आँखा चिम्लेर जोखिम भाग्छ? Godi Media Banned in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दूरदर्शनबाहेक सबै भारतीय च्यानल नेपालमा बन्द नेपाल सरकारले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर मुलुकको राजनीतिक र प्रशासनिक नक्सा जारि गरेपछि केही भारतीय सञ्चारहरु नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगातार अफवाह फैलाउनुको साथै उनको चरित्रमाथि प्रश्न उठाएर समाचार सम्प्रेषण गरिरहेका छन् । यसरि ओलीबारे भ्रामक र कपोकल्पित समाचार प्रशारण र प्रकाशन गरेसँगै केहि संचार माध्यम विवादमा परेपछि ति लगायत सबै भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि नेपालमा प्रशारण बन्द गरिएको छ । अहिले भारतीय सरकारि टेलिभिजन च्यानल दूरदर्शनबाहेक अरु सबै न्यूज च्यानलको प्रशारण जुलाइ ९ तार्खि साँझदेखि नेपालमा बन्द गरिएको विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले जनाएका छन् । केही दिनयता भारतिय संचार माध्यमले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार प्रशारण गरिरहेका थिए। सत्यता र कूटनीतिक मर्यादालाईसमेत ध्यान नदिई भारतीय सञ्चार माध्यमहरुले समाचार दिइरहँदा उनिहरु बिरुद्ध कारवाहि गर्न नेपाल सरकारलाइ दवाव परेको थियो । यस बिषयमा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यको हस्तक्षेप पनि प्रभावकारि नभएको बताइन्छ । यस्ता भारतीय सञ्चार माध्यमको हर्कत रोक्न नेपाल सरकार र दिल्लीस्थित नेपाली राजदूतावासले केही गर्न नसकेको आरोप लागेपछि बिहीबार मध्यान्न राजदूत आचार्यले एक ट्वीट मार्फत, ‘बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।’ भन्दै भारतीय सञ्चार माध्यमलाई गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न नेपाली राजदूतावासले भन्दा पनि उनिहरुले नटेरेको बताएका छन । त्यस अघि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि भारतीय सञ्चार माध्यमको कुप्रचारप्रति आपत्ति जनाएका थिए । भारतीय मिडियाको नेपालबारे भ्रामक समाचार सम्प्रेषण रोक्न गरेको आग्रह नेपाल सरकारले बेवास्ता गरेको भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक विज्ञप्ति नै जारी गरेका थिए । https://youtu.be/TUdmMK8x-bM

AnandNepal · Jul 9, 2020 10:20 PM · 2,501 views

1 Reply

माफि आयो https://youtu.be/sI3K6NcKmn0

AnandNepal · Jul 10, 2020 6:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion