घरभित्र छोराछोरीलाइ पनि "तँ" भन्न नपाइने - अनौठो आचार संहिता (११ बुँदा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुन्न मन नलाग्ने, पढ्न मन लाग्नेले भिडियोको तल हेर्नुस् मैले पढेका सबै बुँदा तपाइ आँफैले पढन पनि मिल्छ (भिडियोमा बोनस चाँहि ओलिको रमाइको भाषण हो ;) https://www.youtube.com/watch?... घर भित्र छोराछोरीलाई पनि "तँ" भन्न नपाउने तर नेताहरु मान्छे कुट्दै हिँड्ने १. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ । २. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिक पूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ । ३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नुहुँदैन । ४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ ।उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ । ५. समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उमेदार बन्न बन्देज लगाउनुपर्छ । ६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ । ७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ । ८. समाजवादी संस्कृतिको आधार सामूहिक जीवन प्रणाली हो । सामूहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न सकियो भने सामूहिक जीवन प्रणाली विकास गर्न सकिन्छ । त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्छ । ९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ । १०. समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सँजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ । ११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो ।मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त,कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टीसदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रनेसदस्यलाई कानुनसंग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।

AnandNepal · Jan 22, 2020 10:06 AM · 3,683 views

6 Replies

"समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ" सक्नेले बहु बिवाह किन नगर्ने ! म त् भन्छु पाल्न सक्नेले जति बिवाह गरे पनि हुन्छ ! तेस्मा सरकारको गाँड किन दुखाइ ? इस्लामिक देशमा ४ जना बिहे गर्न सकिन्छ मज्जाले ! अझै हुने खानेले त् अनगिन्ती बिहे गर्छन ! पुरुषहरुले रन्डीबाजी गर्नको मुख्य कारण नै म्नोग्यामस रिलेसन हो ! तेसैले बहु बिवाहलाइ कुरीति भन्न मिल्दैन ! बहुविवाह लगतै समाजमा भएका रन्डीबाजी तेसै समाप्त हुन्छ ! छाउपडी हाम्रो नारिहरुको सुन्दर परम्परा हो ! तर खाते वेस्टर्नरहरुले एस्लाई नेगेटिभ रुपमा लिएको छ ! परम्परामा केहि गलत छैन ! हाम्रो गरिबीको कारणले हामीले हाम्रा नारीहरुलाई भौतिक आधारले सम्पन्न छाउपडीको व्यवस्था गर्न सकेको छैन ! बरु एस्तो कुरामा हामीले ध्यान दिन पर्छ ! हाम्री नारीहरु कसरि मोडर्न छाउपडीमा सुरक्षित रुपमा आनन्दसंग नछुने भएको बेला सुख् सुबिधामा आराम लिन सकुन भन्ने कुरोमा समाज त् सरकारको ध्यान जान पर्छ ! कुन चाइ नारीलाई मज्जाले हिन्दि सिरिएल हेर्दै छाउपडीमा रमाउन मन पराउदैनन होलान !

Nas · Jan 22, 2020 12:14 PM

नास दाइ, बहुविवाह गरे आजीवन तिनारु को बोझ खप्नु पर्छ, फेरी दस वर्षपछि जस्ती तपसी पन्नु जस्तो देखिएपनि मुजी मन मरे पछि हिसिला यमी जस्तै. बरु बहुसंभोग लाइ बढावा दिन पर्छ, मन मिले सुत्न पाइने विदाउट रोक टोक, ससुरो मुजी बाहिर आँगन मा हुक्का तान्दै, गोर्खे मुजी भित्र साली पड्काउँदै.

underwear · Jan 22, 2020 12:21 PM

मनाङे दाइले .. कानुनको ब्याख्या गरेछन फेरि .. https://www.youtube.com/watch?... स्क्रिप्ट चाँहि यत्ति हो एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि थप्पड हानेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले गलत कार्य गर्नेलाइ कुटेरै तह लगाउनुपर्ने , यस्ता सानातिना कुरामा प्रहरिलाइ दुख दिन नहुने बताएका छन्। मनांगेले लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितको उदघाटनको क्रममा अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए। उनले गुरुंगलाइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने हो मैले पो हानें। भन्दै यस्तो भनेका छन - तेस्तै दीपक मनाङेले गुरुंग्लाइ अनमियतता गरेको आरोप पनि लगाएका छन ।

AnandNepal · Jan 22, 2020 12:23 PM

"बहुविवाह गरे आजीवन तिनारु को बोझ खप्नु पर्छ" हा हा हा ! "कट्टु" सत्य ! (पन इन्तेंदेद ).... साला एउटीको बोझ खप्न सारो छ..... हाहा .... अभागीहरुले मात्र बिवाह गर्छन ! तर पनि सबैको मिले मतो र करकाप बिना कोहि बहु बिवाहको लागि राजि हुन्छन भने तेस्मा सरकार बाधक हुनु हुन्न ! तर यो साला बिवाह भनेकै खालि "लाइसेन्स टू सेक्स" मात्र हो ! तेसैले अन्दर्वेर ब्रोको "बहु सम्भोग"को कुरो मा सोर्है आना मेरो सहमति छ ! "बहु सम्भोग" हाम्रो नैसर्गिक अधिकार हो ! यसै सम्बन्धि मेरो आदि गुरु बा को यो दिव्या उपदेश टक्र्याउन चाहान्छु ! https://youtu.be/eoJLnNL454M

Nas · Jan 22, 2020 12:38 PM

@Nas "Video unavailable" भन्यो

AnandNepal · Jan 22, 2020 9:12 PM

तेही लिंकमा फेरी क्लिक गर्नुस आनन्द ब्रो ! मेरो परम पुज्य गुरुजीको महावानि हरेक नेपालि पुरुषले सुन्नै पर्छ !

Nas · Jan 23, 2020 12:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion