२ किलो सुन .. रक्सि चढाएर खिइयो रे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अनौठो खुलासा: गुह्येश्वरि मन्दिरमा दशैंको बेला २ किलो सुन गायव भयो - पुजारिको हास्यास्पद तर्क (भिडियो लाष्टमा छ - हेर्न मन नलाग्नेले पढ्नुस् नेपालि सुधार हुन्छ हुन्न चाँहि भन्न सक्दिन किनकि - म टाइप गर्दा "नेपालि" लेख्ने गर्छु - "नेपाली" देखियो भने त्यो सब्द कपि पेष्ट गरेर मरेछ भन्ने ठान्नुस्) दशैंको बेला गुह्येश्वरि मन्दिरमा रहेको करिव २ किलो सुन अनियमितता भएको तथ्य फेला परेको छ। पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरि मन्दिरमा रहेको गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको सो सुन हराएको फेला पारेको हो । सो मन्दिरको गर्भगृहमा रहेको अष्टदलको मुर्तिमा ३७९ तोला सुन बहेको मा अहिले जोख्दा त्यसमा जम्मा २९४ तोला मात्रै सुन भेटिएको छ। यसरि सो मुर्तिबाट मात्रै ८५ तोला सुन हराएको छ। तेस्तै भैरवको मुर्तिमा यस अघि ३३४ तोला सुन भएकोमा मर्मत सम्भारको क्रममा अहिले जोख्दा जम्मा २४५.५ तोलामात्र भेटिएको छ । यसरि भैरवको मुर्तिबाट पनि ८८.५ तोला सुन हराएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले यसरि भैरवको मुर्ति र अष्टदलको मूर्ति दुइटै गरेर जम्मा १७३.५ तोला सुन हराएको बताएका छन । यो यो सुन झण्डै दुई किलो हुन्छ। अहिले सो सुन गायब भएपछि अरु कोषले दुइ करोड ११ लाख खर्च गरेर सुन थपेर अष्टदल र भैरवको मुर्ति पुनःनिर्माण गरेको पनि थापाले बताएका छन। राजदरवार हत्याकाण्ड हुनु भन्दा एक बर्ष अघि विसं २०५७ मा यि दुबै सुनका संरचना निर्माण गरिएको उनले बताएका छन । पशुपति क्षेत्रमा भएको गुह्येश्वरि मन्दिर पशुपति क्षेत्र विकास कोष मातहत नै छ तर त्यहाँको व्यवस्थापन भने गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको डा. थापा बताउँछन । यसरि द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ। यस सन्धर्वमा गुह्येश्वरि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खडगि ले गुह्येश्वरि मन्दिरमा अण्डा, जाँड, रक्सि जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दाबि गरेका छन । यस अघि पशुपति कोषले व्यवस्थापन समिति र पुजारिलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएरै अध्ययन गरिन लागेको पनि कोषाध्यक्ष थापाले बताएको कुरा घटनार बिचार साप्ताहिकले लेखेको छ। थापाका अनुसार, सुन खिइएरै सकिएको भए पनि खिएको टुक्रा हुनु पर्ने - खिए पछि बाँकि रहेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको उनले बताएकाछन । उनले - अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो नभेटिएको थापाले बताएका छन । यो घटना छानबिन गर्ने समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने पशुपति बिकास कोषले बताएको छ। तेस्तै सुनलाइ के केले र कति बर्षमा कति सम्म खिइन सक्छ भनेर प्रयोगशालामा बैज्ञानिक परीक्षण समेत गर्न कोषले प्रस्ताव गरेको छ । १८ वर्षको अवधिमा अण्डा, जाँड, रक्सी चढाउँदा कति किलो सुन खिइन्छ कि खिइन्न भनेर आकलन गरे पछि हराएको सुनको बारेमा पत्ता लाग्ने बिश्वास गरिएको छ । सुन हराएको यहि बिषयले कोष र समिति बिच बिवाद भइरहँदा अष्टदल र भैरवको मूर्ति स्थापना गर्न पनि ढिलाइ भइरहेको छ। अहिले करोडौं खर्च गरेर मर्मतसम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी रहेकोमा अहिले यहि बिवाद बिच समितिले साइत ननिस्किएको भनेर राख्न नदिएको बताइएको छ । https://youtu.be/3gMVgb9pKEk

AnandNepal · Oct 23, 2020 11:34 AM · 3,032 views

1 Reply

यो रक्सि भन्ने चिज साँच्चिकै खराव चिज रहेछ .. - यस्ले कतिपयका नातागोताकै सुन पनि त खियाएकै होला नि - यस्ले कतिका श्रिमतिको सुन पनि खियाएकै होला

AnandNepal · Oct 23, 2020 11:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion