करुणा भाइरस: बच्ने कसरि ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोरोना भाइरसले भन्दा फ्लुले बढि मान्छे मार्छ तर, किन सबै कोरोना कोरोना भनेर तर्सिरहेका छन ? यो प्रश्न जायज लाग्छ किनकि फ्लु र कोरोना भाइरसका लक्षण उस्तै उस्तै हुन्छ। दुबै भाइरसले ज्वरो आउँछ, जिउ दुख्च, खोकि लाग्छ, आलस्य हुन्छ। अनि, कोरोना भाइरस धेरै नफैलिएको देशमा कोरोना लाग्नु भन्दा फ्लु लाग्ने सम्भावना बढि छ । युसिएलए का सरुवारोग बिसेशज्ञ डा. अट्टो यांग भन्छन - "यसको मुख्य कारण डर हो। चिनिरहेको दुस्मन भन्दा नचिनेको दुश्मन बढि डरलाग्दो हुन्छ।" त्यसो भए, कोरोनाको बारेमा हामिलाइ के के थाह छैन त? खासमा केहि पनि थाह छैन। थाह भएकाले भनेको कुरा पनि पत्यार लाग्दैन। नछोइ सर्दैन भन्छन तर कस्ले पत्याउने? अनुहारमा हात नलगे सर्ने सम्भावना एकदमै कम हुन्छ भन्छन, तर बिश्वास नै लाग्दैन। भर्खर आएको नयाँ भाइरस, देखिने पनि होइन। अनि सबै भन्दा डरलाग्दो कुरा खोप पनि छैन, औषधि पनि छैन। आँफै सन्चो हुन कुरेर बस्नु पर्छ भन्दा कम्ता डर लाग्दैन - मरियो भने के गर्नु - यहि एउटा ज्यान त छ - त्यै पनि गयो भने त सकिएन, सबै सपना, इच्छा आकांक्षा, दुख सबै कोरोना भाइरसले ? फ्लुले मान्छे मर्छन - अमेरिकामा सेप्टेम्बरबाट शुरु भएको फ्लुले १८,००० मानिसहरु मरिसके रे। ति मर्नेहरु फ्लु लागेमा मद्धे झण्डै ७ प्रतिशत हुन। कोरोनाको केसमा WHO ले जारि गरेको रिपोर्टमा जम्मा ३.4 प्रतिशत मान्छे मात्रै मरेका रहेछन। त्यसरि मर्नेमा पनि ४० बर्ष मुनिका त छँदै छैनन भने पनि हुन्छ -- हजार जनामा २ जना मात्रै । अनि फ्लु एक पटक लागेपछि शरिरले फ्लुसंग लड्ने क्षमता बिकास गर्छ र एक चोटि लागेपछि फेरि फ्लु भाइरससंग संसर्ग भए पनि त्यहि फ्लु भने लाग्दैन । तर, कोरोना नयाँ भाइरस भएको हुनाले शरिरले प्रतिरोध क्षमता बिकास गरेको छैन । तेसैले संसर्गमा आउने सबैलाइ लाग्न सक्छ । कोरोनाको लागि भ्याक्सिन बनिसकेका छन तर, साँच्चै कामलाग्ने बनाउन कम्तिमा पनि १८ महिना सम्म लाग्न सक्छ भनेर डाक्टरहरु भन्छन । फ्लुको भाइरस रोगिले खोक्दा र हाच्छ्युँ गर्दा ३-६ फिट भन्दा टाढा बसेको मानिसलाइ सर्दैन। तर, कोरोना कसरि सर्छ भन्नेकुरामा प्रष्ट नभएको बताइन्छ। त्यो भन्दा टाढासम्म सर्छ कि भन्ने शंका गरेर नै बिरामिलाइ छुट्टै राखेको हुन सक्छ भनेर जानकारहरु बताउँछन। अहिले सम्म बैज्ञानिकहरु रोगिले छोडेका भाइरस त्यत्तिकै सतहमा कति समय ज्युँदै हुन्छन भन्ने पनि निर्क्योल गरिसकेका छैनन । कोरोनाको बारेमा मैले बनाएको एक भिडियो हेर्नुहोस : https://youtu.be/kCnE2ZFwo60

AnandNepal · Mar 12, 2020 6:31 PM · 2,172 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion