मैले नबुझेका केहि गीत का lyrics हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केहि गीत हरु यस्ता हुँदा रैछन्, सुन्न धेरै मन लाग्ने तर गीत को भाव बुझ्न कठिन जस्तै: दीप श्रेष्ठ ज्यु को ' भन्थिन मेरी उनि मेरो पाइला नटेकी दिनु' आफ्नो पाइला अरु कसैले टेक्दिन्छ र ? There are many other Nepali songs that are soothing to listen but in the course of making it compatible with the frame, they ruin the gist of the song as to what the composer has to say, from his mind. श्रोता हरुले मात्रै गीत सुनेर एसो भन्न खोजेको guess भन्नु पर्ने हो त? Just curious if other friends do have a similar view.

The Thamelean · Aug 17, 2020 9:56 PM · 15,609 views

4 Replies

त्यसलाई साहित्य भन्छ महोदय आज भोलिको गीतहरुमा यसको कमि हुनाले हामीहरुले साहित्य र गीत संगै संगै बग्ने कुरा हुन् भन्ने कुरा बिर्सिन लागेकाछौ र त्यसलाई नबुझ्ने मान्छेको संख्या पनि बढ्दो छ !!

Hawagiri02 · Aug 17, 2020 10:50 PM

निक्कै निक्कै नेपाली गीत हरु यस्ता हुन्छन जुनको बोल को कुनै माने हुँदैन, तर दीप श्रेष्ठ ज्यु को तपाईंले भनेको गीत को गहन अर्थ छ. "भन्थिन मेरी उनी, मेरो पाइला, नटेकीदिनु" पछी अरु पनि केही बोल छन्. ती हुन "कुल्चिसकेकी छु, काँडा लाइ फूल भनेर" अर्थात कुनै श्वासनीमान्छे ले आफू ले गरेको गल्ती अरुले नदोहोर्याओस् अथवा आफू ले भोगेको कठिनाइ अरुले भोग्नु नपरोस भनेकी हुन. तर यसै सन्धर्भ मा एउटा अर्को गीत रोजौँ, जसको अन्तरा को बोल एक आपस सित मेल खांदैनन् एक अर्का लाई कम्प्लिमेन्ट (विथ एन ई नट एन आइ) गर्दैनन. जस्तै - "ए दाजु नसमाउ नारी मा" लाई "जान्न म त डिजल को गाडी मा" ले कुनै अर्थ दिंदैन अझै फेरी "हिलो लाग्छ नाइलन को सारी मा" ले अझै कन्फ्ज्युज गराउँछ हेर्ने हो भने मुजी दुई छोटो छोटो कट्टु लगाएका ठिटी हरु, जो अल्रेडी जीप मा छन्, आफ्नो प्रेमी लाई दाजु भन्छन र डिजल को गाडी मा जान्न भन्छन, साडी लगाका छैनन, हिलो कतै छैन तर हिलो लाग्छ भनेर सुर्ता गर्छन्. यस्ता गीत धेरै छन् जो दिमाग एकातिर लगाएर सुन्न पर्छ, तर फेरी नेपाली का गफ हरु यस्तै हुन्छन्. गीतकार लाई मात्रै किन दोष दिनु? म नेपाल जाँदा म जहिले पनि एउटा एकदमै बेवकूफ मान्छे लाई देख्छु - अरु कोइ होइन म आफैँ. सबै मुजी चिक्ने हरु लाई संसार को सबै कुरा थाहा छ, थाहा नभाको केही छैन, टिप्पिणी गर्न खोज्यो भने आफैँ मुर्ख होइन्छ.

underwear · Aug 18, 2020 9:58 AM

धेरै दिन र रात बिति गए तिम्रो सम्झनामा तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानु म " यो गीतको मोडल हिजो भखर ३६ वर्षको उमेरमा कार्डिक अरेस्टले मर्नु भयो बाटो हिर्दा हिर्दै . मलाई सानोमा यो गीत र भीडीयो सारै मन पर्थ्यो तर ऐले सम्म मैले यो गीत गलत गाइराखेको रैछु म येसरी गाउथे "तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानो मा " तर एस्तो रैछ "तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानु म"

haal haal pandit · Jun 13, 2024 9:25 PM

pandit ji , Trump le garekaa kuraa kaani bujhnu bhayo bhane ti gitakaa bhaabh bujhna gaahro hudain | Trump baare kahi bujhnu pare Pelosci laai yaad garnu holaa |

Logan · Jun 14, 2024 6:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion