राणा परिवारले खुट्टाको जल पिएर दिए विश्वकर्मालाई आफ्नी छोरी काठमाडौं, ४ माघ । पछिल्लो समय अन्तरजातिय विवाह अलि बाक्लै हुन थालेको छ । हालै काठमाडौंको बानेश्वर ब्याँकेटमा भइरहेको एक अन्तरजातिय विवाहले पनि सबैको ध्यान तानेको छ । बाजागाजा सहित हिन्दु धर्म परम्परा अनुसार राणा परिवारको छोरी र विश्वकर्माको छोराबीच विवाह भइरहेको थियो । हिन्दु धर्म परम्परा अनुसार जग्य बनाइएको थियो भने , परिसरमा नौमती वाजा वजिरहेको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको जल खाँदै थिए । कुनै जमानामा दलितले छोएको पानी पनि नखाने कुरितीलाई ठाडो चुनौती दिँदै राणा परिवारले विश्वकर्माका छोराको गोडाको पानी पिएर छोरी अन्माइरहेका थिए । समाज परिवर्तनका लागि अन्तरजातिय विवाह गरेर उदाहरण राखेको यो परिवारले गोडाकै जल किन खाएको होला ? परिसरमा केहीले यस्तो पनि भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि । जलखान जरुरी छैन उनीहरुको तर्क थियो । तर दुलहीका मामाले जवाफ फर्काए छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । बेहुली पक्षकाहरुले धमाधम छोरी ज्वाईको गोडा धुन थालेपछि आएको यस्तो श्वमा दुलहीकी आमाले पनि जवाफ दिइन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त । यो महान विचार सहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छुवाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको विभेदलाई हटाउनका लागि ललितपुरका राणा परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् । ललितपुर गोदावरीका राजवहादुर राणा र भूमिका राणाले आफ्नी छोरी सुम्निमा राणालाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासंग विवाह गरिदिएका हुन् । सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखि नै काम गर्दै आएका छन् । उनीहरुवीच केही समय अगाडिदेखिको प्रेम थियो,लामो समय प्रेममा रहेका यि जोडीले आमाबुवाको अनुमतिमा आफ्नो लगनगाँठो कसेका हुन् । केटा पक्षवाट छोरी माग्न राणाको घरमा गएपछि कुनै नाइनास्तीबीना विवाह तय भएको थियो । दुवैपक्षका नातागोता, आफन्त इष्टमित्र भेला भई दुवैलाई जग्गेमा राखी विवाह गरिदिएका हुन् । दुलहा विश्वकर्मा समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोरा हुन् । उनी अमेरिकामा बसेर मास्टर गर्दैछन् भने सुम्निमा पनि अमेरिकामा बसेर आइटी इन्जिनियर गरी काम गरिरहेकी छन् । उनी सेन्ट जेभिएर स्कुलकी फष्ट विद्याथी थिईन् । दुवै वीच भएको मगनी विवाहले समाजमा व्याप्त रहेको जातपात व्यवस्था केवल जातिवादी आडम्वर र रुढीवादी सोच रहेकोले प्रमाणित गर्दै यस्तो अन्तरजातीय विवाहले सवै जातिवीचमा भाइचारा, एकता र सहिष्णुता कायम गर्न उदाहरण दिएको छ । तस्बिर दलित अनलाईनवाट http://etajakhabar.com/304970/
ktmpost · Feb 18, 2020 8:53 AM · 20,343 views
I salute the rana family and the inter Caste marriage. The caste system is old and discriminatory and we dont need it but so is the old fashioned drinking dirty fert water of son in laws. It is disgusting and shoukd be stopped just like caste system discrimination.
ehho2 · Feb 18, 2020 1:09 PM
Those fucking sankaracharya and writer of Upanishad brought caste system to make their race powerful. Good start.
logan · Feb 18, 2020 7:14 PM
may be you should change your mindset and start reading Upanishads again. these are the only philosophies that says this and that are the same. you will find abt caste system, you will also find about cow slaughter in upanishads...it depends on what you are looking for from the philosophy.
khaikhok · Feb 25, 2020 4:17 PM
सन्स्क्रित का ज्ञाता नै धर्मका मुहान थिए | ब्र्हाम्हणका मुख बाट निक्लेका शब्द नै शास्त्र ठानिन्थ्यो | सन्क्रित को पठन पाठन्को जिम्मा ब्राम्हण जालिले लिएर कब्जा गरे त्यो उपनिसद कहाँ पढ्ने र के छ कस्लाई ज्ञान छ र ? जात भात को श्रीजना दक्षिण भारतीय शंकराचार्य बाट सुरु भएको हो जस्तो लाग्छ ? बेद ४ हजार बर्ष अघिको हुनु पर्छ भने छुवाछुत आएको 2000 बर्ष मात्रै भएको होला ( Before Christianity / Islamism) . Last edited: 26-Feb-20 09:22 PM
Logan · Feb 25, 2020 6:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion