ट्रम्पले र मोदिले लात्ताले हाने .. ओलीबाले खाता खोले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हो टिकटककै कुरा हो !! यस अधि पुर्व राजकुमारि हिमानि र उनका छोरिहरुको टिकटकको बारेमा खुबै चर्चा परिचर्चा भएको थियो। उनिहरुको नाचको प्रशंसा भएको थियो। अहिले, देशका प्रधानमन्त्रि केपी शर्मा ओलीले पनि टिकटकमा एकाउण्ट खोलेर छोटा भिडियो क्लिप शेयर गर्न थालेका छन्। चाख लाग्दो कुरा त उनको पहिलो टिकटक भिडियो एक दिनमा नै ७ लाख ४५ हजार पटक हेरिएको छ। यो स्क्रिप्ट लेख्दै गर्दा सो भिडियोले झण्डै ६० हजार लाइक र २४५२ कमेन्ट पाएको छ। प्रधानमन्त्रि ओलिको सचिवालय स्रोत का अनुसार उनले चार दिनअघि मात्रै खोलिएको सो अकाउन्ट भेरिफाइ पनि गरिसकिएको छ भने त्यसमा एउटा मात्र भिडियो पोस्ट गरिएको छ । https://youtu.be/suyqTMH6IVI

AnandNepal · Nov 30, 2020 1:08 PM · 3,293 views

3 Replies

एउटा कमेन्ट : (च्यावनको) प्रधानमन्त्री बनेपछि सबैभन्दा राम्रोकाम चाहिँ टिकटकमा डेब्यु नै हाे। याे कदम अरु शिलान्यास र उद्घाटन जस्तो पिल्सिएर सकिदैन वा संशोधन भएर पाइला पछाडि सार्दैन, दिन दुगुना रात चाैगुना डाैडन्छ भन्ने शुभकामना ब्यक्त साथै आशा गर्दछु !!! अनि कमल थापा रक्स !!

AnandNepal · Nov 30, 2020 6:26 PM

भिडियोमै हुल्दिएँ -- कमल थापाको टिक्टोक .. पोखरामा मोटरसाइकल हुँइक्याएको पनि हेर्न लायक् छ https://youtu.be/GNCivFiz1EA

AnandNepal · Nov 30, 2020 10:31 PM

अनि बर्थ डे मनाएर झगडा गरे .. https://youtu.be/gB2a-wiOkC8

AnandNepal · Dec 1, 2020 1:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion