नेपाल आएर सारीमा मख्ख : बर्तमान मिस वर्ल्ड नेपालमा अनुष्कार शृंखलाले स्वागत गरे https://youtu.be/bLb27ZRyHA8 बर्तमान मिस वर्ल्ड टोनी एन सिंह तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन्। मिस वर्ल्ड २०१९ सिंह र मिस वर्ल्ड प्रतियोगिता आयोजक संस्थाकि अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत उनि संगै नेपाल आएका छन । मार्च ५ २०२०, बिहिबार मध्यान्ह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेको यो मिस वर्ल्ड टिम संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएको समाचार मा उल्लेख गरिएको छ । यो टोलिलाइ त्रिभुवन विमानस्थलमा बर्तमान मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले र अघिल्लो बर्षकि मिस नेपाल वर्ल्ड शृंखला खतिवडाले स्वागत गरेका थिए। मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपालमा निमन्त्रणा गरेको र सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएको बताएको छ। मिस वर्ल्ड र उनको टोलि यहि शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले मिस वर्ल्डमा बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अघिल्लो बर्षको मिस वर्ल्डको बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट पूर्व मिस नेपाल श्रृंखला खतिवडाले मकवनपुरमा गरिरहेको प्रोजेक्ट पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ। तिनै प्रोजेक्टका बिवरणहरु समावेश गरेको भिडियो कै आधारमा श्रेष्ठ र खतिवडाले ‘ब्युटी युथ पर्पोस’को टाइटल जित्न सफल भएको हुनाले ति प्रोजेक्ट मिस वर्ल्डको प्राथमिकतामा परेका हुन।
AnandNepal · Mar 5, 2020 12:19 PM · 4,973 views
नेपाल आँफ्नो अर्को घर जस्तो लागेको बिश्व सुन्दरि टोनि एन सिंह को भनाइ (पढ्न मन लाग्नेको लागि स्क्रिप्ट भिडियोको तल छ ) https://www.youtube.com/watch?... बर्तमान बिश्व सुन्दरि टोनि एन सिंह अहिले हेलम्बुको भ्रमणमा छिन - बर्तमान मिस वर्ल्ड बिउटि विथ अ पर्पोज उपाधि जित्न सफल भएको मिस नेपाल अनुष्का ष्रेष्ठको प्रोजेक्टको अबलोकन गर्नको लागि । त्यहाँ पुगेर मिस वर्ल्डले सो प्रोजेक्टको अवलोकन गर्न पाउँदाको खुशि ब्यक्त गरिन। जिन्दगि मा कहिल्यै पनि नेपाल आउँछु होला भनेर नसोचेको बताउँदै टोनिले यसो भनिन: मिस वर्ल्ड २०१९ चुनिएपछि टोनि एन सिंह ले अहिले सम्म ७ देश घुमिसकेकि छिन - अनि, उनको नेपाल भ्रमन मिस वर्ल्डको रुपमा आठौं देशको भ्रमण हो । जमैकाकि नागरिक टोनिले भ्रमण गरेका ७ देशहरुमा - मिस वर्ल्ड प्रतियोगिताको आयोजक देश बेलायत, उनको आँफ्नै देश जमैका को भ्रमणलाइ पनि गनिएको छ । तेस्तै उनि गएको तेस्रो देश दक्षिण अफ्रिका थियो । उनलाइ नेल्सन मण्डेलाको नाति चिफ मण्डेलाले आँफ्नि आमाको ७०औं जन्मदिन मनाउने कार्यक्रममा मिस वर्ल्ड टोनि एन सिंहलाइ प्रमुख अतिथि हुन निमन्त्रणा दिएका थिए । त्यस भ्रमणमा उनले मेभेजोका स्थानिय स्कुलका बालबच्चालाइ बिउटि विथ अ पर्पोज अन्तरगत १३०० जुत्ता पनि बाँडेकि थिइन। टोनिले त्यस पछि मरिसस को भ्रमण गरेकि थिइन । मरिसस पछि उनले भ्रमण गरेको देश इन्डोनेशिया थियो । उनि मिस वर्ल्ड इन्डोनेशिया २०२० को अवसर पारेर इन्डोनेशिया पुगेकि थिइन । त्यस पछि अमेरिकाको सिकागो पुगेर उनले अन्तरवार्ता दिएकि थिइन । उनि आयोआमा सम्पन्न भएको भेराइटि टेलेथोन पुगेर त्यहाँ उनले ४० लाख ८४ हजार भन्दा बढि रकम उठाउन सहयोग गरेकि पनि थिइन । दुइ बर्ष लगातार बिउटि विथ् अ पर्पोज अवार्ड जितेको नेपाल उनको भ्रमणको आठौं देश बनेको छ । नेपालमा उनलाइ मिस नेपाल अनुष्का श्रेष्ठ अनि पुर्व मिस नेपाल शृंखला र मिस नेपाल आयोजक संस्था लगायतले स्वागत गरेका थिए।
AnandNepal · Mar 6, 2020 9:14 AM
https://youtu.be/uiDOP5U9JwQ मिस वर्ल्ड टोनि एन सिंह को नितांत नयाँ अनुभव जिवनकै पहिलो हेलिकोप्टर यात्रा बर्तमान मिस वर्ल्ड टोनि एन सिंहको तिन दिने नेपाल भ्रमण बिशेष भएको छ - उनको जिन्दगिमा नै उनले पहिलो पटक हेलिकप्टर चढेने अनुभव गर्न पाएकि छिन । मिस नेपाल 2018 श्रिंखला खतिवडाले खिचेको टोनिएनले जिन्दगिमा पहिलो चोटि हेलिकप्टर चढदै गरेको यो भिडियो मा उनि निकै नै उत्साहित देखिएकि छिन । उनको साथमा बिश्व सुन्दरि प्रतियोगिता आयोजक संस्थाकि अदक्ष जुलिया मोर्ले पनि देखिन्छिन । तेस्तै, बर्तमान मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ र गत बर्षकि मिस नेपाल वर्ल्ड श्रिंखला खतिवडा लगायतको टोलि अर्को हेलिकप्टरमा हेलम्बु र मकवानपुरका बिउटि विथ अ पर्पोज उपाधि जित्ने साइटहरु पुगेका थिए । यि दुइ वटा साना भिडियो क्लिपहरु अनुष्का श्रेष्ठले शेयर गरेकि हुन। अनुष्काले उनको परिचय भिडियो खिच्नको लागि पनि यहि हेलिकप्टर प्रयोग गरेको बताएकि छिन। मिस वर्ल्ड र मिस वर्ल्ड आयोजकहरुले भ्रमण गरेका यि दुबै साइट अति नै बिकट ठाउँमा रहेका छन। नेपालि सुन्दरिहरुले प्रस्तुत गरेका beauty with a project भिडियोमा यि ठाउँका हृदयबिदारक दृष्यहरु मन छुने तरिकाले प्रस्तुत गरेका थिए ।
AnandNepal · Mar 8, 2020 9:42 AM
This is the list of TOP 10 BWAP of Miss World 2019 नेपाल यि १० मद्धे उत्कृष्ट ठहरिएको हो । अहिले मिस वर्ल्ड र आयोजक संस्थाकि जुलिया मोर्ले यहि साइट हेर्न आएका हुन । https://www.youtube.com/watch?...
AnandNepal · Mar 8, 2020 11:35 AM
तालिठोक , झ्याम्टा झम्ट्याउ , बोका हरुलाई हर्सको समाचार निन्द्रा नपर्ने भो ?
logan · Mar 11, 2020 5:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion