श्रृंखलाले स्वीकारिन् सिशनसँगको प्रेम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्व मिस नेपाल श्रृंखलाले स्वीकारिन् सिशनसँगको प्रेम List Khabar 4 hours ago मनोरंजन Leave a comment 136 Views काठमाडौं– पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो। उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए। टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो। इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए। तर यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्। प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकि छन्। उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन्। पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । विशेषगरि, श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएको थियो । तर, सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै थिए । तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ–‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’ श्रृङ्खलाको यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको वुझ्न सकिन्छ । सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ । https://listkhabar.com/2020/02...

ktmpost · Feb 14, 2020 2:09 PM · 5,845 views

1 Reply

यस्तै टासेर बस्नु संगै छोल्दै बस |

logan · Feb 15, 2020 9:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion