tesla stock OMG !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

tesla ले त आज धेरै खुसि दियो त केटा हो, हुन त खुसि भनुम कि दुखि, 3 महिना अगि आदा share नबेचेको भए आज मात्र 40 K जति दाउ लाग्ने रैछ । पहिलो पल्ट आफ्नो दिमागले स्टकको मुल्य अनुमान गरेर ठुलो दाउ खेकेको तेही बेला चिप्लियो । खैर केहि छैन tesla को स्टक ले आज मात्र elon musk को खातामा ६ billion जम्मा पार्यो, उनले warren buffet लाई नि पछि पारे! musk को जय जय होस् उनको कृपा ले यहाँ सम्म आइएको छ, मेरो खाता मा नि आज राम्रै दाउ लाग्यो । अनि सुन न केटा हो आज 1,544.६५ मा close भयो, दिन भरि आज स्टक र साझा ढुक्ने काम मात्र भयो तर अन्त्य धेरै धेरै राम्रो भयो, आजो मेरा स्टोरका भाई हरु लाई नि surprise bonus दिने सोची रा छु आज pay day पनि हो, भाई हरु खुसि हुन्छन । आफुलाई पैले काममा तलब दिने बेला साहु ले कैले कहिँ १०$ extra दिदा नि कम्ता खुसि त लाग्थेन, सबैको तेही त हो । मैले येसो stock गुरुहरु लाई सोध्न खोजेको, यो tesla को दाम किन येसोरी आकासिएको हो ? कुनै समय गर्ल्याम गुर्लुम हुने त होइन crypto जसोरी ? जति मार्केट research गर्दा नि ठोश उत्तर पाउन सकेको छैन । tesla ऐले सम्म नेट loss मा छ तेइ पनि शेर बढेको बढ्यै छ । अस्ति टोयोटा लाई जित्यो आज buffet लाई हरायो अब amazon लाई हराएर नो १ कम्पनी बन्छ भन्छन । धेरैले tesla is futurte भन्छन । मलाई चै मनमा कतै गर्ल्याम गुर्लुम ढल्छ कि जस्तो लागि राको छ । एसको पछाडी मेरो कुनै logic छैन केवल मनको बह मात्र हो । हुन त कोविद पूर्व नि तेस्तै हल्ला आको थियो , शेर पुरै down हुन्छ भनेर , आफु ले low मा exit गरियो ऐले आएर एस्तो high छ । मेरो पिरलो चै मैले ६० ७० K चर्को ब्याजमा पैसा उठाको छु नया घर किन्दा, ऐले एक मन ले लाग्छ tesla को शेर high भाको बेला सबै बेचेर ऋण मुक्त भएर मज्जाले बसम तर अर्को मन ले चै फेरी न्याउरी मारी पछुतो होलाकि भन्ने लागि रा छ । मेरो investment analyst ले नि नबेच भनेर गाली गरि राको छ । tesla crash हुन्छ कि tesla future हो । हुन त मेरो पसल राम्रो संचालन मै छ तेसैले स्टक बेच्नु जरुरि छैन तर नि फेरी crash भयो भने त regret हुन्छ भनेर नि

tps2gc · Jul 10, 2020 8:59 PM · 107,825 views

141 Replies · Showing 141 - 141
Page 8 of 8

this is also doing good , but its has some risk

tps2gc · Dec 19, 2024 10:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion