प्रियंकाको ब्याचलर पार्टी थाइल्याण्डमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फिल्मी फण्डा । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर गत असारमा विहे गर्ने तयारी गरेकी थिइन् । त्यो असार बितेर अर्को असार आउन लाग्दा समेत उनले विहेको सुरसार गरेकी थिइनन् ।   गत असारमा आयुष्मान र आफू दुवै जना काममा व्यस्त भएकाले त्यतिञ्जेलसम्ममा काम सक्ने र घरजम गर्ने बताएकी थिइन् । ऋचा शर्माको रिसेप्सनमा उनका आफन्तको समय नमिल्ने भएकोले यो वर्ष विवाह नगर्ने बताएकी थिइन् । तामझामकासाथ इन्गेजमेन्ट गर्ने, विहेको घोषणा गर्ने तर विहे नहुँदा आयुष्मान र प्रियंकाबीच खटपट भएको गसिप पनि चलेको थियो । हालै प्रियंकाले आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् । ‘कसले बिहे गर्दैछ ?’ भनेर फ्यानलाई सोधेकी छिन् । स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । ‘हेल्लो जिन्दगी’ पछि प्रियंकाले अरू फिल्ममा काम गरेकी छैनन् । यो फिल्मको छायांकन सकिएको ६ महिना बितिसकेको छ । केही वर्ष अघिसम्म दिनरात फिल्मको छायांकनमा व्यस्त हुने प्रियंका यतिबेला एकातिर म्यूजिक भिडियोमा व्यस्त छिन् भने अर्कोतिर ‘भिजिट नेपाल २०२०’ को क्यालेण्डर निर्माणमा व्यस्त छिन् । http://filmyfanda.com/2020/01/... Last edited: 16-Jan-20 10:47 AM Last edited: 16-Jan-20 11:02 AM

ktmpost · Jan 16, 2020 10:11 AM · 3,702 views

1 Reply

हेर त् मेरी प्यारीको गुप्ताङ्गमा स्पर्श गरेकी .... कस्तो न्क्चरी मोरी ! तर जान्ठीहरु सबको कँडो चैँ सहि छ !

Nas · Jan 16, 2020 5:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion