय कार्यालयमा सम्पर्क गर्न सकिने भण्डारीको कार्यालयले बताएको छ । सम्पर्क संख्या ३०१ – ८५८ – ३५२६ ,४०१ -८४१-३५२६  तथा टोलफ्री (कर नि:शुल्क)संख्या -१-८०० -४९२ -७१२२ -एक्सटेन्सन ( विस्तार )३५२६ मा गर्न सकिने छ । https://www.enepalese.com/2020...

ktmpost · Jan 14, 2020 8:55 AM · 2,188 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion