आधुनिक पंडितज्यु अनि पण्डित्याई !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुजा आज्ञा , श्राद्द , बरखी आदि इत्यादि को चलन हाल चलि रहेको जस्तो अबस्य पनि न होला | समय सापेक्ष यसमा मर मसला थपिदै आए होला बिसेस गरि तागाधारी समाजमा | बाउ जहिले पनि २ जना अट्ने गलैचा मूल ढोका बाहिर को अटानमा बस्थे अरु हरु गुन्द्रीको बसाइ वा मुडामा बसेर भलाकुसारी गर्थे भने कसै कसैले राडी को बसाइ पनि पाउथे | अथितिका स्तर अनुसार बिछाई हुन्थे भन्नु पर्यो | कुराको चुरो चै यो घर घरमा कार्पेट बिछ्याउने चलन नेपाल छिरेको कति भयो होला ? आजकल कार्पेट ताष्ने मात्र होईन लघु र दिर्घसंका गर्ने कुटीमा समेत मोजाईक दलाएर अकाल काल निम्त्याई पनि गरेको देखियो ( चिप्लिएर हर भाच्चिने ) हाम्रा आधुनिक पण्डित ज्यु का घरमा पनि यी आधुनिक सुबिधाको जोगाड र प्रयोग भै सकेको छ | पण्डित ज्युका पण्डित्याइ कुन आधारमा गरिन्छ भन्ने कुराले मेरो दिमागले उत्तर खोजेको क्रममा यो धागो सृजना भएको हो अनि जात र जातीयताका कुरा गर्यो भन्ने हरु लाइ तेस्तो होईन | खालि कुन Logic अनि कहा लेखिएको छ भन्ने कुरा मात्रै हुन् | मेरा छिमेकी बुवा को आज निधन भएछ | समाबेदना दिन फोन गरे , दाइहरु सबै सागर जानु भएको बेला परेको हुनाले भाउजु संग कुरा भयो | वहा कार्पेट काट्ने निकाल्ने मानिस न पाएर हैरान | यो त श्राद्द गर्नु अघि बिरालो खोज्ने को कुरा झैँ लाग्यो | कार्पेट मा बस्न हिड्न नहुने हुनाले ढिकुरो बस्ने ठाउ देखि बाथरूम सम्मको कार्पेट निकाल्न लगाएछन | हामीलाई पनि स्वर्गासी लाइ स्वर्गनै पुर्याउनु पर्ने प्रलोभनमा गुरुले जसो भने तेसै गर्ने पर्यो , यो तर्क गर्ने, किन, कसो , कहा कहिले भनि सोध्ने बेला होईन | प्रश्न एति मात्र हो किन हाम्रा आधुनिक पण्डित ( रेडलेबल दनकाउछन ) यी मामलामा आधुनिक हुन् सक्दैनन् ? कार्पेट र बरखी संग के साङ्गो पंग छ ? अस्तु Last edited: 28-Mar-20 12:06 PM

Logan · Mar 28, 2020 12:04 PM · 5,292 views

2 Replies

Paisa Ali diye po Black/Blue level kinna pauthe ta.... mula haru le thorai diyera hola ni gakchhina. Adharmi haru...

Debin · Mar 30, 2020 1:59 AM

जे भन्दिए पनि भै हाल्यो , तिनको जाने होईन / स्वर्ग पुर्याउने जिम्मा लिएकाले भनेको सुन्ने पर्ने !

logan · Mar 30, 2020 8:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion