माया गरेको जस्तो गर्छन .. रातभर घोच्ने र चुस्ने गर्छन, कमजोर हुन्छ्न !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधु मालतिको कथाको यो प्रसंग अनौठो र अचम्म लाग्दो लाग्यो .. मालति भन्छिन - "हे मधुकर यो तीनै बोक्सीहरुको चाल हो। उनिहरुले राती माया गरेको जस्तो गर्छन, मायामा लठ्ठ पार्छन अनि चुस्न थाल्छन। रगत चुस्न सजिलो होस तर थाह नहोस भनेर मसिनो सियोले पाइतालामा घोच्ने गर्छन। यसरि घोच्दै चुस्दै गर्दा पनि राजकुमारहरुले पत्तो पाउँदैनन। तर तपाइले देख्नु भएको छ नि, उनिहरु बिस्तारै कमजोर भएको?" भने पछि मधुकरलाइ दाजुहरु अलि कमजोर जस्तो लागेको भ्रम होइन रहेछ । बोक्सिहरुले त उनिहरुलाइ रातभर घोच्ने र चुस्ने गरेको भएर पो कमजोर भएका रहेछन। लोक कथा हो, बच्चाबेलामा सुनेको .. तर, पनि के भन्न खोजेको होला ?? यो प्रसंग कथाको भिडियोमा १७ मिनेटपछि आउँछ https://youtu.be/3Fuocx-dUMM

AnandNepal · Oct 9, 2020 9:03 AM · 13,420 views

4 Replies

आनन्द ब्रो, माफ पाउँ. शीर्षक पढ्दा यहाँ लाई मैँ मुजी को हावा लागेछ भनेको त धन्न होइन रैछ.

underwear · Oct 9, 2020 9:07 AM

नेपाली बाल-कथा मा ग्यान दायक कथा हरु नभएको गुनासो गरेको थिए , सायद मेरो बाल्य कालमा देखिएनन आज भोलि होलान र पढने मौका र फुर्सद पनि पाईएको छैन | बोक्सी , भुत प्रेत को कथा सुनाएर बाल बालिकाको मस्तिस्कमा डर भर्ने काम गरिन्छ |

Logan · Oct 9, 2020 10:01 AM

Nepali baal geet: Lek ka Hami keta keti, kuhiro bhitra school cha, Chauri lai chraudai din bitcha, padhnu ra lekhnu muskil cha. Sunda dukha lagdo cha yo geet.

SexPear · Oct 9, 2020 11:22 AM

lol @underwer ;) @logan बोक्सी , भुत प्रेत त माध्यम मात्रै हुन - तिनले डर पैदा गर्छन र दिमागमा लामोसमय प्रभाव पार्न सक्छन - मेसेज त सबै कथामा हुन्थे - तर पहिला रुढिवादि कुराहरु बढि सिकाइन्थे - चोर्न सिकाउने, चलाखि भन्दै बदमासि गर्न सिकाउने , झुठो बोल्न सिकाउने कथा धेरै हुन्थे। त्यस समयमा यस्तै बदमासि गरेर भए पनि सफल हुनु पर्छ भन्ने सामाजिक मान्यता थियो। (अकबर बिरवलका कथा) धेरै कथाहरुले पुरुषलाइ ठुला, शक्तिशालि हुन्छन भने र, महिला कमजोर हुन भन्ने मेसेज दिन्थे। (उदाहरण - राजकुमार राजकुमारिका सबै कथा) अनि सामन्ति समाजमा ठुलाबडालाइ आदर गर्नु पर्छ भन्ने - अनि गुरुहरु, योगिहरुको अन्ध भक्त हुनु पर्छ भन्ने कुरा सिकाउँथे -- (श्रवणकुमारको कथा होस या एकलब्यको कथा)। @sexpear दुखलाग्दै वास्तविकता हो ..

AnandNepal · Oct 10, 2020 2:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion