सोमबार अपरान्ह सवा ३ बजे अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीमा एउटा अलर्ट पठायो । 'काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्रहार गरी आत्महत्या गर्ने प्रयास गरिरहेका छन। चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुहोला । म्यासेज आउनसाथ सिआइबीको टोली जुट्यो। ती युवकको प्रोफाइल हेरेर 'टेक्निकल इन्टेलिजेन्स'मार्फत लोकेसन पत्ता लगायो। लोकेसनमा कालिमाटी एरिया देखायो। सिआइबीले तत्काल कालिमाटी वृतका डिएसपी रुगम कुँबरलाई घटनाक्रमबारे जानकारी गरायो। सिआइबी र कालिमाटी प्रहरी लोकेसन अनुसार घर खोज्न व्यस्त भए। तर बाक्लो घरहरु भएको काठमाडौंमा कुन घरमा ती युवा वस्छन भेट्न सकस भयो। रविभवन पुगेपछि प्रहरीले ती युवाको प्रोफाइलबाट फोटो देखाएर स्थानीयसँग सोधपुछ गर्न थाल्यो । बल्लतल्ल एक जनाले प्रोफाइल फोटो हेरेर ती घरमा बस्ने युवाबारे जानकारी दिए। रविभवनको साढे २ तल्ला घरको भुँइतल्लामा प्रहरी पुग्दा ती युवक फेसबुक लाइभमा आएर छातिमा चक्कु हानिरहेका थिए। प्रहरी पुग्दा उनले आइ लाइभ किल माइ सेल्फ । आइ एम फस्टटेडेट लाइफ भनि चिच्चाइ चिच्चाइ चक्कु हानिरहेका थिए। प्रहरीले तत्काल उद्धार गरी मेडिकल जाँचका लागि अस्पताल लिएर गएको सिआइबीका साइबर सेलका डिएसपी पशुपति रायले बताए। त्यसपछि साँझ उनको परिवारको जिम्मा लगाइएको रायले बताए। 'चक्कु फुत्ते खालको परेछ, धारिलो भएको पनि उनको ज्यान जाने रहेछ, ' उनले भने। चक्कुले हान्दा ती युवाको छातिभरी निलठामै निलठाम छ। काभ्रे घर भइ रविभवनमा डेरामा बस्दै २९ वर्षीय ती युवक विज्ञापनसम्बन्धि काम गर्छन । अनुसन्धानका क्रममा उनको प्रेमिका अष्ट्रेलियामा भएको र लामो समयसम्म भेट हुन नसकेपछि उनी चिन्तित रहेपछि त्यसो रहेको डिएसपी रायले बताए। ती युवकलाई उनको प्रेमिका बेला बेलामा पैसासमेत पठाइदिने गरेकी थिइन । चक्कु हान्दाहान्दै युवाको रेस्क्यु गरेपछि फेसबुकले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ। -प्रकाश ढुंगाना
ssk · Feb 18, 2020 7:44 PM · 4,108 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion