‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन ! हार्दिक श्रद्धान्जली’ काऱ्टुनिष्ट रविन सायमिले "जनवादीकाे जन्मदिन !" भन्दै यो कार्टुन शेयर गरेका थिए ट्विटरमा। ठ्याक्कै त्यस्तै घटना भएको छ सल्यानको शारदा नगरपालिका–८ मा । रुखबाट लडेर घाइते भएकि २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा निधन भएको छ । https://youtu.be/t_49SWSscr0 आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा शेयर गरेको जानकारि अनुसार दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टर उद्धार गर्न नसकेपछि उनको ज्यान गएको छ । उनि लेख्छन ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’ सिद्धार्थ गौतमको स्ट्याटस यस्तो छ : उनि मेरि फुपु कि छोरि बहिनि😞 गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना आचार्यको उपचार काठमाण्डुमा मात्र सम्भब भएको र उन्लाइ हेलिकप्टर बाट मात्र उद्दार गर्न सकिने सल्यान अस्पतालका डाक्टर हरुले सिफारिस गरे।एम्बुलेन्स बाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टर हरुको भनाइ थियो। यो परिस्थितिको श्रीजना पछि शानपा प्रमुख,यो प्रदेशका मन्त्री,प्रदेश सभासद,प्रमुख जिल्ला अधिकारि,केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे। प्रयास स्वरुप सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो।कागजको ओहोर दोहोर र कागजले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुख बाट लडेको करिव ९ घण्टा बिति सकेको थियो। कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन। हेलिकप्टर बाट छोरिको उद्धार गरि छोरी लाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा,आमा,नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राती कल्पनाको दुखद निधन भयो। बिडम्बना! सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन।राज्यका अङ्ग हरु परिचालित हुदाहुदै पनि एउटा मिसन पुराहुनसकेन। तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ?यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को सम्यन्त्र तयार गर्नुपर्ने हो कि?राज्य सम्यन्त्र निर्देसित मात्र देखियो,यस्लाइ उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदै छ कि? तिमि यस्तो देश मा जन्म लियकि थियौ जहा केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन्। माफ गर बहिनि। हार्दिक श्रद्धान्जली बहिनि। तिम्रो आत्माले शान्ती पाओस।
AnandNepal · Feb 26, 2020 12:33 PM · 2,292 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion