यस कथाका पात्र सबै काल्पनिक हुन्, कसै संग मेल खान गएमा संयोग मानिदिनु होला... एकादेशमा एउटा साझा नामको अति सुन्दर फुलबारी थियो, अनी थिए त्यो फुलबारी मा मल जल गर्न मद्दत पुर्याउने केहि हस्ती माली हरु, जस्तै राहुल भाई, नेपे, सीतारा, John _Gait , डल्ली_रेशम etc (अरु पनि धेरै छन् है) त्यो साझा बारी मा सबैले आफ्नो आफ्नो धारणा राख्ने अवसर पाउथे, र त्यो बारी मा घुम्नु एउटा छुट्टै मजा थियो। केहि समय बित्यो, फुलबारी मौलाउदै थियो, अचानक केहि हुलहुज्जत वाला हरु बारीमा पसे र त्यहा परिवार सहित घुम्न आउने हरु लाइनै अप्ठ्यारो पर्ने किसिमको अपाच्य र अबिशिस्ट शब्द को प्रयोग हुन थाल्यो/ शुरुमा त कन्ट्रोल गर्न ज्यापू दाइले नया नियम निकाले र हुलहुज्जत गर्ने हरुको शब्द हरुमा बन्देज लगाउने / त्यसले केहि हद सम्म त काम गर्यो तर अफसोच त्यसले गर्दा दाइ को फुलबारी मा विचरण गर्न आउने को संख्या स्वाट्टै घट्यो, अनि त्यसरीनै उनको कमाइ पनि/ उसले सोच्यो 'हैन लाड़ो, पुती, चिक्ने जस्ता भेराइटी का फूल बिना त साझा फुलबारीमा कोहि पनि विचरण गर्न नआउने रहेछ।यसलाई बन्देज गर्नु भनेको आफनै पेटमा लात हान्नु हो '। यो सोचेर उसले हात खुट्टा छोडिदियो, अनि जसले जे रोपे पनि हुने भनेर आँखा चिम्लिदियो / अब को दिन यस्तो आयो कि बारी मा सबैले जे पायो त्यहि रोप्न थाले, त्यहाँ कसैले पूति रोपे, अनि लाड़ो ले गोडमेल गरे, र यसरि चिक्ने र गुलाको बालि फ़स्टाउदै गयो।राम्रा राम्रा फुलरूपी थ्रेड हरु भन्दा पनि कसले-कसको-कसलाई चिक्यो अथवा चिकेन भन्ने थ्रेड हरुले नै फुलबारी मा श्रेय पाउन थाले। मैले सुने अनुसार अहिले उनको बारी निकै राम्रो फस्टाई रहेको छ रे अस्तु। Last edited: 05-Apr-20 08:59 AM
The Thamelean · Apr 4, 2020 11:24 PM · 646 views
थमेलियेंन ब्रो ....."ज्यापु दाइ"को साझा "फुलबारी"का "हुलहुज्जत वालाहरु " मध्ये सबै भन्दा अग्रपन्तीमा शायेद म पनि पर्छु होला जस्तो लाग्छ ! बिचरा मेरो प्यारो "ज्यापु दाइ"लाइ दिन सम्म दुखः देको छु नि मैले ! फोटो कर्टेसी: "तिम्रो बा" (साझाको कार्टूनिस्ट) राहुल ब्रो , नेपे ब्रो आदि जनहरुको अनुपस्थितिले अवस्य नै उहिलेको साझा र अहिलेको साझामा धेरै भिन्नता छ ! मेरो बिचारमा हामी जस्ता "अपाच्य र अबिशिस्ट शब्द" प्रयोग गर्ने "मिसक्रियांट" देखि साझाका महान "हस्ती" हरु सबैले यो साझा फुलबारीमा स्पेस पाउन पर्छ जस्तो लाग्छ .....एस लंग एस हामीहरुले वहाहरुले खोल्न भाको धागोमा गएर कसैलाई पर्सनल एटेक नगरी दिए हामि सबै को-एगजिस्ट गर्न सक्छौ जस्तो लाग्छ ! हामि जस्ता "हुलहुज्जत वाला हरु" को "लाड़ो, पुती, चिक्ने" धागो खोलेर पढनै पर्छ भन्ने नि छैन ..... होइन र ब्रो ! उहाहरु आफ्नो धागोमा रमाउनु ... हामि आफ्नो मा ! उहिले म बिद्यार्थी थिए ... योङ्ग ब्लड थिए ....तेस बेला मेरो कटु बचनले कसैलाई चोट पुर्याएको थिए भने यसै धागो बाट माफी माग्न चहान्छु .... उ बेला पनि मैले कसैसंग जोडी कहिले खोजेको थिएँन ... मोस्टली मलाइ नै पर्सनल एटेक गर्थ्यो .... उहाहरु कै कारण पनि मलाइ ३ बर्ष सम्म साझा बाट ब्यान गरिएको थियो .... मेरो प्रिय साथि "यो त भए न नि सोम" ब्रो त शायेद आज सम्म पनि ब्यान नै हुनु हुन्छ होला ! म त जहिले नि अमेरिकाको गाउँ गाउँ चिहार्दै हिंड्ने मान्छे .... नेपालिहरुसंग मेरो कन्ट्याक्ट मिनिमल छ .... म साझामा आउनु को कारण नै मेरा प्यारा नेपालि दाजु भाईहरुसंग आफ्नो दुख सुख बाँटन र ख्याल ठट्टा गर्न मात्र हो ! तेसैले पनि साझाका "हस्ती"हरुले साझालाइ छोडेर गए नि म साझा प्रति सधै लोयल छु ! मेरो फेसबुक भने पनि इन्स्त्याग्राम भने नि साझा नै मेरो घर हो जस्तो लाग्छ ! साझाले गर्दा साझाका केहि केटिसाथिहरुलाइ भेट्ने मौका पनि पाए अनि साझाका "अपाच्य र अबिशिस्ट शब्द" प्रयोग गर्ने ब्रोहरुलाइ नभेटे पनि साझामा उहाहरुसंग कुरा गर्दा गहिरो आत्मियता महसुस गर्द छु ! तेसैले म "ज्यापु दाइ" लाइ के बिनम्र अनुरोध गर्न चाहन्छु भने ... एस लंग एस वि आर रेसपेक्टफुल टू अदर मेम्बर्स अफ दिस बिउटिफुल गार्डेन कल्ड "साझा" वि शुद बि अलाउड टू एक्सप्रेस आओर अनलाइन पर्सोना इभन इन इट्स क्रुडेस्ट फर्म ! 🙏🏿 Last edited: 05-Apr-20 01:42 AM
Nas · Apr 5, 2020 12:57 AM
अरु त यस्तै हो तर ज्यापु भन्ने castist शब्द प्रयोग नगरे बेश हुन्थ्यो
lothar · Apr 5, 2020 1:55 AM
नास ब्रो सहि कुरो गरेउ / बाँच र बाच्न देउ / फुलबारीमा सबै थरि कस फुल हुन्छन , अनि पो फुलबारी / कुनै कुनै फुल देख्दा राम्रा तर गन्ध नमिठो आउने हुन्छन कुनै चाइ देख्दा नराम्रो तर बास्ना राम्रो मिठो आउने / “यो त् भएँन नि सोम “ कुरा गरे पछि नास ब्रो ले बनाउन सुरु गरेको घर को याद आयो अनि PD को पनि :) मान्छे त् तिमि बोके नै हौ / private मा गर्नु पर्ने chat पनि public place मै गर्ने :) जे होस् त्यो सम्बाद पढदा हेर्दा रमाइलो भाको थियो /
salamkrishne · Apr 5, 2020 3:59 AM
अरे ! क्रिश्ने ब्रोलाइ मेरी प्यारी पौलिना दिदिको बारे नि याद छ ? हजुर त् पुरानै साझा मेम्बर पो ?? मलाई कति सारो माया गर्न हुन्थ्यो मेरी पौलिना दिद्ज्यु ले ! हाम्रो साझाको एडमिनले बिचरी दिद्ज्युलाइ "बिम्बो" भन्न भएर साझामा बबाल नै मच्चेको थियो ! आइ मिस अल डोज बिउटीफुल मोमेन्ट्स ! पौलिना दिद्जु, इउ आर अल्वेज इन माइ हार्ट ! 💕
Nas · Apr 5, 2020 5:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion